मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

विश्व खडेरी विरुद्ध संघर्ष दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
प्रकृति अनुसार हामी चल्न जरुरी
हामी बसेको संसार र सृष्टिमा प्रकृति नै सबैभन्दा विशाल, अद्भुत-अद्वितीय कुरा हो । प्रकृतिलाई हामीमध्ये कसैले पनि आफ्नो बसमा राख्न सम्भव छैन तर प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी त्यसको जर्गेना गरी भावी पुस्ता कालागि यसका असीम सम्भावना तथा निर्विकल्प महत्त्वको ज्ञान हस्तान्तरण गरेर यसको संरक्षण गर्न सक्दछौँ । एउटा कुरा प्रस्ट छ! प्रकृति हामी अनुसार चल्दैन, प्रकृति अनुसार हामी चल्न जरुरी छ ।
विश्व खडेरी विरुद्धको दिवस: पृष्ठभूमि
बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यबद्धता कायम गर्न कालागि सन् १९९५ देखि हरेक वर्ष विश्व समुदायले विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ । वातावरणीय संरक्षण र दीर्घकालीन भूमि ब्यस्थापन गरी दुई वटा मुख्य बुँदामा पैरवी गर्न यस दिवसको सुरुवात गरिएको हो ।

खडेरी कम गर्न तपाईंको विचारमा सबैभन्दा प्रभावकारी उपाय कुन हो?
खाद्य सुरक्षा देखि वातावरणीय मुद्दाहरू, भू-संरक्षण लगायत विभिन्न कुराहरू यो विशेष दिनले विश्वसमाज माझ निरन्तर प्रकाश पार्ने काम गर्दै आएको छ । खडेरी या मरुभूमि करणको कुरा गर्दाखेरि भौगोलिक परिरस्थितिनुसारका अनेक मानवीय क्रियाकलाप अनि प्रकृतिसँग निरन्तर भई रहने अविवेकी प्रयोग नै २१ औँ शताब्दीमा प्रकृतिले भोग्दै आएको समस्या हो ।
केही हदसम्म खडेरीलाई प्राकृतिक असरका रूपमा पनि व्याख्या गरिएको छ जहाँ स्थानीय मौसममा व्यापक फेरबदल हुन्छ र भूमिको उत्पादक क्षमतामा कमी हुन आई उत्पादनशील भूमि क्रमशः अनुत्पादक हुन थाल्दछन् । यसै गरी अधिकतम भूमिहरू अनुत्पादक भएको भयावह अवस्था नै मरुभूमि करण हो । भूमिमा आश्रित मानव समुदाय, कृषि कार्य, पशु पालन र मुख्य कुरा अन्न उत्पादनमा कमी हुन आई खडेरी र मरुभूमि करणले अन्ततः गरिबी बढाउँदछ ।
मानव जनसङ्ख्याको वृद्धि सँगै पछिल्ला शताब्दीमा भूमिको वितरण, विभाजन अनि उपयोग वास्तवमै दुःखदायी तवरले भएको विश्व मानचित्रका लगभग सबै देशहरू खडेरी र मरुभूमी करणको ढिलो-चाँडो जोखिममा छन् ।
नेपालमा त झन् हामीलाई मलिलो उर्वर खेतबारी भन्दा कङ्क्रिटको जङ्गल ठ्याउन घडेरीको मोहमा वृद्धि हुन थालेको छ । घडेरी जोडेर घर बनाएर बस्नमा हामीले जीत त सम्झन्छौँ तर खेत अनि तिनको उत्पादकत्वले हाम्रो भान्सामा आगो बलेको र पेटको भोक शान्त पार्छ भन्ने कुरा हामीले बुझेर पनि बुझ पचाई रहेका छौँ ?
भूमिको वास्तविक प्रयोग कृषि हो तथापि विश्व मानचित्रमै भू-माफिया र रियल स्टेट व्यापारको वृद्धिसँगै दुर्भाग्यवश भूमिको दुरुपयोग र भू-उपयोगको गलत व्याख्या गर्न थालिएको छ । यसै कारणले नै होला आज विश्व भरिका ८१ करोड मान्छेहरू खाद्यान्न सङ्कटको असरमा छन् । नेपालकै उदाहरण लिउ न, गएका केही दशकहरूमा भूमिको अनुचित प्रयोग, कृषि कार्यमा कमी, पानीको सङ्कट र प्लटीङ्ग गरेर घडेरी बनाउन डाँडा काट्ने, सम्म्याउने अनि कति त्यस्ता जग्गाबिच बाटो बनाउने क्रममा हामीले कति नदीनाला, पोखरी, ताल अनि अन्न उत्पादन हुनसक्ने धर्तीको वली चढाएका छौँ ?
ठुला ठुला हवाईजहाज, कम्प्युटर र मेशिन बनाउन सक्ने प्रयोगशालाले एक चिम्टी माटो आफैले बनाउन सकेको छैन, कतै सुन्नुभएको छ त माटो बनाउने कारखाना ? छैन नि ! स्मरण रहोस् विश्वको सबैभन्दा दुर्लभ र प्राण धान्ने कुराहरू नै माटो, पानी, आकाश, अग्नि र हावा नै हुन । पञ्च तत्त्वका रूपमा वैदिक सनातन संस्कारले यी कुराहरूको संरक्षण कालागि आव्हान गरेको छ ।
यस वर्षको विश्व खडेरी विरुद्धको दिवसको नारा २०२५ ,"Restore the Land, Unlock the Opportunities" भन्ने रहेको छ । भूमिको स्वामित्वमा महिलाहरूको समान अधिकार लाई पैरवी गर्दै लैगिंक समानता र भूक्षय तटस्थताको लक्ष्य सन् २०३० सम्म प्राप्त गर्न यस वर्षको लक्ष्य केन्द्रित छ । जमिनको उत्पादकत्व कम हुन गई एकठाँउबाट अर्को ठाउँमा बसाइसर्ने मान्छेहरूको लर्को पनि संसारले धेरै देखेको छ । जमिनलाई माया गर्न सके जमिनले हामीलाई माया गर्दछ, रुखलाई माया गरौँ अनि माटोको संरक्षणमा ध्यान पुर्याऔं ।
उर्वर जमिनमा लगानी गर्नाले भविष्यले आधार पाउँदछ र जमिनको लगानी भनेको आना र धुर जग्गा किनेर केही समय राखेर घडेरीका रूपमा पुनः फाइदा सहित बेच्नु भने पक्कै हैन । माटोलाई खनिखोस्री रुख रोपी, कृषि गरी अनि खाद्य उत्पादनमा ध्यान दिनु महत्त्वपूर्ण हो । हामीलाई मरुभूमि हैन हरियाली माटो चाहिएको छ, हैन र ?
बादलले पानी बोकेर ल्याएर जमिन सिञ्चित गरिदिओस्, हरियालीले साथ नछोडोस् अनि कङ्क्रिटका घरका साटो हरिया फाँटहरूको प्रशस्त वृद्धि होस् । बादल र जलका धाराबिच एउटा प्रेमील सम्बन्ध छ, जहाँ बादल छन् त्यहाँ जलका धारा बगी रहने छन् अनि जहाँ जलका धारा छन् त्यहाँ हरियालीले साथ छाड्ने छैनन् । माटोमा हरियाली अनि हरियालीमा जीवन अडिएको छ । जय होस् !




News Summary Generated by OK AI. Editorially reviewed. नेपालले श्रीलंकाको कोलम्बोमा भइरहेको बिलि जिन किङ कपको समूह ‘बी’ मा म्यान्मारलाई २–१ ले पराजित गर्यो। अजय विष्टले जनाएका छन् कि नेपालकी शिभ...
काठमाडौँ । स्कटल्याण्डको घरेलु मैदानमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको मंगलबार भएकाे दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गर्दै जित निकालेको छ। बलरहरूको उत्कृष्ट प्र...

काठमाडौं । सर्वोच्च अदालतले बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राखी संरक्षण गर्न परमादेश जारी गरेको छ । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्माको घरबाट महानगरपालिकाले उद्धार गरेकी उर्मिला चौधरीको हकमा...
काठमाडौँ- नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ । त्रिकोणात्मक टी-२० श्रृङ्खला अन्तर्गत आज स्कटल्याण्डमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको हो । स्कटल्याण्डले दिएको ९८ रन...

अदानचुली (हुम्ला)। सिमकोट गाउँपालिका–४ स्थित बुराउसेमा माटोको ढिस्को खस्दा घाइते भएकी सुवित्रा विकको उपचारको क्रममा मृत्यु भएको छ।
काठमाडौं : नेपालले स्कटल्यान्डमाथि १२ वर्षपछि जित निकालेको छ। स्कटल्यान्डमा जारी त्रीदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको हो। सन् २०१३ पश्चात नेपालले प...
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले घरेलु टोलीमाथि २ विकेटको जित निकालेको छ । स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्यो...

संगीतकार, साहित्यकार तथा गायक गणेश रसिकको निधन नेपाली सिर्जना क्षेत्रका लागि दर्बिलो खम्बाको अवसान भएको इलामका कलाकर्मीले बताएका छन्। उनको स्मरणमा आयोजित श्रद्धाञ्जली सभाका व्यक्तित्वले रसिकजस्तो ब...