मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

निर्जला एकादशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
गीतासार
गीतामा भगवान् श्री कृष्ण स्वयम भन्नुहुन्छ कि
पत्रं पुष्पं फलं तोयं यो में भक्त्या प्रयच्छति। तदहं भक्त्युपह्रतमश्रामि प्रयतात्मनस्।।
अर्थात् निस्वार्थ भावनाले भक्तिपूर्वक अर्पण गरिएको फल, पुष्प, जल आदिको म केही नसोची सहजै स्वीकार गर्दछु । यिनै भगवान् श्री कृष्णको नाम लिएर यस वर्षको निर्जला एकादशीको महिमा गान अघि बढाउन चाह्यौँ, कृष्णाअर्पणम ।
निर्जला एकादशीको महत्त्व
यस एकादशी महत्त्वपूर्ण आयामहरू बोकेर आएको छ, यस दिनमा तुलसीका दानाहरूलाई जमिनमा छर्ने चलन हुन्छ, कतिले तुलसीको मोठको माटोमा नै तुलसीका दानाहरू अर्थात् मञ्जरीहरू छर्दछन् भनेँ कतिले चाहिँ जमिनमा सफा पारेर माटो फुरुरु बनाएर तुलसी छर्दछन् । यस दिन छरिएका तुलसीहरूको अङ्कुरण भएपछि ती बिरुवाहरूलाई पछि ठुली एकादशीमा रोप्ने गरिन्छ । हरिको जयजयकार मनाउँदै आज यस एकादशीको भव्य स्मरण गरिन्छ ।

निर्जला एकादशीको दिन तपाईं प्रायः के गर्नुहुन्छ?
वर्षभरिका एकादशीहरूमा आफ्नै प्रकारको विशेषता भएको निर्जला एकादशीको महिमा आफ्नै प्रकारको अनि विशिष्ट छ । निर्जला अर्थात् जल बिनाको एकादशी, यस एकादशीलाई जल बिना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ । जल नै नलिने भएपछि खाना या फलाहारको त कुरै भएन, नितान्त रूपमा भोकै अनि पवित्र मनले यस एकादशीमा चित्त अनि शरीरका हरेक अवयवहरूमा सकारात्मक ऊर्जा र शक्ति सञ्चार गर्ने चलन रहन्छ । यस एकादशीलाई पाण्डव एकादशी अनि भीम एकादशी पनि भनिएको पाइन्छ, आउनुहोस् यस एकादशीको महाभारत र पाण्डवसँग जोडिएको एउटा किस्सा सविस्तार सुनौँ ।
निर्जला एकादशी व्रत कथा
५ पाण्डव अनि द्रोपति गरि ६ जना नै हरेक एकादशीको व्रत बस्ने चलन थियो तर खानाका अत्यन्त सौखिन र खाने कुरामा सम्झौता गर्न नसक्ने भीमले भने व्रतका क्रममा कहिल्यै आफ्नो खानाप्रतिको आशक्ति तोड्न सकेनन् । भीम यस कुराले चिन्तित थिए र गएर गुरु व्याससङ यस समस्या सुनाए । अनि गुरु व्यासले भीमको कुरा सुनेपछि वर्षभरिका सम्पूर्ण एकादशीको फल एकै पटक पाउन निर्जला एकादशीको व्रत बस्न भीमलाई बताउनुहुन्छ । यसरी यस एकादशी भीमले रितपूर्वक पालन गर्दछन्, यसपछि यस एकादशीलाई भीम एकादशी अनि पाण्डव एकादशी पनि भनिन्छ ।
यस एकादशीमा के के गरिन्छ ?
ज्येष्ठ शुक्ल एकादशीका रूपमा यस निर्जला एकादशीको व्रत पश्चात् द्वादशीका दिनमा बिहान उठेर, चोखो भएर अनि दान पुण्य गरेर मात्र भोजन लिने चलन छ । भगवान् विष्णुको कीर्तन अनि भजनको यस एकादशीमा विशेष महत्त्व रहन्छ, एकादशी महत्मय, बिष्णुसहस्त्रानाम लगायतका ग्रन्थहरूको अध्ययन अनि व्याख्याको विशेष महत्त्व राख्ने यस एकादशीमा माटोको भाँडो, बाँसले बनाएको हाते पङ्खा लगायतका कुरा दान गर्ने चलन छ । निर्जला एकादशीभन्दा एक दिन अगावै सन्ध्या वन्दना गर्ने चलन रहन्छ, यसो गर्दा अचामनीवाट पवित्र पानी लिएर हत्केलामा राखी पवित्रताका साथ आरती र वन्दना गरिन्छ । एकादशीकै दिनमा आफ्ना बिचार र सोचमा विष्णुलाई राख्न सुझाव दिइन्छ, विष्णुको शालिग्राम स्वरूपलाई स्नान गराउने, अभिषेक गराउने, पञ्चामृत अर्पण गर्ने र पवित्र कपडामा बेरेर राख्ने चलन छ ।
एकादशीको रातमा जाग्राम बस्ने चलन पनि पाइन्छ । मार्कण्डेय पुराण अनि विष्णु पुराणमा भने यस एकादशीको पवित्र चित्तका साथ व्रत बस्नाले सम्पूर्ण पाप मोचन हुने र सोझै वैकुण्ठ प्राप्त हुने लेखिएको छ । जाँदाजाँदै महाभारतको प्रसङ्ग छाडेर जान्छौँ, भीमले आफ्नो सम्पूर्ण भोजनका आशक्तिलाई काबुमा राखेर यस एकादशी व्रत लिन्छन् तर भोलिपल्ट बिहान भीम भोक र प्यासका कारण अर्धचेतनमा पाइन्छन् । त्यसपछि भीमलाई गङ्गाको पवित्र पानी र तुलसी पात दिएर उठाइन्छ । यस एकादशी आशक्ति अनि चाहना माथिको विजय प्राप्त गर्ने एकादशी पनि हो, यस वर्षको निर्जला एकादशीमा सबको कल्याण होस् ।


भूमी पूजा
Exclusive audio
सुन्न ट्याप गर्नुहोस्
भूमि पूजा
भूमि पूजालाई भूमे पूजा पनि भनिन्छ । असारमा रोपाई सुरु गर्नु अगावै पन्चत्व स्वरूपमा भूमिको पूजन गर्ने चलन छ । मगर समुदायको चर्चित पर्व भूमे १८ मगरात अन्तर्गत रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट आदि जिल्लामा र दाङ लगायत राप्ती अञ्चलका सबै जिल्लामा धूमधामसँग मनाइन्छ। रुकुमको मगर समुदाय आफ्नै पहिरनमा शुक्रवार बाजागाजासहित लेकमा पुगी वन देवतालाई पूजा गरेर फूल टिपी फर्किएको छ । यसका अलावा नेपालभरिका सबै जिल्लाहरूमा भूमि पूजा गर्ने आ-आफ्नो चलन छ । पुर्खाले जङ्गल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व मनाउन थालिएको इतिहास छ ।
भूमि पुजा को सम्बन्ध कृषि र बादलसँग हुन्छ
प्राचीनकालदेखि नै हाम्रो समाजमा यस्तो विश्वास रहिआएको छ कि यदि भूमिदेवता रिसाए भने वर्षा नपर्ने, बाढी–पहिरोजस्ता प्राकृतिक विपत्ति आउने र बालीनाली सखाप हुने सम्भावना हुन्छ। यही विश्वासले प्रेरित भएर मानिसहरूले भूमिदेवतालाई खुसी पार्न पूजा–आजा गर्ने परम्परा कायम राखेका छन्।
असार १ गते बाट नै औपचारिक रूपमा भूमि पूजनको विधिहरू सुरु हुन्छ । भूमे पुजाको सम्बन्ध कृषि र बादलसँग हुन्छ, ज्येष्ठको अन्तिम दिनमा लेकबाट फुल टिपेर ल्याएर खते खरियानका भूमे पूजा सुरु गरिन्छ । लेकबाट ल्याएका फूलहरू खेतका फाँटमा राखेर पूजन गरेपछि वर्षाको कमी नहुने मान्यता छ । बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीको कामना गर्दै भूमि माताको पूजा गरी मनाउँदछन् । भूमे नाच जेठदेखि नाच्ने गरे पनि असार १ देखि ३ गतेसम्म पूजाआजासहित गाउँले एकै ठाउँ जम्मा भएर मनाउने गर्दछन् । त्यस बेला हरेक गाउँमा एउटा सानोतिनो मेला नै लाग्दछ ।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनअन्तर्गत विराजभक्त श्रेष्ठले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पहिलो चरणमा केन्द्रीय सदस्यहरूका लागि भएको निर्...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३० भन्दा बढी आकांक्षी देखिएका छन्।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनका निम्ति उमेदवारी घोषणा गर्नेको लर्को लागेको छ । पहिलो चरणाअन्तरगत केन्द्रीय समितिको मत परिणाम अझै पूर्ण रूपमा ...

काठमाडौँ । रास्वपाकी सांसद इन्दिरा रानामगरले उपसभापतिमा उम्मेदवारी दिने घाेषणा गरेकी छन्। केन्द्रीय सदस्यमा निर्वाचित भएलगत्तै उपसभापतिमा दाबी गरेकी हुन् । उनले भनेकी छन्, ‘पहिलो चरणमा यहाँहर देखा...

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा नेता असिम शाहले सह–महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भए लगत्तै उनले सामा...

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने बताउनुभएको छ । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय ...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि सात जना नेताले उम्मेदवारी घोषणा गरेका छन्। महामन्त्री पदका आकांक्षीहरूमा परराष्ट्रमन्त्री शिशिर खनाल, निवर्तमान...

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएको छ। हेरौँ प्रदेशगत (भूगोल समूह) मा कुन उम्मेदवारले कति मत प्राप्त गरे। कोसी ...