
गुंला पर्व समाप्ति
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
गुंला पर्वको पृष्ठभूमि
अनि यस गुंला महिनामा पर्ने गुंला पर्व नेवाः समुदायमा विशेष रुपमा अनि काठमाडौँ उपत्यका लगायत नेवा समुदायको बाहुल्यता भएका अन्य ठाउँमा पनि भव्यताका साथ मनाइयो । नेवाः समुदायका बौद्धमार्गी परिवारमा यस पर्वको उललास अझ बढी आत्मिक अनि चिन्तनगत रुपमा रहेको पाइन्छ । भगवान बुद्ध अनि उहाँका अनुयायीहरू दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई वर्खा अनि ज्ञानको एउटा संगम पनि मानिने गरिन्छ । विशेषगरी नेवार समुदायले मनाउने गुंला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ । यो वर्ष पनि यो कार्य भक्तालुहरूले नियमित रुपमा गरिरहे ।
आज काठमाडौं उपत्यकाका चोक चौराहहरूमा विशेष गुंला संगीतको श्रवण गरेर सुरु भएको यस पर्वले विभिन्न गुम्बा, मन्दिर अनि आध्यात्मिकस्थलमा भक्तजनको आवागमन निक्कै वृद्धि गरायो ।

बहीद्यः स्वःवनेगु नेवाः
बहीद्यः स्वःवनेगु नेवाः संस्कृतिको अनन्य पाटो हो, जहाँ अघिअघि बाजा अनि संगीत अनि पछि–पछि भक्तजनहरू हुन्छन् । द्यः थायेगु आजको विशेष गतिविधि हुन्छ । कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले ससाना स्तुपा बनाउने चलन यस महिना कायमै रह्यो । काठमाडौं र ललितपुरमा पन्जारा अर्थात् बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई शहरमा घुमाउने अनि चामल लगायतका बस्तु जम्मा गर्ने र बौद्धमार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो, जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्व दिने गरिन्छ ।
दिपनंकर बुद्ध अनि पौवका प्रतिमाहरूको यस दिनमा विशेष पूजा गरिन्छ । हुन त, गुंला एक दिनको मात्र चाड त होइन, यो चाडलाई चन्द्रमानका विभिन्न तिथिमा विभिन्न प्रकारले मनाइयो । बर्खाको अन्त्यसँगै आउने खुला आकाश अनि सफा बादलका टुक्राहरूमा आ–आफ्ना दिनचर्याका खाकाँ गज्जबले कोरौँ, सबैलाई शुभकामना ।


प्राथमिक उपचार दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्षको सेप्टेम्बर महिनाको दोस्रो शनिवार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ । विश्व समूदायले अन्य वर्षहरु झै बिभिन्न कार्यक्रम अनि जागरण गर्दै प्राथमिक उपचार दिवस मनाउँदछन् ।
पृष्ठभूमि
सन् २००० बाट अर्थात् सहश्राब्दिबाट IFRC को पहलमा यो दिवस मनाउन शुरु गरिएको हो । नेपाल एउटा सुन्दर देश हो तथापि शदियौं देखि जनस्वास्थका मुद्दाहरुमा धेरै सुधार हुन नसकेको तथ्य यस देशको सुन्दरतासंगै गाँसिएर आउँछ । हरेक गाउँपालिकामा स्वास्थ चौकी सैद्धान्तिक रुपमा त छ तर व्यबहारीक पक्षको मलिनो रुप र सिमाहरु हामीले देखेकै छौं । तालिमप्राप्त जनस्वास्थ सेवक अनि जागरुक जनस्वास्थ प्रशासकहरुको कदमको कमि लगायत अन्य थुप्रै संरचनागत समस्याले नेपाली गाँउहरु अझै पनि स्वास्थोपचारको मूलधारमा छैनन । प्राथमिक स्वास्थ उपचारको सहज तालिम र प्रावधानले नेपाली गाँउमा सामान्य कारणले मूल्यवान जीवनको बाजी थाप्नु पर्ने थिएन ।
नेपालमा अध्यनहरु
बिभिन्न अध्यनहरुले नेपालमा सन् २०३० सम्म हृदयघात दर अहिलेको ९ प्रतिशतबाट बढेर करिब ३४ प्रतिशतमा पुग्ने तथ्याङ्क देखाएको छ । हरेक बर्ष करिब १० दशमलव २२ प्रतिशतले बढिरहेको नेपाली बाटोहरूमा हुने सवारी दूर्घटनाहरुमा बर्षेनी ५ दशमलव ४० प्रतिशत मृतकको संख्यामा बृद्धि भइरहेको छ । मान्छेको ज्यान जोगाउन तुरुन्तै स्वास्थोपचार शुरु गर्नु जरुरी हुन्छ, प्राथमिक उपचारको सहज उपलब्धता अनि तालिमकालागि नेपाल अझै सक्रिय बन्नुपर्छ ।
आधारभूत उपचारहरु
संक्षेपमा प्राथमिक उपचारका साध्यहरु भन्न चाह्यौं, यदि घाउ भएमा त्यसलाई सफा गरेर अनि साबुन पानीले सफासंग धुने, एन्टीसेप्टीक धुलो या मल्हम लगाउने गर्न जरुरी छ ।
रक्तश्रावको समयमा रगत आएको शरीरको भागलाई उचाईमा राख्ने ताकि रगतको बहाव तल आउन गई रक्तश्राव रोकियोस् । औंलाको चापले रक्तश्रावलाई बन्द गर्ने या पट्टि लगाएर रक्तश्रावको बहाव कम गर्न पर्दछ ।
जनावरले टोकेमा र घाउ भएमा तुरुन्त सफापानी अनि साबुनपानीले धुने र अस्पताल लान जरुरी छ । बिभिन्न संक्रमणहरु जस्तै रेबिज लगायत अन्य संक्रमण बिरुद्धको खोप पनि स्वास्थकर्मीको सल्लाहमा लगाउनु पर्दछ ।
अचेत मान्छेहरुको नारीमा छामेर पल्स पत्ता लगाउने अनि ३० सेकेन्ड भन्दा धेरै पल्स मधुरो भएमा या हराएमा सीपीआर अर्थात कृत्रिक श्वाँसप्रश्वासको प्रक्रियामा जानु पर्दछ ।
प्राथमिक उपचार दिवसमा प्राणरक्षार्थक उपचार सीपहरु सक्दो छलफल गर्ने र बाँड्ने प्रयास गरौं । सर्वत्र शान्ति र समृद्धीको कामना ।

तपाईंको विचारमा फ्रान्स र इंग्ल्यान्ड विरुद्धको खेल कसले जित्छ ?






