नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

सफला एकादशी व्रत
एकादशीका दिन भगवान् विष्णुको श्रद्धा भक्ति एवं विधिपूर्वक पूजा गरिन्छ ।
सुन्न ट्याप गर्नुहोस्
सफला एकादशी विशेष मन्त्र
ॐ श्री विष्णवे नमः।
ॐ जयतु जयतु देव देवा दयामय।
नमो नमः श्रीधर पद्मनाभाय।
यस मन्त्रले भगवान् विष्णुको महिमा गान गर्दछ।
हिउँदका एकादशीहरूको श्रृखला चलिनै रहेको छ । जाडो बढ्दो छ, नेपालमा । सखारै बिहान बलेँसीबाट झरेका शीतका थोपाहरू बग्रेल्ती देखिन्छन्, बारीमा आलुका बिरुवाहरू झप्रीले बिगार्ला भन्ने चटारो पनि एकातिर छ ।
धान्ने पूर्णे पछिको एकादशी
धान्ने पूर्णे पछिको एकादशी, अर्थात् धान भित्राएर अन्न पूजा गरिसकेपछिको पहिलो एकादशीमा स्वागत छ । यस एकादशी हो, सफला एकादशी । नयाँ अन्नहरूलाई बिधिवत भित्राएपछि आज चाहिँ अन्न नखाएर, चोखोनितो गरेर एकादशी व्रत बसिने चलन छ ।

एकादशीका दिन भगवान् विष्णुको श्रद्धा भक्ति एवं विधिपूर्वक पूजा गरिन्छ । पुण्य मन्त्रहरूद्वारा देवदेवेश्वरहरि विष्णुको पूजा आराधना गरिन्छ भने राती जाग्राम पनि बसिन्छ । यस एकादशीको व्रतपछि गुरु ब्राम्हणहरुलाई दिप अथवा दियो दान गर्नु फलदायी मानिन्छ । अरू एकादशीमा झैँ सफला एकादशीमा पनि सात्त्विक आहार व्यवहार गरी व्रत बस्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई शिरमा श्रीखण्ड चन्दन लगाई भगवान् विष्णुलाई कमल अथवा बेजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूप दीप, नैवेद्य चढाएर पूजा गर्नु पर्दछ । भोलिपल्ट द्वादशीका दिन बिहानै ब्राह्मण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिइसकेपछि मात्रै व्रतालुले भोजन गर्नु पर्दछ । यस प्रकार सफला एकादशी व्रत विधि पुरा गरेको खण्डमा अखण्ड फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
पौष महिनाको कृष्णपक्षको एकादशी
वर्षको चौबीस वटा एकादशी मध्ये सफला एकादशी पौष महिनाको कृष्णपक्षको एकादशी हो । सफला अर्थात् सफल हुने, समृद्धि पाइने र कर्मको यथोचित फल पाइने । तसर्थ सफलता र खुसी चाहने जोकोहीले पनि यस एकादशीको व्रत लिन जरुरी रहने कुरा धर्मशास्त्रमा उल्लेख छ । यस एकादशीको व्रत बस्ने सबैलाई सफलता प्राप्त हुने भएकोले यस एकादशीको नामै सफला एकादशी भएको हो ।
सफला एकादशीको व्रतको फल ठुलठुला महायज्ञभन्दा पनि धेरै हुने धार्मिक विश्वास रहेको छ । पद्मपुराणमा बताइए अनुसार सफला एकादशी व्रतको अनुकम्पा सयौँ महायज्ञहरूभन्दा धेरै हुन्छ । सफला एकादशीलाई पापहरूबाट मुक्ति र कल्याणको एकादशीको रूपमा पनि लिइन्छ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
के यो लेखले तपाईंलाई सफला एकादशीको व्रत बस्न प्रेरित गर्यो ?




९२ वर्षको उमेरमा भारतका पूर्व प्रधानमन्त्री सिंहको निधन ६ मिनेट अघि A A काठमाडौँ : भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ। उनी ९२ वर्षका थिए। बिहीबार बेलुका उनको निधन भएको हो। स्व...

नयाँ दिल्ली । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न नेता तथा सर्वसाधारणले गहिरो श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनले सिंगो भारत शोकमा डुबेको बताएका छन् । बिहीबार राति पूर्वप्रधानमन्त्री सिंहको निधन भएलगत्तै सामाजिक सञ्जाल ए...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् । ९२ वर्षीय सिंहको एम्स अस्पतालमा बिहीबार राति निधन भएको हो । उनको निधनसँगै मोदीले एक्समार्फत ...
११ पुस, काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंह ९२ वर्षका थिए । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहक...
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहामले चेल्सीमाथि ऐतिहासिक जीत दर्ता गरेको छ । विहीबार भएको खेलमा पाहुना टोली फुलहामले चेल्सीलाई उसकै मैदान स्टाम्फोर्ड ब्रिजमा २–१ को उत्कृष्ट पुनरागमन जी...

धरान (सुनसरी), पुस ११ गते । विराटनगरबाट साथीहरुसँगै घुम्न आउनुभएकी मनिशा मेहेता धरान उपमहानगरपालिका –२० स्थित चिन्डे डाँडाको सेछ एडभेन्चर एन्ड होलिडेज पार्कमा रमाइरहनुभएको अवस्थामा भेटिनुभयो । धरा...

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत पोखराबाट सिक्लेस–कपुुचे–क्होलासोँथर–कर्पुडाँडा–याङ्जाकोट हुँदै पुनः पोखरा जोडिने पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ ।