लैङ्गिक विभेदको विषय गैरकानुनी हो । तर कति विभेद रिपोर्ट नगरी थाहा हुँदैन । न कानुनले देख्छ, न सरकारले भेट्छ । त्यस्तो हुने एउटा ठाउँ घर पनि हो । तपाईँले कहिल्यै परिवारमा पुरुष र महिला वा छोरा र छोरीबीच भेदभाव भएको महसुस गर्नुभएको छ ? हामी कार्यक्रम 'सुनाखरी'मा यही विषयमा छलफल गर्दैछौँ ।