नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
के तपाइलाई थाहा छ ?
२०२२ मा मात्र विश्वभरिका २० करोड भन्दा बढी आप्रवासी कामदारहरूले रेमिट्यान्समा निर्भर देशहरूमा भएका आफ्ना करिब ८० करोड परिवारका सदस्यहरूलाई ६२६ अर्ब अमेरिकी डलर कमाएर पठाए । यसरी रेमिटेयान्स मार्फत विश्वभरि धेरैको घर र परिवार चलेको छ र यसरी रेमिटेन्स मा निर्भर सबै परिवारहरूको सहयोग र समर्थनका लागि हरेक वर्ष जुन १६ तारिखमा अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइने गरिन्छ ।
यस दिवसले रेमिटेयान्स पठाउँदा लाग्ने कारोबार को शुल्क कम गर्न र रेमिटेयान्स मार्फत थप वित्तीय समावेशीकरणलाई बढवा दिँदै अनिश्चितताको सामना गर्दा प्रवासी कामदारहरूको महत्वलाई पनि हाई लाइट गर्दछ।

तपाईँको परिवार रेमिटेन्स (वैदेशिक आम्दानी) मा निर्भर छ?
विश्वभरि बढेको रेमिटेयान्स
विगत २० वर्षमा रेमिटेयान्स प्रवाह विश्वभरि नै पाँच गुणाले बढेको छ । आर्थिक मन्दीको समयमा पनि, रेमिटेयान्स प्रवाह जारी रहन्छ किनकि आप्रवासी कामदारहरूले आफ्नो परिवारलाई आर्थिक सुरक्षा दिन सीमापारि आफ्नो मेहनत जारी नै राख्दछन् । सन् २०२१ के तुलनामा सन् २०२२ मा हेर्दा विश्वभरि रेमिट्यान्सको प्रवाह १० दशमलव २ प्रतिशतले बढेको थियो ।
प्रविधिको बढ्दो प्रयोग र अवसरको खोजीमा बिदेसिने मान्छेहरूको लामो लर्कोका कारणले कम विकसित र कम आय भएका देशहरूमा रेमिट्यान्सको प्रवाह बढ्दो छ र यसरी पठाइने रेमिट्यान्सहरुमा अधिकांश अर्थात् ४८ प्रतिशत रेमिटेन्स नै मोबाइल ट्रान्सफरबाट पठाइने गरेको पाइन्छ ।
अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस को नारा
यस कारणले पनि वर्ष २०२५ को अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस को नारा "रेमिट्यान्स वित्तपोषण विकास "भन्ने अर्थ लाग्दछ ।
नेपालमा रेमिटेयान्स
अनौपचारिक रूपमा हुन्डीमार्फत रेमिटेयान्स पठाउने चलन नेपालमा अहिले पनि छ र यद्यपि अहिले आएर रेमिटेयान्स कम्पनी र वित्तीय सेवा प्रदायकहरूको बढ्दो पहुँचसँगै औपचारिक माध्यमबाट देशमा रेमिटेन्स पठाउने चलन बढ्दो छ । हुन्डीमार्फत आएको रेमिटेयान्सले नेपालमा विदेशी मुद्रा आर्जन हुँदैन ।
पछिल्लो समयमा दैनिक दुई हजार नेपाली युवा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ र अहिले भइरहेको आर्थिक मन्दीमा व्यवसाय नै बन्द गरेर बिदेसिने युवाहरूको त झनै लर्को नै लागेको छ । गन्तव्य मुलुक पुगेपछि पहिलो दुई महिनाको पारिश्रमिकले कामदारले आफ्नै खाने बस्ने व्यवस्थापन गर्न खर्च गर्छन् । तेस्रो महिनादेखि उनीहरूले नेपाल रकम पठाउन सुरु गरेको पाइन्छ ।
हाम्रो पात्रो रेमिट
नेपालमा रेमिटेयान्स कारोबारलाई सरल र सुलभ बनाउने हाम्रो प्रयासका साथ हामीले हाम्रो पात्रो रेमिट सेवा पनि सुरु गरेका हौँ र आज, हाम्रो पात्रो हामीमाथि विश्वास गरेको र एक हिस्सा भएकोमा त्यहाँका सबै प्रयोगकर्ता र सरोकारवालाहरूलाई धन्यवाद पनि दिन चाहन्छ। नेपाल पैसा पठाउने सबैभन्दा राम्रो तरिका मानिदिनुभएको मा हाम्रो पात्रो रेमिटका सबै प्रयोगकर्ताहरूलाई अनेक धन्यवाद। रेमिट्यान्सले धानिरहेको अर्थतन्त्रका रूपमा रहेको नेपाली परिवेशका लागि आजको यस दिवस असाध्यै महत्त्वपूर्ण छ । रेमिटेन्स अर्थात् विप्रेषणको सम्मान गरौँ र विप्रेषण पठाउने परिवारका सदस्यहरूको कदर गरौँ ।




काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो सुपर ओभर पनि बराबरी भएको छ । दुवै टोलीले समान १७ रन बनाए पछि खेल तेस्रो सुपर ओभरमा गएको हो र

रसुवा। प्रसिद्ध धार्मिकस्थल गोसाईंकुण्ड तथा जैविक विविधता र प्राकृतिक सम्पदाको हिसाबले धनी एवं रमणीय लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । विशेष गरी पवित्र तीर्थस्थ...
काठमाडौं । स्कटल्यान्ड ट्वान्टी–२० शृंखलामा नेपालले सुपर ओभरमा नेदरल्यान्ड्सलाई २० रनको लक्ष्य दिएको छ । सुपर ओभरमा नेपालका कुशल भुर्तेलले १८ र कप्तान रोहित पौडेलले एक रन बनाए । भुर्तेल सुपर ओभरको...
स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले सातौं विकेट गुमाएको छ । नेपालले सातौं विकेटको रूपमा करण केसीलाई गुमाएको हो । उनी १८.२...

काठमाडौं। फिल्म र म्युजिक भिडियोका दृष्यमा सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकमत भएका छन्। सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ‘अनिवार्य’ बाहेक त्यस्त...

काठमाडौं- फिल्म र म्युजिक भिडियोका दृष्यमा सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकमत भएका छन्। सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा 'अनिवार्य' बाहेक त्यस्त...

२ असार, काठमाडौं । नेपाल सरकारको सचिवमा खगेन्द्रप्रसाद सुवेदी बढुवा भएका छन् । महालेखा नियन्त्रक रघुराम विष्टले अनिवार्य अवकाश पाएपछि रिक्त स्थानमा सुवेदीलाई बढुवा गरेको हो । सोमबार साँझ बसेको मन...

गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६ वर्षीय मङ्गले नेपालीको शव शेराटारस्थित खुदी खोलाको दहमा फेला परेको छ। नेपालीको शव खुदी खोलास्थित तानेको रहमा तैरिएको अवस्थामा फेला परेको जि...