२०८३ जेठ २९ का समाचार
जून १२, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
तस्बिरमा फिफा विश्वकप २०२६ को उद्घाटन समारोह
काठमाडौँ । फुटबल इतिहासकै सबैभन्दा ठुलो मेला ‘फिफा विश्वकप २०२६’ को मेक्सिकोस्थित ऐतिहासिक एस्टेका रङ्गशालामा भव्य सुरुवात भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा सुरु भएको यस प्रति...

उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी
मध्यपूर्व युद्धका कारण विश्वले सामना गरेको आर्थिक समस्याका बाबजुद पनि बङ्गलादेशका अर्थमन्त्रीले बिहीबार देशको अहिलेसम्मकै ठूलो बजेट सार्वजनिक गरेका छन्।

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर ‘रियल–टाइम’ रेमिट्यान्स सेवाको सुरुवात
काठमाडौं – नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फण्ड ट्रान्सफर सम्झौतासँगै एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एप “EBL Touch 24” मार्फत नेपाल र भारतबीच ‘रियल–टाइम’ क्रस–बोर्डर (P2P) रेम...

सोफिया तामाङ बनिन् टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ की विजेता
काठमाडौं – सोफिया तामाङले टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ को उपाधि जितेकी छन्। काठमाडौंस्थित नेपाल पुलिस क्लब हल, भृकुटीमण्डपमा आयोजित ग्राण्ड फिनाले कार्यक्रममा उनले उत्कृष्ट प्रदर्शन...

लिफ्टिङ सिँचाइले उत्पादनमा वृद्धि
हुम्ला – हुम्लाको तराईका रूपमा परिचित सर्केगार्ड गाउँपालिका– १ को तुम्चको खेतीयोग्य जमिनमा उत्पादन वृद्धि हुन थालेको छ। कर्णाली नदीको पानीलाई पहिलो पटक लिफ्टिङ प्रणालीमार्फत सिँचाइ गर्न थालिएपछि उत...

सेनाद्वारा निर्मित हेलिप्याड अदानचुली गाउँपालिकालाई हस्तान्तरण
हुम्ला – शत्रुभञ्जन गुल्म रानीवनले अदानचुली गाउँपालिकाका तीन वटा वडाका स्थानीयलाई पायक पर्ने गरी निर्माण गरेको हेलिप्याड हस्तान्तरण गरेको छ। उक्त वडाका वस्तीका स्थानीय बिरामी पर्दा र विपदको समयमा र...
लागुऔषधसहित दुई जना पक्राउ
माेरङ – विराटनगरको ट्राफिक चौकबाट प्रहरीले दुई जनालाई लागुऔषधको कारोबार गर्दै गर्दा पक्राउ गरेको छ।
विश्वकप फुटबल: दक्षिण कोरियालाई दुई दशकपछि फर्किएको चेकको चुनौती
विश्वकप २०२६ को समूह ‘ए’ अन्तर्गत शुक्रबार बिहान ७:४५ मा एसियाली दाबेदार दक्षिण कोरिया विश्वकपमा २ दशकपछि फर्किएको चेक रिपब्लिकको सामना गर्दै छ।

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा
महेन्द्रनगर – यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा सुरु गरेका छन्।

कर्णाली करिडोरको धुलाचौर बन्द गर्नेलाई कारबाही माग
हुम्ला – कर्णाली करिडोरको बाजुरा खण्डको धुलाचौर बन्द गर्नेलाई कारवाहीको माग गरिएको छ। सडक बन्दका कारण १९ घण्टादेखि यात्रुहरू धुलाचौरमा अलपत्र परेको बन्दै उनीहरूलाई आफ्नो गन्तव्यतर्फ जाने व्यवस्था ग...

मालपोत कार्यालयमा कागजात जोगाउनै कठिन
हुम्ला – जिल्लाभरका स्थानीयका जग्गासम्बन्धी पुराना आवश्यक कागजात असुरक्षित अवस्थामा जिल्ला मालपोत कार्यालयमा राखिएका छन्। कपडामा बाँधेर जस्तापाताले छापेको घरको माथिल्लो छतमा राखिएका कारण दिउँसो गर...

ज्ञानकुप, विद्याकुप र शतानन्दकुप : आस्था, इतिहास र लोकविश्वासको सङ्गम
महेन्द्रनगर (धनुषा) – मिथिलाको धार्मिक, सांस्कृतिक तथा शैक्षिक इतिहाससँग जोडिएको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय परिसरमा रहेका तीन प्राचीन कूप (इनार) यति...

जापानले फुकुसिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु
पानी भण्डारण ट्याङ्कीमा ‘भल्भ’ बिग्रिएको हुनसक्ने प्रक्षेपणपछि पहिले नै समस्याग्रस्त मानिएको फुकुशिमा दाइची आणविक ऊर्जा केन्द्रबाट आणविकरूपमा दूषित फोहोर पानी समुद्रमा छोड्ने काम बिहीबार दिउँसो फेर...
भव्य उद्घाटनसँगै विश्वकप सुरु, तस्बिरमा हेर्नुहोस्
उत्तर अमेरिकाको मेक्सिको सिटीस्थित ऐतिहासिक 'इस्टाडियो एस्टेका' रङ्गशालामा फिफा विश्वकप २०२६ को औपचारिक उद्घाटन भएको छ। नेपाली समयअनुसार बिहीबार राति मेक्सिको र दक्षिण अफ्रिकाबीचको पहिलो खेल हुनुअ...
मेक्सिको र दक्षिण अफ्रिकाको सुरुवाती-११ सार्वजनिक
विश्वकप २०२६ को उद्घाटन खेलका लागि सह-आयोजक मेक्सिको र दक्षिण अफ्रिकाले आ-आफ्नो सुरुवाती ११ घोषणा गरेका छन्। मेक्सिको सिटीमा नेपाली समयअनुसार पौने १ बजे हुने यस प्रतिक्षित भिडन्तका लागि दुवै टोलील...

काम नगर्ने ३८ जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले काम नगर्ने ३८ जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस गरेको छ । सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजनाअनुसार ऊर्जा मन्त...

एउटा ब्याच नम्बरबाहेक अन्य उत्पादन सुरक्षित रहेको यशोदा फुड्सको स्पष्टोक्ति
काठमाडौँ । यशोदा फुड्स प्रा.लि.ले आफ्नो उत्पादन ‘करेन्ट हट एण्ड स्पाइसी’ (१०० ग्राम) को एउटा ब्याच नम्बरबाहेक अन्य सबै उत्पादनहरू उपभोग र बिक्रीका लागि पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ । ...
कस्ताे छ मेक्सिको सिटीकाे माैसम ?
काठमाडौँ । फिफा विश्वकप २०२६ को उद्घाटन खेल हुने मेक्सिको सिटीमा दिउँसोको मौसम केही वर्षातयुक्त र न्यानो रहने देखिएको छ । मौसम पूर्वानुमान अनुसार खेलको समयमा हल्का वर्षा हुने सम्भावना भए पनि तापक्...
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिका मैदानमा, घन्कियो राष्ट्रिय गान
काठमाडौँ । फिफा विश्वकप २०२६ को पहिलो तथा उद्घाटन खेलका लागि आयोजक मेक्सिको र दक्षिण अफ्रिकाका खेलाडीहरू मैदानमा प्रवेश गरेका छन् । ऐतिहासिक एस्टेका रङ्गशालामा अहिले खेल सुरु हुनुअघिको औपचारिक प्रक...
क्विनोनेसको गोलमा आयोजक मेक्सिकोलाई सुरुवाती अग्रता
काठमाडौँ । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध १द्द० को सुरुवाती अग्रता लिएको छ। मेक्सिकोका लागि जुलियन क्विनोनेसले गोल गर्दै टोलीलाई ऐतिहासिक अग्रता दिलाएका ह...
फिफा विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध मेक्सिकोले लियो अग्रता
२९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध मेक्सिकोले सुरुवाती अग्रता लिएको छ । मेक्सिकोको एज्टेका रंगशालामा जारी खेलमा घरेलु टोलीले खेलको नवौं मिनेटमा अग्रता लिएको ...

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते
पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ । बसले इस्लामाबाद–मुर्री एक्सप्रेसवेमा खाजोट क्षेत्र नजिकै मोडमा नियन्त्रण गुमाएर दुर्घटना भएको उल्लेख ...
पहिलो हाफ सकिँदा आयोजक मेक्सिको १–० ले अगाडि
काठमाडौँ। फिफा विश्वकप २०२६ को उद्घाटन खेलको पहिलो हाफ सकिँदा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध १–० को अग्रता बनाएको छ । मेक्सिको सिटीस्थित एस्टेका रङ्गशालामा जारी खेलको ९ औँ मिनेटमा जुलियन क...
विश्वकप २०२६ को पहिलो ‘रेड कार्ड ’: दक्षिण अफ्रिकाका याया सिथोले मैदान बाहिर
काठमाडौँ । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई ठुलो झट्का लागेको छ । आयोजक मेक्सिकोविरुद्धको खेलमा दक्षिण अफ्रिकाका मिडफिल्डर याया सिथोलेले ‘रेड कार्ड’ पाएका छन् । खेलको ५०औँ मिने...

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु
ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक जहाजमा सवार तीन भारतीय नाविकको मृत्यु भएको भारतका जल यातायात मन्त्री सर्वानन्द सोनोवालले पुष्टि गर्नुभएको छ । उक्त घटनाले भारतीय चालक दलक...
राउल जिमिनेजको गोलमा आयोजक मेक्सिकोको अग्रता दोब्बर
काठमाडौँ । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध २–० को बलियो अग्रता लिएको छ । खेलको ६७औँ मिनेटमा स्टार स्ट्राइकर राउल जिमिनेजले गोल गर्दै घरेलु टोलीको अग्रता दो...
दक्षिण अफ्रिकालाई थप संकट, थेम्बा ज्वानले पाए टोलीको दोस्रो रातो कार्ड
काठमाडौँ । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिका थप संकटमा परेको छ । खेलको ८२ औँ मिनेटमा दक्षिण अफ्रिकाका मिडफिल्डर थेम्बा ज्वान रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका छन् । यो सँगै दक्षि...
उद्घाटन खेलमा आयोजक मेक्सिको सुखद सुरुवात विजयी
काठमाडौँ। फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले विजयी सुरुवात गरेको छ । मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टेका रङ्गशालामा शुक्रबार बिहान भएको खेलमा दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराज...
फिफा विश्वकपको उद्घाटन खेलमै ३ खेलाडीलाई रातो कार्ड
२९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमै ३ खेलाडीले रातो कार्ड पाएका छन् । मेक्सिकोको एज्टेक रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई हराउँदै विजयी सुरुवात गर्दा ३ ...

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन
भोजपुर । यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना सुरु गरिएको छ । बस्तीभन्दा करिब चार सय मिटर तल रहेको मुहानबाट पा...
मेक्सिकोले विश्वकप २०२६ मा विजयी सुरुवात गरेको खेलमा तीन खेलाडीले पाए रातो कार्ड
विश्वकप २०२६ को सह-आयोजक मेक्सिकोले प्रतियोगितामा उत्साहजनक सुरुवात गरेको छ। मेक्सिको सिटी स्टेडियममा उपस्थित हजारौँ दर्शकमाझ जुलियन क्विनोनेस र राउल जिमिनेजले गोल गरेपछि मेक्सिकोले दक्षिण अफ्रिका...
विश्वकप उद्घाटन खेलमा मेक्सिकोको सहज जित, तीन खेलाडीलाई रातो कार्ड
काठमाडौं। सह–आयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुआत गरेको छ। खेलमा कुल तीन खेलाडीले रातो कार्ड पाए। उत्कृष्ट प्रदर्शन ग...

यमनको सैन्य शिविरमा विस्फोट, १२ जना सैनिकको मृत्यु
यमनको दक्षिणी बन्दरगाह शहर एडेनको सैन्य शिविरमा बिहीबार भएको शक्तिशाली विस्फोटका कारण १२ जना सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । एक सुरक्षा अधिकारीले नाम न छाप्ने सर्तमा एड...
३३ समाचार देखाइएको