मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

योगिनी एकादशी व्रत (स्मार्तहरूको)
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
यो तीनै लोकमा प्रसिद्ध तथा समस्त पापहरूलाई नष्ट गर्ने सामर्थ्य भएको एकादशी योगिनी एकादशी हो ।
योगिनी एकादशी कहिले पर्दछ ?
योगिनी एकादशी हरेक वर्ष असार मासको कृष्णपक्षमा पर्दछ । यस वर्ष वैष्णव र स्मार्तहरूको लागि एकादशी व्रत बस्ने दिन फरक छ ।
“बहुवाक्यविरोधेन ब्राह्मणेशु विवादिषू
एकादशी परित्यज्य द्वादशी समुपोषयेत्”
स्मार्त परम्परामा यदि एकादशी तिथि दशमी तिथिसँग मिसिएको (विद्ध) भए तापनि, शास्त्रीय नियमअनुसार सोही दिन व्रत बस्न मिल्छ। वैष्णव परम्परामा भने दशमीले स्पर्श गरेको वा मिसिएको एकादशीलाई स्वीकार गरिँदैन। यस सम्प्रदायमा पूर्ण रूपमा शुद्ध एकादशीलाई मात्र व्रतका लागि योग्य मानिन्छ। यही तिथिको शुद्धतासम्बन्धी फरक दृष्टिकोणका कारण, धेरैजसो अवस्थामा वैष्णव एकादशी स्मार्त एकादशीको तुलनामा एक दिन ढिलो (पछाडि) पर्ने गर्दछ।
यस एकादशीमा के के गरिन्छ ?
यस दिन व्रत बसेर भगवान् नारायणको प्रतिमा स्थापित गरी श्रद्धापूर्वक त्यस प्रतिमालाई भोग लगाइन्छ । भोग लगाउनु अर्थात् खानेकुरा, फलफूल , नैवेद, आदि चढाउनु हो । धूप दिपले आरती उतार्ने र दान दिने गरिन्छ । यस एकादशीमा पिपलको पूजा गर्नाले सम्पूर्ण पाप नष्ट भई मृत्युपश्चात् स्वर्ग लोक प्राप्त हुन्छ भन्ने मान्यता छ । दशमीको दिनबाटै जौ, गहुँ वा मुँगीको दाल लगायत कुनै तामसिक भोजन गर्न वञ्चित छ । त्यसको अलावा व्रतको दिन र एक दिन अगावैबाट नुन खान हुँदैन, नुनलाई सनातन संस्कारमा एकाग्रता र चित्त शुद्ध गर्नका लागि धेरै अवसरमा वर्जित गरिएको पाइन्छ । यसरी असार कृष्ण पक्षको दशमीको सन्ध्याबाट सुरु यस एकादशी व्रत द्वादशीको दिन प्रातकाल स्नान र दानपूण्य अनि सङ्कल्पपछि समापन हुन्छ । स्नानपश्चात् कुम्भको स्थापना गरेर विष्णु भगवानको प्रतिमा राखिन्छ ।

तपाईंले कहिल्यै योगिनी एकादशीको व्रत बस्नु भएको छ?
योगिनी एकादशी व्रत कथा
अलकापुरी राज्यमा शिवजीका परम भक्त कुवेर राजाको राज्य थियो, उनले पूजा गर्दा फुलको प्रयोग गर्ने गर्दथे र यसरी राजाको पूजाका लागि हेम माली नामक मालीले फूल ल्याउने गर्दथे । एक दिन हेम मालीले राजालाई दैनिक पूजाको फुल ल्याउन भुलेर आफ्नो स्त्रीसँग मानसरोवरमा रमण गर्न थाल्दछन् ।राजा कुवेरले पूजाका लागि विलम्ब भएपछि यक्षहरूलाई हेम मालीको खबर ल्याउन पठाए । समयमा फुल नल्याएर आफ्नो प्रिय भगवान् शिवको अर्चनामा ढिलाइ गराएकाले राजा कुवेरले रिसाएर हेम मालीलाई स्त्रीको वियोग अनि मृत्यु लोकमा गएर कोडि हुनुपर्ने अर्थात् रोगी हुनुपर्ने श्राप दिन्छन् । कुवेरको श्रापले हेम माली त्यसै बेला मृत्यु लोकमा रोगी भएर आइपुग्छन् । शिवको भक्तिले गर्दा हेम मालीले आफ्नो विवेक भने गुमाएका थिएनन्, उनी मृत्यु लोकमा आएर हिमालय पर्वततर्फ सुस्तरी जान्छन् र एक जना प्रभावशाली ऋषिलाई भक्तिपूर्वक आफ्नो व्यथा सुनाउँछन् । उनै ऋषिले हेम मालीलाई योगिनी एकादशीको व्रतका बारेमा बताउँछन् र हेम माली यसै एकादशी व्रतको प्रभावले पुनः पुरानै जीवनमा फर्कन्छन् । यस व्रत कथाको श्रवणको मात्र ८८ ब्राह्मणलाई सहस्र भोजन गराए बराबर फल दिनेछ भनी एकादशी महात्मैमा लेखिएको छ । असल कर्म गरौँ, निष्काम कर्म गरौँ कर्म गरौँ ।फलको आस नगरौँ ।




अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान र इरानलाई लिएर एउटा अनौठो टिप्पणी गरेका छन्। टर्कीको राजधानी अंकारामा भएको नेटो शिखर सम्मेलनका क्रममा उनले जापानलाई 'इस्लामिक गणतन्त्र' भन्दै त्यसले अमेरिक...

बेलायतकी पूर्व मन्त्री तथा वरिष्ठ राजनीतिज्ञ ७८ वर्षीया एन विडिकोम्ब आफ्नै निवासमा मृत फेला परेकी छन्। घटनामा हत्या भएको आशंकामा प्रहरीले २६ वर्षीय एक युवकलाई पक्राउ गरेको छ। डेभोन र कर्नवाल प्रहर...
२६ असार, काठमाडौं । साविक विजेता यानिक सिनर विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति सम्पन्न सेमिफाइनलमा सात पटकका विजेता नोभाक जोकोभिचलाई सोझो सेटमा हराउँदै सिनर फाइनलमा पुगेका ...

काठमाडौं । प्रहरीले रुपन्देहीमा गोली चलाएर एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । लागुऔषध कारोबारहीको आशंकमा प्रहरीले उनलाई गोली चलाएर नियन्त्रणमा लिएको हो । रुपन्देहीको मायादेवी गाउँपालिका-५, गुवानि...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोगसहित उनका सन्तानलाई निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा ...

काठमाडौं । रुपन्देही प्रहरीले मायादेवी गाउँपालिका-५ स्थित गुरुवनियामा गोली प्रहार गरी एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध ब्राउन सुगर र पेस्तोलसहित मोटरसाइकलमा आएका भारतको उत्तर प्रदे...

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग जाने भित्री बाटोमा बिहीबार पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने घोषणा...

काठमाडौं। राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि काठमाडौं महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। महा...