
विश्व रक्तदाता दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
केही कुराहरू त्यस्ता हुन्छन्, जुन पैसा तिरेर किन्न सकिँदैनन्, पसलमा पाइँदैनन्, र समयमै नपाउँदा मान्छेको जीवन नै जोखिममा पर्न सक्छ। यस्तै कुरामध्ये एक हो—रगत।रगत हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण तत्वमध्ये एक हो। यो नशा–नशामा बहिरहेको हुन्छ, प्रत्येक तन्तुमा अति आवश्यक तत्वहरू पुर्याइरहेको हुन्छ, शरीरको तापक्रम सन्तुलनमा राखिरहेको हुन्छ, र हाम्रो जीवनको रक्षा गरिरहेको हुन्छ।दुर्घटना, शल्यक्रिया वा अन्य आकस्मिक अवस्थामा रगतको आवश्यकता पर्न सक्छ। त्यस्तो बेला रगतको विकल्प केही हुँदैन। आजको यथार्थ यही हो कि हामीमध्ये कोही पनि पूर्णतः सुरक्षित छैनौं—हिजोको सुरक्षित अवस्थाले भोलिको ग्यारेन्टी दिँदैन। कुनै पनि समय, हामी आफैँ वा हाम्रा आफन्तजनलाई रगत आवश्यक पर्न सक्छ।त्यसैले, रक्तदान गर्नु केवल सामाजिक उत्तरदायित्व होइन, यो अरूको जीवन जोगाउने पुण्य कार्य पनि हो। समयमै रगत दिने हाम्रो सानो कदमले कसैको जीवन बच्न सक्छ।

तपाईंको नजरमा रक्तदान किन महत्त्वपूर्ण छ?
पृष्ठभूमि
मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुन मा रक्तदाता दिवस मनाइन्छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको इतिहास छ । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्त्वबारे जानकारी दिने खालका रयाली, कोणसभा, प्रभात फेरी लगायत चेतनामूलक कार्यक्रमहरू आयोजना गरिंदै आएको छ । रगतको महत्त्व बुझाउँदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरूको योगदानप्रति कृतज्ञता स्वरूप एक नायक अभियानका रूपमा यो दिवस मनाउने गरिन्छ । रक्तदानको आवश्यकताबारे जागरूकता बढाउन यो दिवस मनाइन्छ । यस दिवसले नयाँ रक्तदाताका रूपमा युवाहरूलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरूलाई सम्मान गर्न स्वयंसेवी भावना बढाउँदछ । रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरुको कदर स्वरूप नेपालमा पनि विसं २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।
वर्ष २०२५ को रक्तदाता दिवसको नारा “Give blood, give hope: together we save lives,”
रक्तदान सम्बन्धी सामान्य जानकारी
मानव रक्तसमुह ८ प्रकारका हुन्छन् र आफ्ना रगत समूह अनुसारका मेल खाने समूहहरूका रगत उनीहरूमा चढाइन्छ । यसरी रगत दिन या चढाउन अगावै दाताहरूको रगतमा कुनै सङ्क्रमण छ या छैन भनेर जाँच गरिन्छ । यसरी दाताहरूलाई उनीहरूको मेडिकल इतिहास र स्वास्थ्यका बारेमा जानकारी लिइन्छ ।
सामान्यतया एक पटक रक्तदान गरेर अर्को पटक रक्तदान गर्नुका बिचमा ३ महिनाको फरक राख्ने चलन छ । रक्तदानको कुरा गरिरहँदा आखिर रक्तदान गर्नका लागी के के कुरा हुन पर्दछ भन्ने जिज्ञासा हामीलाई लागेको हुन सक्दछ भने हामी मध्य कतिपयलाई यी कुराहरू पहिल्यै थाहा पनि छ होला । रक्तदान गर्न कालागि सामान्यतया ५० केजी तौल भएको कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्षको सीमा तोकिएको छ । यस्ता रक्तदाताका सीमाहरू देश अनुसार फरक पनि हुन सक्दछन् ।
रक्तदान नै जीवनदान हो ।
नेपालमा पनि पछिल्ला समयमा रक्तदानका लागी स्वयम सेवी संस्थाहरू र सञ्जालहरू बढ्दै गएका छन् । आज हाम्रो पात्रो ती सबै संस्था र सञ्जालहरूलाई पनि सम्झना गर्न चाहन्छ, यूथ फर ब्लड, ब्लड पाल, हेल्थी सिटीजन नेपाल, रेड क्रस लगायत थुप्रै संस्था अनि सञ्जालहरूको रक्तदानलाई सहज पार्ने र जनचेतना फैलाउने कार्य वास्तवमै तारिफयोग्य छ । हामी मध्य केही सुई सँग डराउने या घोच्नुपर्ने भएकाले रक्तदान गर्न डराउँदछौ जुन अत्यन्त हास्यास्पद कुरा हो । रक्तदान अत्यन्तै सरल र सामान्य कुरा हो, जीवनको दान गर्न पाउनु भन्दा गर्वको कुरा के हुन सक्छ र तपाईँको आफ्नै भाइ या बहिनी या परिवारको सदस्यको ज्यान जोगाउनलाई रगत चाहिएमा के तपाई रक्तदान नगरी बस्नुहुन्छ रु त्यस्तै धेरै दाजुभाइ दिदीबवहिनीहरुलाई रगतको अभाव र आवश्यकता परिरहेको हुन्छ, रक्तदाताहरू वास्तवमै जीवनदाता हुन्, रक्तदान गर्न पछि नपरौँ ।रगत अभाव मुक्त नेपाल बनाउन सबै जना एकजुट हुन जरुरी छ । १८ वर्ष कट्नुभएका तपाईहामी सबैलाई एउटा प्रश्न छाडेर जान्छौ ?
के रक्तदान गर्नुभएको छ त ? जय होस्


नेपाल गौरव यात्रा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
विश्वभरी ईश्वी संवत्को जून महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइन्छ । २०औँ शताब्दीको ६० औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको थियो । यस महिनामा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू सम्बन्धी विश्वव्यापी विभिन्न कार्यक्रमहरू सञ्चालन हुने गर्दछ ।यसै महिनाको अवशरमा मनाइने एक उत्सव गौरव यात्रा (प्राइड परेड) हो । यो एउटा उत्सवजनक र्यालि हो ।
हाम्रो समाजमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अस्तित्व तथा पहिचानलाई लज्जाको विषयका रूपमा लिइन्छ । यसलाई अनेकौँ लाञ्छित तथा घृणित दृष्टिकोणले हेरिन्छ । समाजले यसरी लज्जित तुल्याउने गरेको हुनाले आफ्नो पहिचान लज्जाको विषय नभएको सन्देश स्वरूप गौरव भन्ने शब्द प्रयोग हुन थालेको हो ।
नेपालमा २०७६ साल देखि गौरव यात्रा मनाउन थालिएको हो । नेपालमा कुनै छुट्टै मितिमा गौरव दिवस (प्राइड डे) अस्तित्वमा नरहेकाले सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू सम्बन्धीका सार्वजनिक कार्यक्रम तथा उपस्थिति बृद्धि हुने हेतुले गौरव यात्रा मनाउन थालिएको हो ।
स्टोनवाल विद्रोहको ५० औँ स्मरण दिवसको भोलीपल्ट नेपालमा पहिलो पटक गौरव यात्राको आयोजना भएको थियो । त्यसपछी प्रत्येक वर्ष जून महिनाको दोस्रो शनिबारका दिन नेपालमा गौरव यात्रा आयोजना गर्ने निर्णय भयो । २०७७ र २०८७ सालमा कोभिड-१९ विश्वमहामारीका कारण अनलाइन माध्यमबाट गौरव यात्राको आयोजना भएको थियो । २०७९ सालमा हामीले पुनः दोस्रो पटक भौतिक उपस्थितिमा गौरव यात्रा मनायौँ । यसपाली यो सातौँ पटकको गौरव यात्रा हो ।
नेपालमा गौरव यात्राको आयोजना क्वयेर युथ ग्रुप (Queer Youth Group) ले गर्दै आएको छ । क्वयेर युथ ग्रुप मुनाफा वितरण नगर्ने कम्पनी हो । यो कम्पनि सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकारका निम्ति कार्यरत छ । गौरव यात्राको सुरुवात देखि क्वयेर राइट्स् कलेक्टिभ (Queer Rights Collective) को साथ थियो । यो एउटा फुक्का संजाल हो । २०७७ देखि क्याम्पेन फर चेन्ज (Campaign for Change) पनि जोडिन पुगेको छ । यस संस्थाले अन्तरलिङ्गी व्यक्तिहरूको हक अधिकारका निम्ति काम गर्दछ ।
यस गौरव यात्राको पूरा नाम नेपाल सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूको गौरव यात्रा हो । छोटकरीमा नेपाल गौरव यात्रा भन्ने गरेका छौँ । सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरू भन्नाले यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका आधारमा सिमान्तकृत वर्ग हो । यौन विशेषता (Sex Characteristics) का आधारमा सिमान्तकृत अन्तरलिङ्गी व्यक्ति (Intersex persons); लैङ्गिक पहिचान (Gender identity) का आधारमा सिमान्तकृत पारलैङ्गिक महिला (Trans woman) तथा पारलैङ्गिक पुरुष (Trans man) अर्थात् पारलैङ्गिक व्यक्ति (Transgender person) तथा गैर-द्वयसांखिक व्यक्ति (Non-binary person); एवं यौन अभिमुखिकरण (Sexual orientation) का आधारमा सिमान्तकृत समयौनिक (Homosexual), द्वियौनिक (Bisexual), सर्वयौनिक (Pansexual), अयौनिक (Asexual) लगायतका समूहहरूलाई बुझाउँदछ। सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूलाई एकमुष्ट क्वयेर (Queer) पनि भन्ने गरिन्छ । नेपालको कानूनी क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक पनि भन्ने गरिएको छ ।
यस वर्ष कार्यक्रम मिति नेपाल संवत् ११४५ तछला २८ तदनुसार विक्रम संवत् २०८२ जेठ ३१ गते दिउँसो १ बजे देखि बेलुकी ७ बजेसम्म आयोजना हुँदैछ । कार्यक्रमको योजना अनुसार दिउँसो १ बजे देखि २ बजेसम्म भृकुटी मण्डप अगाडि भेला हुनेछौँ । २ बजे र्याली सुरु हुनेछ । भृकुटी मण्डपबाट र्याली निस्किएर दाहिने मोडिँदै प्रदर्शनी मार्ग जानेछ । त्यसपछि बायाँ मोडिएर पुतलीसडक तर्फ लाग्नेछ । पुतलीसडक मार्ग हुँदै हत्तीसार तर्फ अगाडि बढ्नेछ । हत्तीसार पुगेपछि दाहिने मोडिएर विश्वज्योती हल अगाडि हुँदै नारायणहिटी मार्ग पुग्नेछ । त्यसपछि नारायणहिटी मार्गबाट नागपोखरीको बाटो हुँदै नक्सालतर्फ लागी नारायण चौरमा पुगी र्याली समापन हुनेछ । नारायण चौरमा ३ बजे देखि साँझ ७ बजेसम्म मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा गायन, नृत्य, कविता वाचन लगायत विभिन्न प्रकारका प्रस्तुतीहरू रहनेछन्।
कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।