
पडकास्ट
९९ एपिसोड
समाज,जीवन शैली र हाम्रा भावानाहरूकाे छलफल
२०१८ अप्रिल १७ · ४० मिनेट
सुनाखरी बहसमा हामी रेडियो नाटक "मै सरी सुनाखरी" का बारेमा छलफल गर्न खोज्दैछौं ।
२०१८ अप्रिल ६ · ४० मिनेट
तपाईलाई नाटक मै सरी सुनाखरी कस्तो लाग्छ ? यसमा सामेल भएका पात्रहरुको जीवन तपाईसँग मेल खान्छ कि खाँदैन ? के छ अनुभव ?
२०१८ मार्च २९ · ४१ मिनेट
महिनावारीका नाममा हुने छुवाछुत दुर्व्यवहार हो । घरका पुरुषले आफ्ना महिला सदस्यलार्इ अब तपाई महिनावारी नबार्नुस् भन्नु भएको छ ? के छ अनुभव ?
२०१८ मार्च २९ · ४२ मिनेट
घर,अफिस या सार्वजानिक ठाउँमा दुर्व्यवहार गर्ने जति हुन्छन्, हेर्ने अझै धेरै हुन्छन् । तर त्यसका विरुद्धमा बोल्ने हुँदैनन् कि एकदम थोरै हुन्छन् किन ?
२०१८ मार्च २९ · ४१ मिनेट
अभिभावकको दवाबका कारण मन नपरे पनि बिहे गरेका जोडीहरु भेटिन्छन् । मागी बिवाहका दौरानमा तपाईले देखेभोगेको समस्याहरु के छन् ?
२०१८ मार्च २९ · ४२ मिनेट
विदेशीयर अर्थतन्त्रमा टेवा पुर्याका तर घरपरिवार बिग्रेका, सम्बन्धहरु टुटेका धेरै छन् । परिवारका कोहि विदेशमा हुँदाका असर के हुँदो रैछ ?
२०१८ मार्च २९ · ४२ मिनेट
२० वर्ष नपुगुन्जेलसम्म न पढाइ सकिएको हुन्छ, न त मान्छे आत्मनिर्भर भैसक्छ । तै पनि २० वर्ष पनि नपुगी किन बिहे गर्छन् होला ?
२०१८ मार्च २९ · ४० मिनेट
महिनावारी, छाउपडी बार्ने कुरा आउँछ। के महिनावारीमा भेदभाव सुदुर पश्चिममा मात्र छ त ?
२०१८ मार्च २८ · ४० मिनेट
विवाह भएपछि केही महिलाहरुले मात्र पढाईलाई निरन्तरता दिन पाएका छन् । विवाह पछि पनि महिलाले पढ्न पाउने वातावरण बनाउन कसले के गर्नु पर्ला ?
२०१८ मार्च २८ · ४१ मिनेट
परिवार नियोजन महिलाले भन्दा पुरुषले गरेको राम्रो । नकारात्मक असर कम तर पनि किन स्थायी परिवार नियोजन चाहीँ पुरुषले कम गर्छन र महिलाले नै धेरै गर्छन ?
२०१८ मार्च २८ · ४० मिनेट
लैंगिक तथा यौन हिंसाका विरुद्ध कानुन बनेको छ । तरपनि घटनाका विरुद्ध उजुरी पर्दैनन् । यसको कारण के होला ? लैंगिक हिंसाका घटना कम गर्न के गर्न सकिएला ?
२०१८ मार्च २८ · ४० मिनेट
लैंगिक हिंसा पुरुषमाथि पनि हुनसक्छ र भएका पनि छन् । तपाईले पुरुषमाथि भएको लैंगिक हिंसा देख्नुभएको छ वा भोग्नु भएको छ ?
२०१८ मार्च २८ · ४२ मिनेट
बेथितीका विरुद्धमा तपाईले कहिल्यै आवाज उठाउनु भएको छ ? बेथितीलाई सच्याउनुपर्यो भनेर कतै दवाब दिनु भएको छ ? कस्तो रह्यो अनुभव ?
२०१८ मार्च २८ · ४१ मिनेट
ठूलाे काम लगाइदिने वा राम्राे देश पठाइदिने भन्दै ठग्नेहरूकाे फन्दामा तपाइँ अाफै वा तपाइँले चिनेजानेका त परेका छैनन् ?
२०१८ मार्च २८ · ४१ मिनेट
'लैंगिक हिंसाको यति धेरै घटनाहरु हुन्छन् तर प्रहरीमा उजुरी किन पर्दैन ? वा परे पनि किन एकदमै कम पर्छ ?''
२०१८ मार्च २७ · ३९ मिनेट
पुरुष भएकाले वा महिला भएकाले गर्नै पर्ने वा गर्नै नहुने भनिने के कुराहरु छन् समाजमा जुन तपाईलाई पटक्कै ठीक लाग्दैन ?
२०१८ मार्च २७ · ४१ मिनेट
मोबाइल, इन्टरनेट माथि युवाहरुको बढ्दो पहुँच सँगै भागी विवाहका दरहरु पनि बढ्दै गएको भन्ने तर्कहरु छन् । के भागी विवाह साँच्चै बढेको हो त ?
२०१८ मार्च २७ · ४० मिनेट
बिवाह खर्चिलो हुन थालेको छ । पछिल्लो समय विवाहमा गरिने खर्च आवश्यकता हो कि तडकभडक ?
२०१८ मार्च २७ · ४१ मिनेट
कानुन भन्छ दाइजो लिनु र दिनु दुबै सामाजिक अपराध हो । फेरी पनि उपहार जस्ता विभिन्न बाहानामा विवाहमा दाइजो लिनेदिने भैरहेकै छ किन अन्त्य हुन सकेन ?
२०१८ मार्च २७ · ४० मिनेट
"हामी धेरै जना कुनै नयाँ काम गर्नुअघि समाजले के भन्ला भन्ने सोँच्छौँ । समाज नामको हाउगुजीले मान्छेको जीवनमा कस्तो प्रभाव पारिरहेको छ ?
२०१८ मार्च २७ · ४० मिनेट
जंक फुड भनिने चाउचाउ, बिस्कुट जस्ता पसलमा पाइने प्याकेटका तयारी खानेकुराले स्वास्थ्यलाई असर गर्ने हुँदा पनि यसको प्रयोग किन झन् झन् बढ्दैछ ?
२०१८ मार्च २७ · ४१ मिनेट
शिक्षित पुस्ता पढेलेखेका युवाहरु कृषिमा लाग्न किन मन गर्दैनन् ? तपार्इँको अनुभवले के भन्छ ?
२०१८ मार्च २७ · ४० मिनेट
विदेश जानु अघि गरिने कस्तो तयारीले हामीलाई सुरक्षित बनाउला ? अनि के कुरामा ध्यान नदिँदा विदेशमा दु:ख पाइएला ?
२०१८ मार्च २७ · ४१ मिनेट
"रक्सीकाे असर तपाइँकाे गाउँ, घर, परिवार अनि समाजमा के परेकाे छ ?
२०१८ मार्च २७ · ४१ मिनेट
दशैंमा के त्यस्तो बानी, चलन वा तरिका छ जुन तपाई फेर्न चाहनुहुन्छ ?
२०१७ सेप्टेम्बर १६ · ४१ मिनेट
पहिलो बच्चा छोरा हुनु र छोरी हुनुले तपाईँ, तपाईँको परिवार र छरछिमेक आफन्तलाई केहि फरक पारेको महशुस गर्नु भएको छ ?
२०१७ सेप्टेम्बर १६ · ४१ मिनेट
फेसबुक, मोबाइल जस्ता नयाँ प्रविधी प्रयोग गरेर तपाईमाथि कसैले दुर्व्यवहारजन्य कुरा लेखेको बोलेको महशुस गर्नु भएको छ ?
२०१७ सेप्टेम्बर १० · ४० मिनेट
सरकारले छाउपडीलाई दण्डनिय अपराध मान्दै नयाँ कानुन ल्याएको छ ।
२०१७ सेप्टेम्बर १० · ३९ मिनेट
रजस्वला हुँदा महिलाहरु अशुद्ध हुन्छन् र हरेक वर्ष ऋषि पञ्चमीमा नुहाएपछि शुद्ध भइन्छ भन्ने धार्मिक विश्वास छ । के रजस्वलाले महिलाहरु अशुद्ध हुन्छन् त ?
२०१७ सेप्टेम्बर १० · ४० मिनेट
यो वर्ष पनि बाढीले धेरै ठाउँमा क्षति ग¥यो । सय जनाभन्दा बढीले ज्यान गुमाए, कति घरबार विहिन भए । अहिले बाढी पिडितहरुलाई धेरै जनाले सहयोग गरिरहनुभएको छ
२०१७ सेप्टेम्बर ९ · ४१ मिनेट
फेसबुक, मोबाइल जस्ता नयाँ प्रविधी प्रयोग गरेर तपाईमाथि कसैले दुर्व्यवहारजन्य कुरा लेखेको बोलेको महशुस गर्नु भएको छ ? गलत मान्छेको धोकामा पर्नु भएको छ
२०१७ अगस्ट १८ · ३९ मिनेट
'भनिन्छ, सन्तानको खुशीमा नै अभिभावकको खुशी हुन्छ । तर छोराछोरीलाई उनीहरुको सपनामा अघि बढ्न नदिएको उदाहरणहरु पनि सुनिन्छन् ।
२०१७ अगस्ट १० · ४० मिनेट
महिलाहरु कसैसँग देखिए भने, कतै जाँदैछन् भने, अबेर घर फर्किए भने उनीहरुलाई किन, कहाँ, को सँग लगायतका दर्जनौं प्रश्नहरु सोधिन्छ ।
२०१७ अगस्ट १० · ४२ मिनेट
नागरिकता, शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजपत्र बनाउँदा नाम, ठेगाना, मिति जस्ता महत्वपूर्ण कुराहरु गलत लेखिदिएको प्रशस्तै उदाहरणहरु भेटिन्छन् ।
२०१७ जुलाई २२ · ४० मिनेट
२१ शौं शताब्दीमा गणतन्त्रमा आइसक्दा पनि छुवाछुतका घटनाहरू पढ्नु परेको छ, सुन्नु परेको छ
२०१७ जुलाई १८ · ४० मिनेट
नेपाल कृषिप्रधान देश हो । तर हरेक महिना यहाँ डेढ अर्ब रुपैंयाको चामल विदेशबाट ल्याइन्छ ।
२०१७ जुलाई १८ · ४० मिनेट
पछिल्लो केहि वर्षमा नेपालमा सम्बन्ध विच्छेद बढेको रिपोर्टहरु आइरहेका छन् ।
२०१७ जुलाई १८ · ४० मिनेट
हामी मध्ये कति युवायुवती अभिभावकसँग खुलेर कुरा गर्न सक्दैनौं । आफ्ना सपना पनि अभिभावकसँग बाँड्न नसक्ने, आफूले भोगिरहेका समस्या पनि सुनाउन डराउने ।
२०१७ जुलाई १८ · ४० मिनेट
पैतृक सम्पत्तिमा छोराछोरी दुबैलाई बराबरी हक हुनेछ भनेको छ । तर पैतृक सम्पत्ति बाँड्दा छोरीले मागेको पनि त्यति सुनिँदैन
२०१७ जुलाई १८ · ४२ मिनेट
हरेक दिन १५०० भन्दा बढी नेपाली त्रिभुवन विमानस्थलबाट अनि अनगिन्ती नेपाली बोर्डरबाट पढाइ र कामका खोजीमा विदेशिन्छन् ।
२०१७ जुलाई १८ · ४० मिनेट
धेरै मान्छेहरु भविष्य थाहा पाउन ज्योतिषी कहाँ हात हेराउन जान्छन् । के हात हेरेर भविष्य थाहा पाइन्छ भन्ने कुरामा तपाईँलाई विश्वास लाग्छ ? किन ?
२०१७ जुलाई १८ · ४० मिनेट
नजिकको स्वाथ्य चौकीमा कतै जनशक्ति नहुने, कतै उपचार सामग्री नहुने समस्या तपाईँले धेरै भोग्नुभयो होला ।
२०१७ जुलाई १८ · ४० मिनेट
जिन्दगीमा तपाईँले धेरै शिक्षकसँग शिक्षा लिनुभयो होला । उहाँहरुमध्ये कुन शिक्षक अझै सम्झिरहनुहुन्छ ? किन ?
२०१७ जुलाई १८ · ४१ मिनेट
महिनावारी सुत्केरी लगायतमा महिलालाई, जातको आधारमा सबैलाई शुभ र अशुभ मानिन्छ । हाम्रै गाउँ टोलमा यो चलन अझै छ । के मान्छे पनि शुभ र अशुभ हुन्छ त ?
२०१७ जुलाई १८ · ३९ मिनेट
स्थानीय तहको निर्वाचनका लागि केही ठाउँहरुमा महिला उम्मेदवार नपाइएका कुराहरु आइरहेका छन् । के साँच्चै अवस्था त्यस्तै हो त ?
२०१७ जुलाई १८ · ४२ मिनेट
बिरामी हुँदा धामी झाँक्रीलाई देखाउने चलन अझै पनि छ । के साँच्चै, धामी झाँक्रीसँग रोग निको पार्ने क्षमता हुन्छ त ? तपाईँको अनुभवले के भन्छ ?
२०१७ जुलाई १७ · ४० मिनेट
पछिल्लो समय विवाहमा अत्यधिक खर्च हुने गरेको हामीले देखेका छौँ । अाज यही विषय समेटेका छाैं ।
२०१७ जुलाई १७ · ४० मिनेट
जानी नजानी हामीमध्ये कतिले बोल्दा बोल्दै विभेद गरिरहेका हुन्छौँ, विभेदमा परिरहेका हुन्छौँ ।
२०१७ जुलाई १७ · ४१ मिनेट
वि.सं.२०६४ सालमा नेपालका सबै सामाजिक संघ, संस्थाहरु समावेशी हुनुपर्छ भनेर राज्यले घोषणा गर्यो ।
२०१७ जुलाई १७ · ४१ मिनेट
विद्यार्थीलाई सजाय दिएर अनुशासित बनाउन खोज्ने शिक्षकहरु असल शिक्षक होइनन् भन्ने मान्यता बढ्दै गएको छ । हामी सबैले विद्यार्थी जीवन भोगेका छौँ ।
२०१७ जुलाई १७ · ४३ मिनेट
नेपालमा सार्वजनिक सवारी साधनको दुर्घटना यति धेरै किन हुन्छ ? के छन् बेथिति ? हामी कार्यक्रम 'सुनाखरी'मा यही विषयमा छलफल गर्दैछौँ ।
२०१७ जुलाई १७ · ४० मिनेट
सरकारी जागिर खाएर निस्वार्थ ढङ्गले नागरिकको सेवा गर्ने कर्मचारी पनि हाम्रो देशमा पक्कै छन् ।
२०१७ जुलाई १७ · ४२ मिनेट
प्रेममा माया, करुणा, आत्मीयता हुन्छ । प्रेमले सम्बन्ध बलियो बनाउँछ ।
२०१७ जुलाई १७ · ४२ मिनेट
किन बढ्दैछ समाजमा वैवाहिक सम्बन्धविच्छेद ? हामी कार्यक्रम सुनाखरीमा यही विषयमा छलफल गर्दैछौँ ।
२०१७ जुलाई १७ · ४१ मिनेट
केही दिन अघि मात्रै झापामा प्रेम गर्ने एक जोडीले झुण्डिएर आत्महत्या गरे ।
२०१७ जुलाई १२ · ४१ मिनेट
लैङ्गिक विभेदको विषय गैरकानुनी हो । तर कति विभेद रिपोर्ट नगरी थाहा हुँदैन । न कानुनले देख्छ, न सरकारले भेट्छ । त्यस्तो हुने एउटा ठाउँ घर पनि हो ।
२०१७ जुलाई १२ · ४१ मिनेट
नेपाल प्रहरीले एउटा नारा अघि सारेको छ, 'प्रहरी मेरो साथी' । के तपाईँलाई प्रहरी साथी जस्तै लाग्छ ? तपाईँको अनुभवले के भन्छ ?
२०१७ जुलाई १२ · ४१ मिनेट
हामीमध्ये धेरैको परिवारको कोही न कोही व्यक्ति विदेशमा छन् । वैदेशिक रोजगारले परिवारमा सम्वृद्धि दिएको छ तर समस्याहरु निम्त्याएको पनि सुनिन्छि ।
२०१७ जुलाई १२ · ४१ मिनेट
हामी यति धेरै साक्षर भइसक्यौँ, यति धेरै सचेत भइसक्यौँ । धेरै कुरीति, कुप्रथा र अन्धविश्वासहरुलाई हाम्रो समाजले छोड्दै पनि आएको छ ।
२०१७ जुलाई १२ · ४१ मिनेट
भविष्यमा के बन्ने भन्ने प्रश्नमा कतिपय छोराछोरीको एउटा सोँचाई हुन्छ, आमा बुवाको अर्कै । यहीकारण आमा बुवा र छोराछोरी बीचमा असन्तुष्टि पनि पैदा हुन्छ ।
२०१७ जुलाई १२ · ४२ मिनेट
बोक्सीको आरोपमा हदैसम्मको ज्यादती भएका छन् । यस्तो घटनामा पिडक थोरै हुन्छन्, देख्ने धेरै हुन्छन् ।
२०१७ जुलाई १२ · ४० मिनेट
जाडोको बेला छ । एउटा उखान छ, "आगो ताप्नु मुढाको अर्ती सुन्नु बुढाको" । के बुवाआमाले छोराछोरी अनि बयस्कले तन्नेरीबाट केहि सिक्न सक्दैनन् ?
२०१७ जुलाई १२ · ४० मिनेट
शिक्षामा खरबौं लगानी छ । सरकारी विद्यालयको गुणस्तर भने वर्षेनी खस्किँदै गएको रिपोर्टहरुले देखाउँछन् ।
२०१७ जुलाई १२ · ४० मिनेट
प्रेम विवाह अहिलेको युवाको पहिलो रोजाइ बन्दैछ । स्वभाविक रुपमा प्रेमिल जोडीहरु डेटिङ पनि जान्छन् । पार्क, जङ्गल, मन्दिर यस्तै यस्तै ठाउँमा ।
२०१७ जुलाई १२ · ४१ मिनेट
दाइजो दिन वा ल्याउन नसकेकै कारण कोही समस्यामा परेको तपाईँले देख्नु वा सुन्नुभएको छ ? कि आफैले भोग्नुभएको छ ? ।
२०१७ जुलाई १२ · ४० मिनेट
जिवनको सबैभन्दा गाह्रो निर्णय शायद जोडी खोज्नु होला । गएको हप्ता हामीले यो विषयमा कुरा गर्दा धेरै पुरुष साथीहरुले सहभागिता जनाउनु भयो ।
२०१६ डिसेम्बर ८ · ४१ मिनेट
यो 'लायक' भनेको चाहिँ कस्तो हुन्छ ? केलाई बिहाका लागि लायक केटा/ केटी भन्ने ?
२०१६ डिसेम्बर ८ · ४० मिनेट
सामुदायिक र सरकारी स्कुलको अवस्था किन यस्तो भो ? सुधार्न के गर्न सकिन्छ ?
२०१६ डिसेम्बर ८ · ४० मिनेट
जोडी मिलेर घुम्न जाने यो डेटिङ ठीक कि बेठीक ? हामी कार्यक्रम 'सुनाखरी'मा यही विषयमा छलफल गर्दैछौँ ।
२०१६ डिसेम्बर ८ · ४१ मिनेट
दाइजो दिन वा ल्याउन नसकेकै कारण कोही समस्यामा परेको तपाईँले देख्नु वा सुन्नुभएको छ ? कि आफैले भोग्नुभएको छ ?
२०१६ डिसेम्बर ८ · ४० मिनेट
बिहेका लागि सबै लक्षणले युक्त केटी वा लायकको केटा भनेको के हो ? कसरी रोजिन्छ ? कसरी रोजिनु पर्ने हो ?
२०१६ डिसेम्बर ८ · ४२ मिनेट
चाडबाडकाे बेला हुनसक्ने अापराधिक घटना राेक्नका लागि नेपाल प्रहरीकाे तयारी कस्ताे छ ? (डि आई जी) हेमन्त मल्ल हुनुहुन्छ ।
२०१६ अक्टोबर ३ · ४१ मिनेट
भूत हुन्छ भन्ने कुरामा बिश्वास लाग्छ कि लाग्दैन ? भन्ने प्रश्नमा धेरैले आफ्नो बिचार राख्नु भो ।
२०१६ अक्टोबर ३ · ४१ मिनेट
सार्वजनिक स्थलमा महिला माथि भएका दुर्ब्यवहारका समाचार सधैं सुनिन्छ । तर पुरुष माथि दुर्ब्यवहार भयो भन्ने खासै सुनिँदैन ।
२०१६ अक्टोबर ३ · ४१ मिनेट
अाजकाे सुनाखरी कार्यक्रम भ्रष्टाचार नियन्त्रणमा भएका प्रयासमा अाधारित छ ।
२०१६ अक्टोबर ३ · ४१ मिनेट
बुढेसकालमा छोराले पाल्छ भनिन्छ । दागबत्ती दिन पनि छोरा नै चाहिन्छ भनिन्छ ।
२०१६ अक्टोबर ३ · ४१ मिनेट
हाम्रो कृषि प्रणालीलाई नाफा मुखी कसरी बनाउन सकिन्छ ? हामीले कार्यक्रम सुनाखरीमा यही विषयमा छलफल गरेकाछाैं ।
२०१६ अक्टोबर ३ · ४१ मिनेट
फेसबुकको प्रयोग नेपालमा पनि दिनानुदिन बढिरहेको छ । यसको प्रयोगसँगै नराम्रा घटनाहरु पनि बढिरहेको प्रहरीको रेकर्डदेखी विभिन्न समाचारहरुले देखाउँछ ।
२०१६ अक्टोबर ३ · ४१ मिनेट
अहिले ३० लाखभन्दा बढी नेपाली खाडी मुलुकमा काम गरिरहेका छन् ।
२०१६ अक्टोबर ३ · ३९ मिनेट
पढार्इ र पैसासँगकाे सम्वन्ध, के पढेकाे पैसै कमाउनकाे लागि हाे त ?
२०१६ अक्टोबर ३ · ४१ मिनेट
राज्यले व्यवस्था गरेको आरक्षणलाई अझै प्रभावकारी कसरी बनाउने ? हामी कार्यक्रम सुनाखरीमा यही विषयमा कुराकानी गरिरहेका छाैं
२०१६ अक्टोबर ३ · ४० मिनेट
मुलुकी ऐन २०२० ले नेपालमा जातीय छुवाछुत अन्त्य भएको घोषणा गर्यो ।
२०१६ अक्टोबर ३ · ४१ मिनेट
जहाँतहीँ भ्रष्टाचार ब्याप्त छ भनेर हाकाहाकी बहस चलेकै छ । सबलाई थाहा छ तर नियन्त्रण चैं किन नभाको होला त ? भ्रष्टाचार रोक्न के गर्नु पर्ला ?
२०१६ अक्टोबर ३ · ३८ मिनेट
राजनीति गर्ने नेताले कति पढ्नुपर्छ ? अाजकाे सुनाखरीमा हामीले समेटेकाे विषय हाे ।
२०१६ अक्टोबर ३ · ४२ मिनेट
विहे गर्दा किन केटी भन्दा केटाको नै उमेर बढी खोजिन्छ ? केटीको उमेर बढी भए के हुन्छ ?
२०१६ अक्टोबर ३ · ४२ मिनेट
नेपालीको खानामा भात नै किन पहिलो रोजाईमा पर्छ ? हुँदा हुँदा खाद्यान्न बाँड्दा पनि चामल नै किन प्राथमिकतामा पर्छ ?
२०१६ अक्टोबर ३ · ४० मिनेट
ऐनले भन्छ जन्तीमा ५१ जना र ब्रतबन्ध, पास्नी, छैठी लगायतका भोजमा २५ जना भन्दा बढीलाई बोलाउन पाइँदैन ।