
नारदले महिष्पतिका राजा इन्द्रसेनलाई इन्दिरा एकादशीको ब्रत निष्ठापूर्वक सम्पन्न गरे पिताको पाप नष्ट भई स्वर्गप्रस्थान हुने बताईदिए । नारद ऋषिले त्यति बताईदिएपछि सोहि अनुसार इन्द्रसेनले आश्विन कृष्णपक्षको इन्दिरा एकादशीको ब्रत बसी ब्रतको समापनमा ब्राम्हण पुरोहितहरुलाई बोलाई भोजन गराएर आफ्ना पितृको पाप हरण गरिदिए र स्वयंपनि पितृ धर्म प्राप्त गरि सुखशान्तिले राज्यचलाउन समक्ष भए ।यहि मान्यता अनुसार नै यस एकादशीकोब्रतपछि अहिले पनि ब्राम्हणहरुलाई भोजन गराउने चलन रहेको छ । कतिपय समुदायमा भने यस एकादशीका दिन धूप दिप सहितबिष्णु भगवानको पूजा गरी गाईलाई फल आदि खुवाउँदछन्। इन्दिरा एकादशीको ब्रतका दिन नसुति ब्रत बस्नुपर्ने मान्यता रहेको छ । त्यहि भएर मानिसहरु एकादशी ब्रतपछि दिनभर भजन किर्तन गरेर दिन विताउँछन् ।
यसका साथै एकादशी तिथीमा श्राद्ध परेका पितृहरुको श्राद्ध पनि आज गरिन्छ, सकल पितृहरुको मोक्षको कामना, बैतर्नी नदिको कृपा र सार सदैब रहोस् ।

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस बर्षको सोह्र श्राद्धको शुरुवातसंगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस्, पितृहरुको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरुको बैकुण्ठ वास होस् एकादशी श्राद्ध तिथीमा बैकुण्ठवास हुनुभएका पितृहरुको मोक्षको कामना ।

कृषी अनि जनावर पालन मानव सभ्यताका नितान्त नियमित क्रमहरू हुन र जनावरसगको संसर्ग अनि जनावरको वाक्लो उपस्थिती भएका वस्ति, समूदाय र संस्कारमा २० सौं शताब्दि अगावै रेविजको संक्रमण एकदमै धेरै देखिएको थियो । २०औँ शताब्दीको शुरुवातसंगै विकसित देशहरु र रेविजले धेरै प्रभावित मध्य यूरोपमा रेविजको संक्रमण नाटकीय रुपमा कम हुँदै गयो । जसको मूल कारण जनचेतना र रेविज विरुद्धको खोप नै हो । अब विकसित देशहरुमा रेविजको संक्रमण नगण्य छ तथापि हाम्रो जस्तो विकासोन्मुख देशमा रेविजको संक्रमण छिटपुट रुपमा भएपनि देखिंदै, सुनिदै आएको छ । नेपालका मुख्य मुख्य शहरहरु लगायत शक्तिकेन्द्र राजधानी मा समेत छाडा कुकुरहरु हरेक चोक र चौराहमा पाइन्छन । यी कुकरहरुको अब्यवस्थित उपस्थितीले मान्छेलाई टोकेर घाइते बनाउने त्रास र त्यो संगै रेविज संक्रमणको संभावना पनि उत्तिकै बढाएको छ ।यस वर्षको रेबिज दिवसको नारा Rabies: Breaking Rabies Boundaries रहेको छ । सबैको स्वास्थमा एकरुपता र रेबिजबाट हुने मृत्युलाई शुन्य बनाउन यस वर्षको उदेश्य रहेको छ ।
सेप्टेम्वर २८ विश्वभरि 'रेबिज विरुद्धको दिवस'को रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी आदान प्रदान गरेर मनाइने दिन हो ।सरकारी स्वास्थ्य चौकीमा रेबिज विरुद्धको खोप अनि रेबिज भाइरस शरीरमा प्रवेश गरिसकेपछि लगाइने पोस्ट एक्पोजर अफ प्रोपिलाइसिस अर्थात पिइपि इञ्जेक्शनलाई अझै सहज रूपमा उपलब्धताकालागि सम्बन्धित निकाय र सरोकारवालाहरूले ध्यान दिन जरूरी छ ।

सूचना तथा सञ्चार प्रविधिको विस्तार, सुशासन र समृद्धिले हामि समान र पारदर्शी समाजमा बस्न सक्नेछौ। विशेषगरि शिक्षामा सबैको सरल पहुँच बनाउन र अनलाइन शिक्षा तथा खुला शिक्षाको सहजताका लागि सूचना तथा सञ्चार प्रविधिको समान पहुच हुन अति आवश्यक मानिन्छ । शिक्षामा सूचना प्रविधिको पहुच नभएसम्म मुलुकको आधुनिक शिक्षाको परिकल्पना पुरा नहुने निश्चित छ ।अहिले नेपाल सरकारले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र सञ्चालनमा लगानी बढाउन, यस क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गर्न आवश्यक रहेको बुझेर यसमा जोड दिइरहेको छ। सन् २०३० सम्म सूचनाको पहुचलाई थप प्रभावकारी ढङ्गले व्यबस्थित गराएर एउटा पारदर्शी समाज बनाउने अभियान मा "UNESCO" कार्यरत छ।सूचनाको पहुच नभई कुनै पनि मानिस लै जुनै सुकै निर्णय पनि लिन सक्दैन। यो महत्वपूर्ण दिनको हामि सबैलाई शुभ कामना।
सूचनामा पहुँचको महत्त्वलाई मान्यता दिँदै ७५ औं संयुक्त राष्ट्र महासभाले अक्टोबर २०१९ मा संयुक्त राष्ट्र स्तरमा सूचनामा विश्वव्यापी पहुँच को लागि सेप्टेम्बर २८ लाई अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको हो ।

कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।