छिटो निर्णय लिने बानीले काममा गति दिनेछ। अधुरो जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था आउनेछ। प्रतिस्पर्धामा आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। शारीरिक थकान भए आरामलाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

विश्व फोटोग्राफी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
अगस्ट १९ तारिख
हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा मानिसहरुलाई फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न "विश्व फोटोग्राफी दिवस" मनाइन्छ। आजको दिन विश्वभरका फोटोग्राफरहरुले आफुले खिचेका केहि उत्कृष्ट फोटोहरु दुनिया सामु प्रस्तुत गर्ने गर्दछन्। आफ्नो तस्वीर प्रस्तुत गर्नुको साथसाथै अरुले प्रस्तुत गरेको तस्वीर हेरेर त्यसको मर्म र भाव बुझ्न खोज्छन्।
फोटोग्राफर भन्नाले दिनभर हातमा क्यामेरा बोकेर, विभिन्न ठाउँ घुम्दै उत्कृष्ट तस्वीर निकाल्ने या फोटोग्राफीलाई नै आफ्नो व्यवसाय बनाउने मानिस भने पक्कै हैनन्। अहिले सबैको हातमा भएको मोबाइलले खिचेको फोटोले पनि थुप्रै भाव बोक्न सक्छन। तस्वीरलाई स्तरीय उच्च पिक्सेल भएको क्यामराले मात्र बनाउछ भन्ने बुझाइ राख्नु गलत हो। यदि तपाईहरुसँग पनि आफुले खिचेको कुनै प्रिय तस्वीर छ र तपाई त्यसलाई विश्वसामु देखाउन चाहनुहुन्छ भने आजको दिन तपाईको लागि महत्वपूर्ण हुन सक्छ।

तपाईं फोटो खिच्दा कुन उद्देश्य बढी हुन्छ?
संसारमा सबैभन्दा पहिलो तस्वीर
संसारमा सबैभन्दा पहिलो तस्वीर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो। त्यसबेला जोसेफ नाइस्फ़ोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्वीर खिचेका थिए। हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिया हो। त्यतिबेला एउटा तस्वीर खिच्न निक्कै समय लाग्थ्यो। सबै भन्दा रोचक कुरा त के हो भने सायद कसैले पुरानो फोटोमा हासेका मान्छे कहिले भेट्दैन थिए। किनकि धेरै समय लाग्ने कारण सबैले आफ्नो हासो थामिराख्न सक्दैन थिए। त्यसबेला देखि अहिले सम्म फोटोग्राफीको तरिका र स्तरमा राम्रो परिवर्तन भएको छ।
तपाई हामीले नै फोटोग्राफीको विकासलाई नियाल्दै आएका छौ, रिल वाला क्यामरामा रिल (नेगेटिभ) बचाई बचाई फोटो खिचेका हामीले पछि डिजिटल क्यामरामा कमसेकम रिल जोगाउन संघर्ष गर्न परेन। त्यसपछि हात हातमा फोन अनि फोनको क्यामरा झन पछि झन स्तरीय हुदै आएपछि आफुलाई मन लागेको बेला तस्वीर खिच्नु कहिले गाह्रो भएन। तस्वीर पनि एक किसिमको अभिव्यक्ति हो। फोटोग्राफीको यो विकासले थुप्रै इच्छुक मानिसहरुलाई अभिव्यक्त हुन मदद पुर्याएको छ। सामाजीक सञ्जालले पनि यसमा ठुलो भूमिका खेलेको छ। अहिले सामाजीक सञ्जालको अवस्था यस्तो भएको छ कि विश्वभर एक मिनेट मै पनि लाखौ फोटोहरु कुनै न कुनै माध्यमबाट अपलोड भैरहेका हुन्छन्।
हरेक अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवस सन् २०२६ को मुख्य विषय “HOME” रहेको छ। यसै भावनालाई समेट्दै “Capture HOME Through Your Lens” भन्ने सन्देश पनि व्यापक रूपमा प्रयोग भइरहेको छ। घर केवल चार भित्ताभित्रको ठाउँ मात्र होइन यो त सम्झना, सम्बन्ध, अपनत्व, सुरक्षा र भावनाले बनेको संसार हो। यस वर्ष आफ्नो लेन्समार्फत त्यही ‘घर’लाई कैद गरौँ। कुनै आमाको मुस्कानमा, बुबाको प्रतीक्षामा, बालबालिकाको खेलमा, भान्साको सुवासमा वा आफूलाई आफ्नै जस्तो महसुस हुने कुनै सानो क्षणमा "HOME " खोजौँ। किनकि कहिलेकाहीँ एउटा तस्वीरले घर कस्तो देखिन्छ भन्ने मात्र होइन, घरले कस्तो महसुस गराउँछ भन्ने पनि बताउँछ खोज्ने होइन त अब आफ्नै घर । तपाइँसबैलाई विश्व फोटोग्राफी दिवस हार्दिक शुभकामना !! i


तुलसीदास जयन्ती
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
कवि तुलसीदासलाई वाल्मीकिको पूर्नजन्मका रूपमा समेत लिइन्छ र अझै पनि उनले लेखेका हनुमान चालिसाका श्लोकहरू नेपाल, भारत लगायत विश्वभरका वैदिक सनातन हिन्दु अनुयायीहरूले अर्चना गरिने, गाइने अनि जप्ने गर्दछन्।आफ्नो जीवनको अधिकांश काल तुलसीदासले बनारसको वाराणसीमा बिताएका हुन् । बनारसमा अहिले पनि तुलसीदासको नाममा एउटा घाटको नामकरण गरिएको छ । तुलसीदास पुरापुरी १२ महिना आमाको गर्भमा रहेका र जन्मिदा नै १२ वटा दाँत सहित जन्मिएका थिए भन्ने कुरा समाजमा रहेको छ ।
जन्मनासाथ अरू बच्चाहरू झैँ नरोई कन तुलसीदासले राम नामको उच्चारण गरेका थिए । त्यसै कारणले उनको नाम "रम्बोला" रहन गएको भनी तुलसीदास प्रभु आफैले बिनायपत्रिकामा लेखेका छन् । तुलसीदासको जन्मपश्चात् केही दिनमा बुवाको मृत्यूभएको र परिवारमा बढ्दो सङ्कटका कारणले घरमा काम गर्ने कामदार चुनियाले उनलाई हुर्काएको तुलसीदासले लेखेका छन् । पछि चुनियाको पनि मृत्यु भएपछि रम्बोला अर्थात् तुलसीदासले दैलो दैलो गएर भिक्षा मागी जीवनयापन गरेका थिए ।
यस क्रममा रामायणका घटनाक्रम, पात्रहरू, छन्द, ज्ञान अनि परिवेशहरुसंग तुलसीदास प्रभुको जीवनले जम्काभेट पाएको देखिन्छ । यो एउटा व्यवहारिक अध्ययन र सर्वेक्षण जस्तै भएको हुनपर्दछ । घरघरमा रामायणको गीत अनि श्लोकहरूसँग बालक रम्बोलाले अभ्यास गर्दे गए अनि भिक्षुकका रूपमा जीवन निर्वाह गर्दै गए ।

नेपालमा प्रत्येक वर्ष भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाइन्छ। वि.सं. २०६४ भदौ ३ गते सूचनाको हकसम्बन्धी ऐन, २०६४ लागू भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो। नागरिकलाई आफ्नो सूचनाको हकबारे जानकारी गराउने र सार्वजनिक निकायबाट सूचना प्राप्त गर्ने अधिकारप्रति सचेत बनाउने उद्देश्यले राष्ट्रिय सूचना दिवस मनाइन्छ।
नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई सूचनाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। यसले नागरिकलाई सार्वजनिक सरोकार तथा सार्वजनिक निकायसँग सम्बन्धित सूचना माग्ने र प्राप्त गर्ने अधिकार प्रदान गरेको छ।
राष्ट्रिय सूचना आयोगको नेतृत्वमा हरेक वर्ष राष्ट्रिय सूचना दिवसका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया र गोष्ठी आयोजना गरिन्छ। यस्ता कार्यक्रमले नागरिकलाई ‘आफ्नो हक के हो?’ भन्ने बुझाउन मात्रै होइन, आवश्यक सूचना माग्न र सार्वजनिक निकायलाई त्यसप्रति जवाफदेही बनाउन पनि भूमिका खेल्छन्।
सूचना भनेको केवल कागजमा रहेको विवरण होइन, नागरिकको अधिकार र राज्यसँग जोडिने एउटा माध्यम पनि हो। जब नागरिकले आफूले चाहेको सूचना सहज रूपमा पाउन सक्छन्, तब सरकारी कामकारबाहीप्रति निगरानी बढ्छ र विश्वास पनि बलियो हुन्छ। त्यसैले राष्ट्रिय सूचना दिवसले सरकारी तथा सार्वजनिक निकायलाई अझ पारदर्शी र जवाफदेही बनाउँदै नागरिकको सूचनामा सहज पहुँच सुनिश्चित गर्ने सन्देश दिन्छ।
जवाफदेही बनौं सूचना माग्न नडराऔ सबैलाई सूचना दिवसको शुभकामना ।








