नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

कामदा एकादशी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
कामदा एकादशीको चर्चा महाभारतको परिवेशबाट
कामदा एकादशीको चर्चा महाभारतको परिवेशबाट उक्काउन चाहन्छु ।
एक दिन राजा युधिष्ठिरले भगवान् कृष्णसँग सोधेँ, ‘हे कृष्ण, चैत्र शुक्ल पक्षको तिथिमा पर्ने कामदा एकादशीका बारेमा वृत्तान्त बताइदिनुहोस् ।’
युधिष्ठिरको प्रश्न सुनेपछि भगवान् कृष्ण भन्नुहुन्छ, ‘एक दिन रत्नपुर नामको सुन्दर ठाउँ जहाँ एउटा विशाल सुनको महल थियो । त्यही ठाउँमा एउटा नाग लोक थियो, जहाँ भयङ्कर नागहरू बस्दथे । त्यो सुनको महलमा त्यस बेला क्रूर पुण्डरीक नामक राजाले राज गर्थे । राजा पुण्डरीकको सभामा केही गन्धर्वले गाउँथे भने केही अप्सराले नृत्य गर्थे । त्यही गन्धर्व र अप्सराको समूहमा एक प्रेमिल जोडी ललित र ललिताले आफ्नो प्रस्तुति देखाउँथे । ललित र ललिताको प्रेम निक्कै चरम अवस्थामा थियो ।

तर, एक दिन गन्धर्व ललितले राजासामु आफ्नो गीत गाउँदै गर्दा आफ्नो प्रेमिका ललितालाई सम्झन पुग्दा आफ्नो सुर र ताल बिगार्न पुग्छन् । सभामा भएका नागहरूले ललितले आफ्नो प्रस्तुति बिगारेको कुरा राजासमक्ष सुनाइदिए । त्यसपछि क्रूर राजाले ललितलाई त्यो गल्तीका लागि राक्षस हुने सराप दिए । सराप पाएपछि ललितको अनुहारमा भयङ्कर परिवर्तन आयो । उनको रूप राक्षसमा परिवर्तन हुन थाल्यो । आफ्नो प्रेमीको त्यो विकराल रूप देखेर दुखित ललिता एक दिन घुम्दै एक जना ऋषि कहाँ पुगिन् । त्यहाँ ललिताले ऋषिलाई आफूमा परेको समस्या व्याख्या गरिन् । तिनै ऋषिले ललितालाई चैत्र शुक्ल पक्षको तिथिमा पर्ने कामदा एकादशीको व्रत बस्ने सल्लाह दिन्छन् ।
ललिताले चोखो नितो गरेर श्रद्धापूर्वक कामदा एकादशीको व्रत बस्छिन् । यसबाट कमाएको पुण्य आफ्नो प्रेमी ललितका लागि अर्पिन्छिन् । नभन्दै ललितको पिसाचरुपको नाश हुन्छ ।’त्यही बेलादेखि कामदा एकादशीको महत्त्व रहन गएको हो ।
तपाईंले कहिल्यै कामदा एकादशीको व्रत बस्नुभएको छ?
चैत्र शुक्ल पक्षको तिथिमा पर्ने एकादशीलाई कामदा एकादशी भनिन्छ । यस दिन चोखो भएर श्रद्धापूर्वक व्रत बसेमा मानिसको इच्छा बमोजिम फल प्राप्त हुने धार्मिक मान्यता छ ।
कामदा एकादशीमा सबैको भलो होस् ।
शुभकामना ।
-हाम्रो पात्रोको लागी सुयोग ढकाल



२६ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्सले तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई १८ रनले हराउँदै पञ्जाबले चार खेलमा तेस्रो जित निक...

काठमाडौँ — प्रधानमन्त्री भएको ९ महिनाभित्र केपी शर्मा ओलीले दक्षिण छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई पटक भेटवार्ता गरे पनि सम्बन्धमा न्यानोपन विकसित भएको देखिँदैन । गत शुक्रबार थाइल्...
कास्की । पोखरामा सोमवारदेखि नयाँ होटल ‘टेम्पल बेल बुटिक’ सञ्चालनमा आएको छ । चारतारे श्रेणीमा पर्ने उक्त होटल पूर्ण रूपमा बुटिक अवधारणामा तयार पारिएको होटलका सञ्चालक विश्वराज पौडेलले बताए । पौडेलक...

मंगलबार काठमाडौंको बल्खुमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)ले गरेको खबरदारी सभा शान्तिपूर्ण रह्यो। चैत १५ गते तीनकुुनेमा भएको राजावादीको आन्दोलनजस्तै हिंसात्मक पो हुने हो कि भनेर बाक्लो रुपमा स...

चितवन- नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीका नेताहरुले दिँदै आएका सुझावहरुलाई सरकारले रचनात्मक सुझावका रुपमा लिनुपर्ने बताएका छन् ।
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा गरेको छ । क्यानले मंगलबार नरेन भट्टको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीक...

काठमाडौँ – मुलुकमा मातृ र नवजात शिशु मृत्यदर घटाउन राज्यलाई सफलता मिलेको छ। हालै सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा नेपाल सरकारको सफलता उल्लेख छ। नेपालमा प्रतिलाख जीवित जन्ममा १४२ जन...

छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ २६ चैत, काठमाडौं । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका–२ का ६२ वर्षीय लोकनाथ साह...