
१० वर्षअघि वैशाख १२ गते । मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सम्झँदै डर लाग्छ ।अझै सम्झँदा पनि निसास्सिन पुग्छौ । जुन दिन नेपालले महाभूकम्पको दैवी प्रकोप खेप्यो ।
२०७२ को महाभूकम्पमा जनधनको क्षती
भूकम्पपछि सरकारले राष्ट्रिय योजना आयोगको अगुवाइमा सङ्कलन गरेको तथ्यांक अनुसार त्यो भूकम्पमा ८ हजार ८ सय ९१ जनाभन्दा बढीको मृत्यु भएको थियो । भूकम्पमा घाइते भएकाहरू उपचारकै क्रममा मृत्यु हुने क्रम पछिसम्म चलेको थियो । जसमा २२ हजार ३ सयभन्दा बढी घाइते भएका थिए । अझ भूकम्पपछिको कुपोषण र रोगले मानिसको ज्यान लियो नै । त्यो भूकम्पमा ९ लाख घर ध्वस्त भएको थियो ।
हजारौँको ज्यान लिने त्यो महाभूकम्प अनि त्यसपछिका अनगिन्ती पराकम्पमा प्रकृतिसँग मानव संरचनाहरूले घुँडा टेकेका थिए । अनि मानवको सम्बन्ध र घरका तल्ला होइन मनको सन्तोषले गरेको थियो । अझ ७ वर्षसम्म पनि पूरा नभएका पुनः उस्तै संरचना अनि निर्माणको बेथिति देख्दा भने हामीले कति सजिलै अनि छिट्टै महाभूकम्पलाई भुल्यौँ भन्ने पनि भान हुन्छ । भूकम्पको नाश, वियोग अनि ज्ञान सबै कुरालाई आत्मसात् गर्दै अघि बढ्न जरुरी देखिन्छ ।
के तपाईंलाई लाग्छ अब नेपाल भूकम्पको प्रभाव न्यून गर्न पहिलेभन्दा बढी तयार छ?
२०७२ को भूकम्पले केवल संरचना मात्र बिगारेन कि हाम्रा पहिचान अनि ऐतिहासिक धरोहरलाई पनि उत्तिकै विनाश गरेको छ ।काष्ठमण्डप जसको नामबाट काठमाडौँ सहर रहन गयो । त्यही संरचना नै धुलो–पीठो बनाएको भूकम्पले धरहरालाई पनि ढालेको थियो । करिब ८ वर्षपछि वर्ष २०८० मा आइपुग्दा काष्ठमण्डप र धरहरा फेरि उभिएको देख्न सकिन्छ ।
भूकम्पबाट हामीले सिक्नु पर्ने पाठहरू के के हुन् ?
नेपाल भूकम्पीय जोखिमका हिसाबले पनि उच्च जोखिममा रहेको देश हो । भूकम्पीय जोखिमको उच्चता भए पनि जोखिम न्यूनीकरणका लागि भने खासै पहल भएको पाइँदैन । भूकम्प कुनै जनाऊ दिएर आउँदैन । तसर्थ, अबका दिनमा भूकम्पीय विनाश र जनधनको नाश कम गर्न संरचना निर्माणमा कडाइ अनि जनजागरणमा केन्द्रित हुन जरुरी देखिन्छ ।
स्मरण रहोस्, जमिनमुनिका प्लेटहरूको चलायमानका कारणले आउँदा पुस्ताले पनि भूकम्पको जोखिम सहन गर्नै पर्नेछ । भूकम्प टार्न नसके पनि यसको जोखिम न्यूनीकरण गर्न सबै जना लागि परौँ । आजको दिनमा ती ज्ञात–अज्ञात मृत आत्माहरूलाई पनि श्रद्धा सुमन अर्पण गर्न चाह्यौँ, जसले भूकम्पमा ज्यान गुमाउनुभयो ।


विश्व औँलो दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
औँलो के हो ?
लामखुट्टेको टोकाई बाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग 'औँलो' विरुद्धको दिवस संसारभर प्रत्येक २५ अप्रिलमा मनाइन्छ । औँलोलाई अङ्ग्रेजीमा मलेरिया भनिन्छ, एनोफेलिस लामखुट्टेको टोकाई बाट औँलो को सङ्क्रमण मान्छेमा सर्ने गर्दछ । सन् २०१५ को अध्ययन अनुसार संसारभर अझै पनि ९१ बढी देशमा मलेरियाको सङ्क्रमण रहेको पुष्टि गरेको छ ।
औँलो दिवसको पृष्ठभूमि
सन् २००७ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसको नेतृत्वमा हरेक वर्ष अप्रिल २५ लाई मलेरिया दिवसको रूपमा मनाउने क्रम सुरु भएको हो । आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मलेरिया दिवस मनाइन्छ, नेपालमा पनि विभिन्न स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने सङ्घ-सस्था अनि कर्मचारीहरूले विभिन्न कार्यक्रम मार्फत तथा घरदैलो जस्ता विभिन्न जनचेतना कार्यक्रमको आयोजना गरेर सू-सूचित गर्ने गर्दछन् ।
के औँलो निको हुन्छ ?
आशालाग्दो कुरा के हो भनेँ समयमै उपचार पाएमा मलेरिया निको हुन सक्दछ तथापि विकासोन्मुख देशका नागरिकहरूमा यसबारे देखिएको चेतना स्तरको कमी, स्वास्थ्योपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्युको सङ्ख्या आशातीत घट्न सकेको छैन ।
मलेरिया विरुद्धको खोप नलगाएका व्यक्तिहरूमा यसको सङ्क्रमणको दर उच्च हुन्छ, मलेरिया ओसार्ने लामखुट्टेले टोकेको ७ देखि १५ दिन भित्र यसका लक्षणहरू देखिन्छन् । यसका लक्षणहरूमा रक्त अल्पता, श्वास-प्रश्वाँसमा समस्या, सेरिबरल मलेरिया आदि हुन्छन् । सन् २०१५ सम्ममा लगभग संसारका आधि जनसंख्यानै मलेरियाको जोखिममा थिए, बालबालिका, गर्भवती आमाहरू, एच.आई.भी. सङ्क्रमितहरू तथा जमेको पानी वरपर बस्ने समुदाय अनि सरसफाइमा ध्यान नदिने र घुमन्ते मान्छेहरू यस रोगको उच्च जोखिममा रहन्छन् ।
विश्व स्वास्थ्य सङ्गठनको सन् २०१६ को एक अध्ययन अनुसार संसारभरिमा २ करोड १२ लाख मलेरिया सङ्क्रमित रहेको र ४ लाख २९ हजार ले ज्यान गुमाई सकेको तथ्याङ्क छ, अफ्रिकी महादेशमा त यसको प्रकोप अझै बढी छ ।
मलेरिया विरुद्धको खोप
मलेरियाको रोकथाम कालागि समय समयमा दिइने खोप, समयमै आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्त्वपूर्ण छ । घर वरिपरि सरसफाइ गर्ने, पानी जम्न नदिने, पानी जम्नसक्ने सरसामानहरूको उचित व्यवस्थापन गर्ने, जलाउन मिल्ने फोहोरहरूलाई व्यवस्थित ठाउँमा जलाइदिने र समय समयमा मलेरिया सार्ने लामखुट्टेहरुलाई भगाउने किटनाशक/रसायन छर्केर पनि न्यूनीकरण गर्न सकिन्छ ।
भावी पुस्तालाई मलेरियाबाट जोगाउन तोकिएको उमेर हदमै खोप लगाउन जरुरी छ, मलेरियाका कीटाणुहरू शरीरमा प्रवेश पछि क्रमशः कलेजोमा जान्छन्, विस्तारै कीटाणुले मूल रक्त प्रवाहमा छिरेर यिनीहरूले रातो रक्त कोशिकामा हमला गर्दछन् । बेलैमा उपचार नभएमा यसको सङ्क्रमणले सजिलै ज्यान लिन्छ, हामी सबै जना सतर्क हुन जरुरी छ ।
वर्ष २०२५ को औँलो दिवसको नारा
Malaria Ends With Us: Reinvest, Reimagine, Reignite”,
यसै पुस्तामा औंलो अन्त हुन्छ, पूर्नलगानी, पूर्नपरिकल्पना र पूर्नजागरण ल्याऔं भन्ने अर्थ लाग्दछ । औँलो विरुद्धको लगानी र गुणस्तरीय उपचारलाई यस वर्षले केन्द्रमा राखेको छ ।
अल्छी गरेर झूलको प्रयोग नगरी सुत्ने बानी नगरौँ, घर वरपर सफा राखौँ, स्वास्थ्य संस्थामा जाँच गराऔँ अनि बाहिर बस्दा शरीर पुरै ढाक्ने पुरा कपडा लगाऔँ, आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ ।

ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।