अहिले ३० लाखभन्दा बढी नेपाली खाडी मुलुकमा काम गरिरहेका छन् । दिनहुँ १५ सयभन्दा बढी त्यहीँ जानका लागि उडिरहेका छन् । यसरी विदेशिनेहरुलाई “किन विदेश गाको ?” भनेर सोध्यो भने सबै भन्छन्, नेपालमा कामै पाइँदैन । के ती देशहरुमा गएर गर्ने जस्तो काम नेपालमा नपाइएकै हो त ? के नेपालमा कामै नपाएर मान्छे विदेश गएका हुन् त ?