मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

पाहाँचःह्रे
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
अतिथि चतुर्दशी
"पाहाँ" भन्नाले अतिथि भनेर बुझिन्छ भने "चःह्रे" भनेको चतुर्दशीलाई भनिने गरिन्छ। आफू मात्र भोज खाने या रमाइलो गर्ने नभई सबै साथीभाइ र मित्र जनलाई बोलाएर भोज गर्ने र रमाइलो गर्ने चाड भएकाले होला यस चर्तुदशीलाई पाहुना आउने भनेर पाहाँ भनिएको हुनपर्दछ । यस दिनलाई "पिशाच चतुर्दशी" पनि भनिन्छ। चैत्र कृष्ण पक्षको चर्तुदशीलाई पाहाँचःह्रे भनेर रमाईलोका साथ मनाउने परम्परागत चलन छ ।

इन्द्रायणी (लुति अजिमा) को कथाले सामाजिक समानताको महत्त्व देखाउँछ। तपाईंलाई लाग्छ कि यस कथालाई अझ प्रचार गरिनुपर्छ?"
वर्षको अन्तिम चतुर्दशी
यस वर्षको यो अन्तिम चतुर्दशी पनि हो । सकिँदो जाडो, सुरुवाती गर्मी अनि सुख्खापनाको मौसममा हुन सक्ने रोग व्याध र विपतहरुको धार्मिक समापन र आस्थागत गन्तव्यका रूपमा यस चर्तुदशीलाई लिइन्छ । पहिले पहिले त नेवा समुदायमा आजका दिन मकलमा आगो बालेर उक्त धुवाँ घरमा लगाउने र त्यसको प्रभावले भूतप्रेत लगायतका कुराहरू र विपतहरु नलाग्ने, रोग व्याध निर्मूल हुने विश्वास गरिन्थ्यो ।
हिन्दु र बौद्ध दुवै मार्गका लागि यस चर्तुदशीको महत्त्व
यस दिनलाई हिन्दु र बौद्ध दुवै मार्गका नेवा समुदायले अत्यन्त श्रद्धाका साथ मान्ने गर्दछन् । आजका दिन गणेश, भैरव, भगवती र अष्ट मातृकाको विशेष पूजा गर्ने र खट निकाल्ने चलन पनि छ । विभिन्न टोलमा रहेका विभिन्न देवताहरूलाई कुखुरा, हाँस, बोका, राँगा बली दिएर चाड मनाउने चलन छ । नक्साल भगवती, तख्ति अजिमा, लुँचुभुलू अजिमा, न्ह्याय्कंतला अजिमा, कंगः अजिमा, न्यतमरु अजिमा, वटु र टेत्रबहाःका लुँमधि अजिमा, चार ढुङ्गेका नरसिंहको खट जात्रा गरिन्छ । यसरी विभिन्न टोलमा विभिन्न देवताहरूको जात्रा गर्दा बाजा बजाउँदै, गीत गाउँदै देवताका खट बोकेर घुमाउने गरिन्छ ।
आजको दिन इन्द्रायणी (लुति अजिमा) बाहेक अरू सबै अजिमाहरूलाई खटमा राखेर पूजा गर्नको लागि टोल टोलबाट लिएर जाने गरिन्छ। इन्द्रायणी आफ्नो अरू अजिमा दिदीबहिनी भन्दा निक्कै गरिब थिइन। एक दिन दिदी अजिमाले सबैलाई भोज बोलाउँदा इन्द्रायणी अर्थात् लुति अजिमा सम्पन्न नभएकाले उनलाई हेला गरेर खाना फ्याँकेर दिन्छिन्। त्यसरी फ्याकेको खानाले लुति अजिमाको बच्चाको अनुहारमा लाग्न गई रगत निस्किन्छ। अपमानित भएर त्यहाँबाट सरक्क निस्किएर हिँडेकी इन्द्रायणीले बाटोबाट एउटा फर्सी किनेर लान्छिन्, तर त्यो फर्सी काट्दा त्यहाँबाट एउटा सर्प निस्किन्छ। इन्द्रायणीले अब त्यो फर्सी पनि खान नहुने भनेर फ्याँक्न जाँदा एक्कासि त्यो फर्सी सुनमा परिणत हुन्छ। त्यसपछि, अर्को वर्ष फेरी दिदी अजिमाले भोज बोलाउँदा, इन्द्रायणी सम्पन्न भएर जान्छिन्। यस पटक उनको छुट्टै सत्कार गरिन्छ। तर, लुति अजिमाले यो सत्कार आफ्नो धनको लागि मात्र भएको भनेर आफू त्यहाँबाट बच्चाहरू सहित निस्किन्छिन्। त्यसैले आजको दिन इन्द्रायणीको भने खट निकालेर पूजा गरिँदैन। इन्द्रायणीको पूजा आजभन्दा लगभग ४ महिना अघि नै बाला चतुर्दशीको दिन गर्ने गरिन्छ।
लुकुमहाद्य
आजको दिन बेलुका लुकेको महादेव (लुकुमहाद्य:)को विशेष पुजा आराधना गरी मनाइन्छ। भूत, प्रेत या पिशाचलाई महादेवका गणहरू मानिन्छ। आज भन्दा आठ दिन अगाडी अर्थात् चैत्र कृष्ण अष्टमीको दिन सानो शिव लिङ्गलाई एउटा खटमा राखी बाजा बजाएर काठमाडौँको बुद्ध बिहारको फोहोर फ्याँक्ने ठाउँमा सफा गरेर राख्ने गरिन्छ। फोहोर ठाउँमा जे भेट्यो त्यही खाएर बसेको यो महादेवको पिशाच रूप हो। आजको दिन यी महादेवलाई त्यहाँबाट निकालेर सफा गरी पंहेलो रायो, लसुनको बोट,जाड र भोजका अन्य परिकारहरू चढाएर पूजा गरिन्छ। यो चाडमा यही पिशाच रुपी महादेवको पूजा आराधना गरिने भएकाले नै यसलाई पिशाच चतुर्दशी भनिएको हो।
आजको दिन नेवार समुदायमा मुकुन्डो लगाएर नाच देखाउने प्रचलन पनि छ। आजको दिन नेवार समुदायमा एउटा भव्य भोज आयोजना गरी आफ्नो चेलीबेटी, आफन्त र इष्टमित्रहरूलाई घरमा बोलाउने चलन छ। यसै कारण पनि आजको दिनले पारिवारिक सम्बन्ध बिचको माया, प्रेम, सद्भावना र एकतालाई थप मजबुत बनाउने मान्यता छ।
यस चर्तुदशीको अर्को महत्त्व भनेको यसको भोलिपल्ट हुने घोडे जात्रा हो । गुरुमापालाई टुँडिखेलमा गाडी राखेकाले घोडाको खुट्टाले कुल्चाउनुपर्छ भनी घोडा दौडाउने गरिएको हो भनिन्छ । नेपाल सम्बत ७८७ तिर काठमाडौँका राजा प्रताप मल्ल र पाटनका राजा श्री निवास मल्लबिच मनमुटाब भएकोले पाटनका जनता काठमाडौँमा घोडे जात्रा हेर्न नजाओस् भनी पाटनमै भोलाख्यः टोलमा एउटा घोडा दौडाउने चलन गरिएको हो भनिन्छ ।
यी विषयमा भोलि घोडे जात्रा दिन विशेषमा कुरा गर्नेछु । आजका लागि सबैमा पाहाँचःह्रेको शुभ कामना।
-सुयोग ढकाल






काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोबि...
३ चैत, काठमाडौं । बाराको नव जन जागृति युवा क्लबले सुर्खेतको कांक्रेविहार क्लबलाई पराजित गर्दै राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ । १० खेलसम्म जितविहिन रहेको यी दुई टोली मंगलबार एन्फा कम्...

दाङ । दाङमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । गढवा गाउँपालिका–५ मा रा६प १७६९ नम्बरको मोटरसाइकल रा१त ३४२९ नम्बरको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक गढवा–५ का ४२ वर्षीय भानु रि...

ओखलढुङ्गामा सोमबार दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीका कारण ६ घर र २ विद्यालयमा क्षति पुगेको छ । प्रारम्भिक विवरण अनुसार घर तथा विद्यालयका छाना उड्दा करिब ९ लाख ३० हजार रुपियाँ बराबरको क्षति भएको ...

नवलपरासी । नवलपरासी पूर्वकाे चरङ्गेमा साेमबार साँझ हावाहुरीले आगो उडाउँदा स्थानीय २ घर गाेठ,बस्तु भाउ तथा अन्नपात जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वी नवलपरासीले दिएकाे जानका...

काठमाडौँ। प्रि-मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ। नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणत: सफा नै रहने तर बिहीबारदेखि भने पुनःबदली बढ्ने जल तथा मौसम विज्ञान विभागले जन...

दाङमा मंगलबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्लाको गढवा गाउँपालिका–५ बाँकी चोकका अन्दाजी ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी...

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडाउँदा करोडौँको क्षति भएको छ । गएराति करिब ८ बजेबाट सुरु भएको वर्षासहितको हावाहुरीले जिल्लास्थित विभिन्न ठाउँका द...