मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

विश्व बालश्रम विरुद्ध दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
के हो त बालश्रम?
शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने “बालश्रम” बालबालिकाले अपरिपक्व उमेरमा गर्ने शारीरिक अथवा मानसिक श्रम हो । बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्ने, स्कुल जान पाउने जस्ता बालबालिकाको हक अधिकारमा अवरोध पुग्ने नियमित कामहरूमा यदि बालबालिका संलग्न हुन्छन् या संलग्न गराइन्छ भने त्यसलाई बालश्रम भनिन्छ ।

बालश्रममा संलग्न बालबालिकालाई सहयोग गर्ने सबैभन्दा प्रभावकारी उपाय के हो?
“विश्व बाल श्रम विरुद्धको दिवस”को उद्देश्य
“विश्व बाल श्रम विरुद्धको दिवस”को प्रमुख उद्देश्य विश्वव्यापी स्तरबाटै बाल श्रम हटाउनका लागि आवश्यक कार्य र प्रयासहरूमा सरोकारवालाहरूको ध्यान केन्द्रित गर्नु हो। हरेक वर्ष १२ जुनमा, विश्व बाल श्रम विरुद्धको दिवसले सरकार, रोजगारदाता, श्रमिक सङ्गठनहरू, नागरिक समाज साथै विश्वभरका लाखौँ मानिसहरूलाई बाल श्रमिकहरूको दुर्दशा र उनीहरूलाई मद्दत गर्न के गर्न सकिन्छ भनेर प्रकाश पार्नको लागि यो दिवस मनाइन्छ ।
नेपालमा बालश्रम
बालश्रम हरेक वर्ष लगभग एक लाखको दरले घट्दै गए पनि नेपालमा अझै पनि (५ देखि १७ वर्ष) सम्मका १० लाख भन्दा धेरै बालबालिका बालश्रममा छन् भन्ने अनुमान छ। तीमध्ये लाखौँ बालबालिका जोखिमपूर्ण काममा पनि संलग्न छन्। नेपालमा कुल बाल श्रमको ८५ प्रतिशतभन्दा बढी कृषि क्षेत्रले ओगट्छ। सन् १९९० मा नेपालले संयुक्त राष्ट्र सङ्घको बाल अधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर बाल अधिकार प्रति आफ्नो प्रतिबद्धता त जाहेर गरेको छ तर कार्यान्वयन पक्ष सोचेजस्तो सफल हुन सकेको छैन ।
यसका अलावा मानव अधिकार तथा ओसारपसार नियन्त्रण ऐन २००७, नागरिक अधिकार सम्बन्धी ऐन १९९५, बालबालिका सम्बन्धी ऐन १९९२, बालश्रम प्रतिबन्ध तथा नियमित ऐन २००० र कमैया श्रम ऐन २००२ ले नेपालमा बालश्रमलाई अवैध मान्दै बाल अधिकारलाई सुनिश्चित गरेको छ । सबै ऐन, कानुनहरू र महासन्धिहरूको अक्षरशः पालना होस् । बालश्रम जरैबाट उखेल्न नेपाल सक्षम होस् । शुभकामना ।


प्रदोष व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।





सार्वजनिक सुरक्षा, सामाजिक जिम्मेवारी र सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश प्रहरी कार्यालयले तीन दिने सचेतनामुलका कार्यक्रम गर्ने भएको छ । रुपन्देहीका फरक–फरक स्थानमा तीनवटा विश...
काठमाडौँ । बिहीबार नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलमा रेफ्रीले ह्विस्सल बजाएसँगै फुटबलको महाकुम्भ सुरु भएको छ । ४८ टोली, १०४ खेल र ३९ दिनको रोमाञ्चक यात्रापछि ...

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–६ को बराइमा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । सडक खन्ने क्रममा बिहीबार राति स्काभेटर पल्टिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहर...

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयन प्रक्रिया अन्तर्गत अधिकांश पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएका छन् । इप्पानको विधान अनुसार वर्तमान वरिष्ठ उपाध...

काठमाडौँ । नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ। गृहमन्त्रालयले शुक्रबार राति डीआईजीहरूक् सरुवा गरेको हो। सरुवा अनुसार ओम अधिकारीलाई मधेस प्रदेश प्रहरी कार्यालय...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष पाँच वटा अभौतिक सांस्कृतिक सम्पदालाई राष्ट्रिय सूचीकरण गरेको छ । माझी समुदायले अभ्यास गर्ने लदी पूजा, मगर समुदायले मनाउने भूमे पर्व, मध्यपुर थ...
काठमाडौं । अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव तथा फिफा विश्वकप २०२६ को उत्साहलाई मनाउने उद्देश्यसहित अमेरिकी दूतावासको आयोजनामा ‘गोल युएसए २०२६ फाइनल्स’ सम्पन्न भएको छ । यो कार्यक्रम विराटनग...

काठमाडौं। नेपाली औषधि उद्योगका लागि गौरवको विषय बनेको छ। नेपाली औषधि उत्पादक कम्पनी म्याग्नस फर्मा प्रालि ले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित क्वालिटी अचिभमेन्ट अवार्ड २०२६ प्राप्त गरेको छ। गुणस...