नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

अन्तर्राष्ट्रिय परिवार दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
अन्तर्राष्ट्रिय परिवार दिवस कहिलेबाट मनाउन थालियो ?
सन् १९९३ वाट मे १५ लाई परिवार दिवसका रूपमा संयुक्त राष्ट्रसङ्घको आव्हान अनुरूप मनाइन थालिएको हो । यस दिनले परिवारसँग सम्बन्धित मुद्दाहरूको जागरूकता बढाउन र परिवारलाई असर गर्ने सामाजिक,आर्थिक र जनसाङ्ख्यिक प्रक्रियाहरूको ज्ञान बढाउने अवसर प्रदान गर्दछ।
किन मनाइन्छ अन्तर्राष्ट्रिय परिवार दिवस ?
बिस्तारै विकासक्रमले संयूक्त परिवारलाई क्रमशः एकल परिवारमा रुपान्तरण र प्रतिस्थापित गरेको भएतापनि परिवारको स्वरुप जेजस्तो होस् तर पारिवारीक मुल्य मान्यता भने आँउदो पुस्ताकालागी अत्यन्त जरुरी पाठ हो । प्रारम्भीक वाल्यकाल शिक्षा र वालवालिका र यूवा मैत्रि पारिवारीक वातावरणको वकालत गर्दै आज विश्व भरि परिवार दिवस मनाईन्छ ।
"सन् २०२६ को अन्तर्राष्ट्रिय परिवार दिवसको नारा 'परिवार, असमानता र बालबालिकाको कल्याण' (Families, Inequalities and Child Wellbeing) तय गरिएको छ। यस वर्षको नाराले आर्थिक, सामाजिक र शैक्षिक असमानताका कारण बालबालिकाको स्वास्थ्य, शिक्षा, मानसिक अवस्था र समग्र विकासमा पर्ने नकारात्मक प्रभावलाई विशेष जोड दिएको छ। एक सुरक्षित, सहयोगी र समान अवसरयुक्त पारिवारिक वातावरणले मात्र बालबालिकाको भविष्य उज्ज्वल बनाउन सक्छ। त्यसैले, हरेक बालबालिकाका लागि समान अवसर सुनिश्चित गर्नु आजको आवश्यकता हो ।"

तपाईंलाई के लाग्छ, आजका बालबालिकाले पारिवारिक मूल्य सिकिरहेका छन्?
आजको दिनले परिवारमा संरक्षकको भुमिकालाई पनि ब्याख्या गर्दछ चाहे संरक्षकका रुपमा बूवा, आमा, हजुरबूवा, हजूरआमा या दाईदिदीनै किन नहुन् । यसका साथै परिवार र कार्य सन्तुलन वातावरण, सकारात्मक पारिवारिक ब्यबहार अनि अन्तरपुस्ता संबादका वारेमा पनि चर्चा र जागरण फैलाउदछ, आजको दिनले । ब्यक्तिहरु मिलेर बनेको परिवार अनि परिवारहरु मिलेर बनेको समाज अनि समाजहरु मिलेर बनेको देश, आजको दिनले देशको समग्र परिवर्तनमा परिवारको भुमिका अनि त्यसबाट संसारको रुपान्तरणको पैरवी गर्दछ परिवारले कहिलेकाँही हामीलाई संकुचित पनि बनाँउदछ, परिवार र समुदायमा मात्र सिमीत नभईकन समग्र विश्वभरिका परिवार र मान्छेलाई नै विश्वबन्धुत्वको भावनाले हेर्न पनि आजको दिनले सन्देश दिन्छ । आजको विश्वका हरेक परिवारलाई समावेशीपना को आवश्यक्ता छ, समावेशी भएर हरेक वर्ग, धार, जात, धर्म या सोचका सदस्यलाई वृहत रुपमा स्वीकार गर्न सक्नु आजको परिवारको आवश्यक्ता पनि त हो । समावेशी परिवारका लागि पारिवारीक शिक्षा पनि अत्यन्त महत्वपूर्ण हुन्छ, आजका दिन संसारभरि विभिन्न रेडियो कार्यक्रम, गोष्ठी, टीभी कार्यक्रम, कार्यशाला, सास्कृतीक कार्यक्रम गर्दै परिवारको महत्व झल्काउने काम गरिन्छ ।
नेपाली परिवार
नेपालमा पनि क्रमशः वढ्दो आधुनीकता अनि विकासक्रम सँगै पारिवारीक मुल्य, मान्यता र अवधारणाहरु घट्दै गएका छन् र त्यसमाथी अहिले परिवारका मुल ब्यक्तिहरु जिविकोपार्जनकालागी विदेश जाने क्रम वढ्दा्े भएपछि परिवार र सामाजिक भावनामा नकारात्मक असर पर्न थालेको छ । यो विषम परिस्थितीमा पारिवारीक मुल्य, अपनत्व, सदभावना, एकता अनि समानता हामीसबैले बुझ्न जरुरी छ । परिवार, समाज अनि देशको स्वरुप हरेक यूगमा परिवर्तन हुँदै आएको छ। आफ्नो परिवारको सोच अनि आदर्शलाई फराकिलो पार्दे जिवन वाँच्नुको परिवेश ठूलो पार्न सकौँ । चाहिने कुरामा सबै सदस्यको मान रहोस्, अनावश्यक कुरामा परिवारभित्र कोहीसँग कोही नडराओस्, बैमनस्यता नहोस् अनि प्रजातन्त्र परिवार भित्रपनि कायम होस् । सबै बूवा, आमा, दाजुभाई, दिदिवहीनीमा शुभकामना , विश्व परिवार दिवसको


सिथि चःह्रे
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
चःह्रे अर्थात चतुर्दशी
सिथि चःह्रे अर्थात चतुर्दशी जेष्ठ चर्तुदशी पर्दछ । यस दिन नेवा: समुदायले सिथि चःह्रेको पूजा अर्चना गर्ने चलन छ । बछलाथ्व महिनाको चर्तुदशीमा पर्दछ, चर्तुदशीलाई नै नेपालभाषामा चःह्रे भनिन्छ अनि आज सिथि चःह्रे हो । आजको दिन घरघरमा पूजा गर्ने चलन हुन्छ, यस दिन सिथि अर्थात शिवका छोरा कुमार कार्तिके को पुजा गर्ने गरिन्छ । कुमारलाई मात्र पुजा नगरी अन्य देवताहरुको पनि पुजा र अर्चना गरिन्छ ।
सिथि चःह्रे को घोतक
आजको दिन आँउदै गरेको सिथि चःह्रे को घोतक पनि हो भने क्रमश बैशाखबाट शुरु भएको नयाँ वर्ष, जात्रा, उत्साह, उत्सर्ग अनि चाडहरुको शृंखलालाई सिथि चःह्रे ले शंखनाद गरेको मान्न सकिन्छ ।


वृष संक्रान्ति
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
वृष संक्रान्ति
हरेक महिनाको प्रथम दिन सङ्क्रान्ति हरुको वास्तवमा दान अनि पुण्यका हिसाबले महिमा धेरै रहन्छ र हरेक सङ्क्रान्ति को यसै हिसाबले धेरै महत्त्वपूर्ण रहेको लाकोक्तिहरु छन् । बिहान बिहान राशि चक्रअनुसार टिभी या रेडिया, मोबाइल या पत्रिकामा राशिफल चाल पाउँदा सर्वप्रथम मेष अनि वृष हुँदै मीन राशिसम्म पुगेर १२ वटा राशिका फलहरू अन्त्य हुन्छ र यी राशि चक्र महिनासँग समबन्धीत हुन्छन् ।
के हो वृष सङ्क्रान्ति ?
राशि चक्र महिनासँग समबन्धीत हुन्छन्, यसर्थमा आज सूर्य मेष अर्थात् पहिलो राशिबाट वृष अर्थात् दोस्रो राशिमा प्रवेश गर्दै छ ।सौर्य मान अनुसार सूर्य वृष राशिमा प्रवेश गर्ने हुनाले वृष सङ्क्रान्ति भनिएको हो । यस वर्षको वृष सङ्क्रान्तिमा हामी सबैलाई स्वागत छ । ज्येष्ठ महिनाको गर्मी, टड्कारा घामका किरण, छिनछिनकै पानी अनि बाक्ला काला बादलहरू लगायत पश्चिमी हावाहरू खप्न र रमाउन तैयार हुनुहुन्छ नि ?
जेठ अथवा ज्येष्ठ जे भनेपनि यो महिना भनेँ बडो गज्जबको महिना हो, असारका रोपाँईका लागी धानका बिउहरू छरिने, खेतलाई जोत्ने चाँजोपाँजो मिलाउने र वर्खायामको तैयारी गर्नका लागी जेठ महत्पूर्ण छ। चिचिला लागेका भोगटे, मज्रिदै गरेका आँपमा चिचिलाहरू, बाँसका कलिला मुनाहरू अनि छिपछिपे पानीमा मारिएका ससाना असला माछाहरूको चटनी । रहरलाग्दो यस महिनाको शुभकामना ।





काठमाडौं । यस वर्षको मनसुनका कारण देशभर ५१ हजार ८६८ घरधुरी प्रभावित हुने अनुमान गरिएको छ। सरकारी निकायहरूले सार्वजनिक गरेको प्रारम्भिक आकलनअनुसार मनसुनजन्य विपद्बाट करिब २ लाख २६ हजार ६६१ व्यक्ति ...

राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोटमा शुक्रबार दुई ईभी गाडी एक आपसमा ठोक्किँदा बाठ जना घाइते भएका छन् । कपुरकोट आधारभूत अस्पतालका अनुसार अपहरान्ह सल्यानबाट दाङतर्फ गइरहेको बाग्मती प्रदेश १–०...

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ले शुक्रबार इरानको युएईमाथिको आक्रमणलाई न्यायोचित ठहराउने प्रयास स्वरूप युद्धमा युएईको संलग्नता रहेको भन्ने दाबीलाई युएईले खण्डन गरेको छ । अमेरिकी विदेश मन्त...

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहत निकायमा रिक्त पदमा पदपूर्ति, नियुक्ति र मनोनयनका लागि रोष्टर सूचीमा नाम सूचीकृत गर्न आह्वान गरेको छ । मन्त्रालयका प्रवक्ता, सहसचिव ज...
निश्चललाई आरम्भ संस्कार विद्यालयको सम्मान काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक जित्न सफल निश्चल थापा क्षेत्रीलाई गोल्कुपाखास्थित आरम्भ संस्कार विद्यालयले शुक...

सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलास...

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिम ब...

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तथ्य र तथ्याङ्कमा आधारित पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन्। प्रेस रजिष्टारको कार्यालय गण्डकी प्रदेशको आयोजनामा सञ्चालित आ...