ज्योतिषहरू
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
राशीफल
असार कृष्ण षष्ठी
विश्व खडेरी विरुद्ध संघर्ष दिवस
विशेष अडियो सामग्री
प्रकृति अनुसार हामी चल्न जरुरी
हामी बसेको संसार र सृष्टिमा प्रकृति नै सबैभन्दा विशाल, अद्भुत-अद्वितीय कुरा हो । प्रकृतिलाई हामीमध्ये कसैले पनि आफ्नो बसमा राख्न सम्भव छैन तर प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी त्यसको जर्गेना गरी भावी पुस्ता कालागि यसका असीम सम्भावना तथा निर्विकल्प महत्त्वको ज्ञान हस्तान्तरण गरेर यसको संरक्षण गर्न सक्दछौँ । एउटा कुरा प्रस्ट छ! प्रकृति हामी अनुसार चल्दैन, प्रकृति अनुसार हामी चल्न जरुरी छ ।
विश्व खडेरी विरुद्धको दिवस: पृष्ठभूमि
बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यबद्धता कायम गर्न कालागि सन् १९९५ देखि हरेक वर्ष विश्व समुदायले विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ । वातावरणीय संरक्षण र दीर्घकालीन भूमि ब्यस्थापन गरी दुई वटा मुख्य बुँदामा पैरवी गर्न यस दिवसको सुरुवात गरिएको हो ।

खाद्य सुरक्षा देखि वातावरणीय मुद्दाहरू, भू-संरक्षण लगायत विभिन्न कुराहरू यो विशेष दिनले विश्वसमाज माझ निरन्तर प्रकाश पार्ने काम गर्दै आएको छ । खडेरी या मरुभूमि करणको कुरा गर्दाखेरि भौगोलिक परिरस्थितिनुसारका अनेक मानवीय क्रियाकलाप अनि प्रकृतिसँग निरन्तर भई रहने अविवेकी प्रयोग नै २१ औँ शताब्दीमा प्रकृतिले भोग्दै आएको समस्या हो ।
केही हदसम्म खडेरीलाई प्राकृतिक असरका रूपमा पनि व्याख्या गरिएको छ जहाँ स्थानीय मौसममा व्यापक फेरबदल हुन्छ र भूमिको उत्पादक क्षमतामा कमी हुन आई उत्पादनशील भूमि क्रमशः अनुत्पादक हुन थाल्दछन् । यसै गरी अधिकतम भूमिहरू अनुत्पादक भएको भयावह अवस्था नै मरुभूमि करण हो । भूमिमा आश्रित मानव समुदाय, कृषि कार्य, पशु पालन र मुख्य कुरा अन्न उत्पादनमा कमी हुन आई खडेरी र मरुभूमि करणले अन्ततः गरिबी बढाउँदछ ।
मानव जनसङ्ख्याको वृद्धि सँगै पछिल्ला शताब्दीमा भूमिको वितरण, विभाजन अनि उपयोग वास्तवमै दुःखदायी तवरले भएको विश्व मानचित्रका लगभग सबै देशहरू खडेरी र मरुभूमी करणको ढिलो-चाँडो जोखिममा छन् ।
नेपालमा त झन् हामीलाई मलिलो उर्वर खेतबारी भन्दा कङ्क्रिटको जङ्गल ठ्याउन घडेरीको मोहमा वृद्धि हुन थालेको छ । घडेरी जोडेर घर बनाएर बस्नमा हामीले जीत त सम्झन्छौँ तर खेत अनि तिनको उत्पादकत्वले हाम्रो भान्सामा आगो बलेको र पेटको भोक शान्त पार्छ भन्ने कुरा हामीले बुझेर पनि बुझ पचाई रहेका छौँ ?
भूमिको वास्तविक प्रयोग कृषि हो तथापि विश्व मानचित्रमै भू-माफिया र रियल स्टेट व्यापारको वृद्धिसँगै दुर्भाग्यवश भूमिको दुरुपयोग र भू-उपयोगको गलत व्याख्या गर्न थालिएको छ । यसै कारणले नै होला आज विश्व भरिका ८१ करोड मान्छेहरू खाद्यान्न सङ्कटको असरमा छन् । नेपालकै उदाहरण लिउ न, गएका केही दशकहरूमा भूमिको अनुचित प्रयोग, कृषि कार्यमा कमी, पानीको सङ्कट र प्लटीङ्ग गरेर घडेरी बनाउन डाँडा काट्ने, सम्म्याउने अनि कति त्यस्ता जग्गाबिच बाटो बनाउने क्रममा हामीले कति नदीनाला, पोखरी, ताल अनि अन्न उत्पादन हुनसक्ने धर्तीको वली चढाएका छौँ ?
ठुला ठुला हवाईजहाज, कम्प्युटर र मेशिन बनाउन सक्ने प्रयोगशालाले एक चिम्टी माटो आफैले बनाउन सकेको छैन, कतै सुन्नुभएको छ त माटो बनाउने कारखाना ? छैन नि ! स्मरण रहोस् विश्वको सबैभन्दा दुर्लभ र प्राण धान्ने कुराहरू नै माटो, पानी, आकाश, अग्नि र हावा नै हुन । पञ्च तत्त्वका रूपमा वैदिक सनातन संस्कारले यी कुराहरूको संरक्षण कालागि आव्हान गरेको छ ।

यस वर्षको विश्व खडेरी विरुद्धको दिवसको नारा २०२५ ,"Restore the Land, Unlock the Opportunities" भन्ने रहेको छ । भूमिको स्वामित्वमा महिलाहरूको समान अधिकार लाई पैरवी गर्दै लैगिंक समानता र भूक्षय तटस्थताको लक्ष्य सन् २०३० सम्म प्राप्त गर्न यस वर्षको लक्ष्य केन्द्रित छ । जमिनको उत्पादकत्व कम हुन गई एकठाँउबाट अर्को ठाउँमा बसाइसर्ने मान्छेहरूको लर्को पनि संसारले धेरै देखेको छ । जमिनलाई माया गर्न सके जमिनले हामीलाई माया गर्दछ, रुखलाई माया गरौँ अनि माटोको संरक्षणमा ध्यान पुर्याऔं ।
उर्वर जमिनमा लगानी गर्नाले भविष्यले आधार पाउँदछ र जमिनको लगानी भनेको आना र धुर जग्गा किनेर केही समय राखेर घडेरीका रूपमा पुनः फाइदा सहित बेच्नु भने पक्कै हैन । माटोलाई खनिखोस्री रुख रोपी, कृषि गरी अनि खाद्य उत्पादनमा ध्यान दिनु महत्त्वपूर्ण हो । हामीलाई मरुभूमि हैन हरियाली माटो चाहिएको छ, हैन र ?
बादलले पानी बोकेर ल्याएर जमिन सिञ्चित गरिदिओस्, हरियालीले साथ नछोडोस् अनि कङ्क्रिटका घरका साटो हरिया फाँटहरूको प्रशस्त वृद्धि होस् । बादल र जलका धाराबिच एउटा प्रेमील सम्बन्ध छ, जहाँ बादल छन् त्यहाँ जलका धारा बगी रहने छन् अनि जहाँ जलका धारा छन् त्यहाँ हरियालीले साथ छाड्ने छैनन् । माटोमा हरियाली अनि हरियालीमा जीवन अडिएको छ । जय होस् !

Liked by: