नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

अन्तर्राष्ट्रिय बुवा दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार चाहिँ विश्व समुदायले अन्तराष्ट्रिय बुवा दिवसका रूपमा मनाउँदछ । परापूर्व कालदेखि नै मातृ देवो भव, पितृ देवो भव भन्ने नारालाई आत्मसाथ गर्दै आमा र बुवाको मुख हेर्ने दिनमा स्नेहपूर्वक रूपमा मनाउने सनातन दर्शनमा आमा र बुवालाई भगवान् सरह मान्यता दिइएको नै छ ।
चाहे जुनसुकै धर्म, दर्शन, संस्कार या जनावरहरू नै किन नहुन ? आमा बुवालाई पुज्ने चलन छ । यस क्रममा भारतमा बेलायती शासकहरूको शासन सुरुवात पछिका दिनमा नै जुन महिनाको तेस्रो आइतबार बुवाप्रति समर्पण गर्ने दिन मनाउने चलन स्थापना गरिएको थियो । क्रमशः यसै चलनलाई बेलायतीहरूले आफ्नो देशमा पनि थालनी गरिदिए र आज विश्वभर नै जुन महिनाको तेस्रो आइतबार अन्तर्राष्ट्रिय बुवा दिवस मनाउने चलन स्थापना भएको हो ।

आजको दिन तपाईं आफ्नो बुवालाई के दिन चाहनुहुन्छ ?
मिथुन सङ्क्रान्तिबाट सुरु हुने आषाढ महिनामा केही विशेष पर्वहरू पर्दछन् । आषाढको कृष्ण पक्षको अष्टमीमा पशुपतिनाथ मन्दिरमा त्रिशूल जात्रा गरिन्छ । त्यसै गरी आषाढ शुक्ल द्वितीयामा जगन्नाथ रथयात्रा निकालिन्छ । आषाढ शुक्ल दशमीबाट चार महिनासम्म चतुर्मास व्रत प्रारम्भ हुन्छ । ल अब यस वर्षको असारमा स्वागत छ, हामी सबैलाई । वर्षाको यो विशेष महिनामा बेलाबेला झ्यालबाट आउने बाछिटाले चिस्यान नल्याओस्, बलेँसीका माटाहरू बगेर नजाउन्, मानो रोपेर मुरी उब्जनी होस् , जय होस्
मोनोगाह खानी दुर्घटना र अन्तर्राष्ट्रिय बुवा दिवस मनाउने चलन
सन् १९०७ को कुरा हो, अमेरिकाको मोनोगाह भन्ने ठाउँमा खानीमा कामदारहरू भएकै बेलामा ठुलो विस्फोट भयो । यसमा २५० जना बालबच्चा भएका परुषहरू सहित कुल ३६७ जना पुरुषहरूको मृत्यु भयो । अनि सन् १९०८ बाट नै वेस्ट भर्जिनियाकी एक जना महिलाले आफ्नो गिर्जाघरमा पादरीलाई आमा दिवस जस्तै बुवा दिवस पनि मनाएर उक्त दुर्घटनामा बुवा बितेका सबैलाई आफ्नो बुवाप्रति सम्झना समर्पण गर्ने अवसर दिन आग्रह गरेकी थिइन । यसरी यस चलन विश्वभर प्रचलन हुँदै गयो ।
चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुवाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ र त्यसरी ताते ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुवा । शायद शब्दले व्याख्या गर्न सकिन्न, तिनै बुवाहरूको बुढेसकालको बलियो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला, जे होस आमा बुवा नै यस जगतका देख्न सकिने भगवानहरु हुन । आजका दिन पृथ्वी लोकका सम्पूर्ण पिताहरूलाई स्मृति गर्दै कोटी कोटी नमन गरौँ ।


मिथुन संक्रान्ति
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
असारे मासमा धान रोपेझैँ खेतमा आऊ हामी पिरती रोपौँ न"
"असारे मैनामा पानी पर्यो रुझाउने"
यस्ता धेरै जनमनमा लोकप्रिय गीत अनि नेपाली जीवनशैली सबैभन्दा व्यस्त मध्येको एउटा महिना हो आषाढ । कृषि अनि कृतीको पर्याय यो महिना एउटा प्रेरक महिना पनि हो । आषाढ सङ्क्रान्तिबाट सूर्य पनि मिथुन राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मिथुन सङ्क्रान्ति भनिन्छ ।
मिथुन सङ्क्रान्तिबाट सुरु हुने आषाढ महिनामा केही विशेष पर्वहरू पर्दछन् । आषाढको कृष्ण पक्षको अष्टमीमा पशुपतिनाथ मन्दिरमा त्रिशूल जात्रा गरिन्छ । त्यसै गरी आषाढ शुक्ल द्वितीयामा जगन्नाथ रथयात्रा निकालिन्छ । आषाढ शुक्ल दशमीबाट चार महिनासम्म चतुर्मास व्रत प्रारम्भ हुन्छ । ल अब यस वर्षको असारमा स्वागत छ, हामी सबैलाई । वर्षाको यो विशेष महिनामा बेलाबेला झ्यालबाट आउने बाछिटाले चिस्यान नल्याओस्, बलेँसीका माटाहरू बगेर नजाउन्, मानो रोपेर मुरी उब्जनी होस् , जय होस्


विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
विश्व वृद्ध दुर्व्यवहार जागरूकता दिवसको इतिहास
विश्व वृद्ध दुर्व्यवहार जागरूकता दिवस, जुन १५, २००६ मा एल्डर दुर्व्यवहार रोकथाम र विश्व स्वास्थ्य सङ्गठनको लागि अन्तर्राष्ट्रिय नेटवर्क द्वारा सुरु गरिएको वार्षिक पहल हो। ६६ को १२७ प्रस्तावमा, संयुक्त राष्ट्र महासभाले त्यो मितिलाई विश्व वृद्ध दुर्व्यवहार जागरूकता दिवसको रूपमा तोकेको छ, जुन दिन पुरानो पुस्ताको कुनै पनि प्रकारको दुर्व्यवहारको विरोधमा सम्पूर्ण विश्वले आवाज उठाउनेछ भनिएको छ ।
संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय कार्य योजनाले वृद्ध दुर्व्यवहारलाई जनस्वास्थ्य र मानव अधिकारको मुद्दाको रूपमा वर्णन गरेको छ। संसारमा वृद्धहरूको सङ्ख्या सन् २०३० सम्ममा १ दशमलव ४ बिलियन हुने अपेक्षा गरिएको छ। अनुसन्धानले सुझाव दिन्छ कि ४ देखि ६ प्रतिशत वृद्धहरू कुनै न कुनै प्रकारको दुर्व्यवहारबाट पीडित छन्, जसमध्ये धेरै जसो रिपोर्ट नगरिएका छन्।
वृद्ध दुर्व्यवहारका नतिजाहरू गम्भीर हुन्छन्स् दुर्व्यवहार गरिएका वृद्ध वयस्कहरूलाई अस्पतालमा भर्ना हुने सम्भावना दोब्बर हुने , नर्सिङ होममा जाने सम्भावना चार गुणा र मृत्युको सम्भावना तीन गुणा बढी हुन्छ। जबकि अध्ययनहरूले देखाउँदछ कि दुर्व्यवहार गर्नेहरू मध्ये ६० प्रतिशत परिवारका सदस्यहरू छन्, दुर्व्यवहार जुनसुकै अवस्थामा पनि हुन सक्छस् वृद्ध वयस्कको आफ्नै घर वा वरिष्ठ बस्ने समुदायमा पनि हुनसक्छ ।
नेशनल सेन्टर फर एल्डर अब्यूजका अनुसार ६५ वर्षभन्दा माथिका १ मिलियन र २ मिलियन अमेरिकीहरू हेरचाह वा सुरक्षाको लागि भर परेका व्यक्तिहरूद्वारा घाइते, शोषण वा दुर्व्यवहार भएका थिए। नेपालमा पनि यस्ता अध्ययनहरु हुन जरुरी छ ।
नेपालमा अग्रज जनसख्याँ अधिकारको कानुन
यो ज्येष्ठ नागरिक ऐन, २०६३ (२००६) नेपालको संसद्ले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा र उनीहरूमा निहित ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी उनीहरूप्रतिको विश्वास, सम्मान र सद्भाव अभिवृद्धि गर्ने सम्बन्धमा तत्काल व्यवस्था गर्न बनेको हो।
यद्यपि यी कानुनहरू कार्यान्वयनको पक्षमा सबै जना थप जुझारु र संवेदनशील भएर लाग्न जरुरी छ । बृद्धबृद्धाको पहुँच बढाउने अनि आँसु नझर्ने वातावरण बनाउने कार्य गरौँ , आजै वाट सम्पूर्ण आमा,बुवा, दिदीबहिनी, काकाकाकी लगायत सबै अग्रजहरूमा नमन ।
यस वर्ष २०२५ को नारा
"Grow the Conversation... Recognize the Signs, Reduce the Risks"
एल्डर दुर्व्यवहार के हो ?
वृद्ध दुर्व्यवहार आर्थिक, भावनात्मक, शारीरिक र यौन रुपमा हुन सक्छ। यसमा उपेक्षित व्यक्तिहरू र आफूलाई बेवास्ता गर्नेहरू ९आत्म(उपेक्षा पनि समावेश हुन्छन्। सामाजिक अलगाव, आर्थिक वा भावनात्मक तनाव, र डिमेन्सियाले वरिष्ठलाई दुर्व्यवहारको लागि कमजोर बनाउन सक्छ।





मध्यराति बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालू आवको तुलनामा यो बजेट झन्डै २ अर्बले बढी हो। आइतबार साँझ बसेको प्रदेशस...

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ।

News Summary Generated by OK AI. Editorially reviewed. कर्णाली प्रदेशमा विपक्षी दलहरूले बजेट भाषण बहिस्कार गर्ने अडान कायम राखेका छन्। बैठक पटक पटक सारिएर अझै बजेट प्रस्तुत हुन सकेको छैन। सहमति...

झापा। यहाँको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा आज दुर्लभ कछुवा फेला परेको छ । पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वन नजिकै रहेको ...
काठमाडौं । संघीय सरकारको केन्द्रिकृत मानसिकताकै कारण संघीयता कार्यान्वयनमा समस्या भइरहेको संघीय संसदका सांसदले गुनासो गरेका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)ले आइतबार कानुन निर्माणमा संघी...

अहमदाबाद । भारतको अहमदाबाद सहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका वरिष्ठ सहयोगी पिके मिश्रले जहाज दुर्घटनापूर्वको ...
कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगिताको आजको खेलमा तनहुँ र स्याङ्जा विजयी भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट विनियोजन गरेको छ । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक...