नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।

के तपाईंको परिवारमा कसैले प्रदोषको व्रत लिने गरेको छ ?
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान रहेको बताएका छन् । नेपाल पर्वतारोहण संघले आज यहाँ आयोजना गरेको चौथो विश्व शान्त...

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वको सुरक्षालाई ध्यानमा राखेर आजदेखि तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा, नशालुपदार्थको उत्पादन, बिक्री तथा सेवनमा निषेध गरेको छ । ...

काठमाडौं– संघीय राजधानी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबारे जबर्जस्त केही भाष्य बनेका छन् । जस्तै–
राजविराज — संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पूर्णबहादुर तामाङको कान्छाराम कन्ट्रक्सनले साझेदारहरूसँग मिलेर लिएको सडक निर्माणको काम अलपत्र परेको छ । सप्तरीको राजविराज नगरपालिकाका विभ...
गजेन्द्र गुरुङ खजुरा, मङ्सिर १३ गते । बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गर्न लागएको ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा कार्यक्रमको तयारी पूरा भएको छ । नेपालगन्जको रा...

कुनौली (सप्तरी) – सप्तरीको राजगढ गाउँपालिका–६ स्थित मुतनीखोलामा बरदाही र कुरनमा गाउँलाई जोड्ने पुलको निर्माण थालिएको एक दशकभन्दा बढी समय भइसक्दा पनि पुल बन्न सकेको छैन। पुल नबन्दा यस क्षेत्रका बास...

१३ मंसिर, काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवाको संरक्षणका लागि अन्तरदेशीय सहकार्य अपरिहार्य रहेको बताएका छन् । दुर्लभ वन्यजन्तु हिउँचितुवा संरक्षणका लागि काठमाडौंमा...
म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीमा एचआईभी एड्ससम्बन्धी विषयमा बिहीबार सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आयोजन...