मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

शनि जयन्ती
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
शनि प्रदोष व्रत मन्त्र
शनि प्रदोष व्रत भगवान् शिव र शनिदेवलाई समर्पित एक पवित्र दिन हो। यस दिन शिवजी र शनिदेवको पूजा र मन्त्र जपले शुभ फल प्रदान गर्दछ।
शिवजीको प्रदोष व्रत मन्त्र
ॐ त्र्यंबकम् यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्॥
यो मन्त्र प्रदोष व्रतका बेला जप गर्न विशेष फलदायी मानिन्छ।

प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।




कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले थारु जातिको परम्परागत नेतृत्व प्रणाली भलमन्सा–बडघर प्रथालाई कानुनी मान्यता प्रदान गरेको छ । नगरपालिकाले शनिबार १९औँ नगरसभाबाट ‘भलमन्सा तथा बडघर सञ्चालनसम्ब...

काठमाडौं । सामाजिक सञ्जालमा लिक भएका इन्स्टाग्रामका ‘निजी मेसेज’ का कारण विवादमा तानिएका गायक सुजन चापागाईंले उक्त प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । अष्ट्रेलियाको सांगीतिक भ्रमणमा रहेका ...

भेनेजुएला । भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति शाली दुईवटा भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट घटनाको ३२ घण्टापछि एउटा नवजात शिशुलाई सकुशल उद्धार गरिएको छ। सामाजिक सञ्जालमा श...

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला तथा किशोरीहरूलाई अश्लील तथा आपत्तिजनक सन्देश पठाएको आरोप खेपिरहेका गायक सुजन चापागाईंले पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिए...
१३ असार, काठमाडौं । इंग्ल्यान्डमा भइरहेको आईसीसी महिला टी-२० विश्वकपमा दुई समूहका शीर्ष चार स्थानमा रहेका आठ टोली र पाकिस्तानले सन् २०२८ को टी-२० विश्वकपमा स्थान सुरक्षित गरेका छन् । समूह ‘ए’ बाट ...

गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकाहरूमा सुरक्षा निकायलाई पूर्वजानकारी नदिई छड्के अनुगमन गरेका छन्। शनिबार दिनभर उनले गरेकाे छड्के अनुगमनकाे भिडियो सार्वजनिक भएको छ। सुरक्षाकर...

वासिङ्टन सम्झौताप्रति लेबनान विभाजित, टायर र बेइरुटमा फरक प्रतिक्रिया १३ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा वासिङ्टनमा सम्पन्न वार्तापछि इजरायल र लेबनानबीच भएको प्रारम्भिक रूपरेख...

काबुल । अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ । राजधानी काबुल र अरू क्षेत्रमा पनि भूकम्पको ‘बलियो’ कम्पन महसुस गरिएको स्थानीय अ...