मुख्य सामग्रीमा जानुहोस्

राधाष्टमी व्रत

राधाष्टमी व्रत

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

भाद्र शुल्क पक्षको अष्टमी तिथिमा वृन्दावन नजिकै वर्सानामा राधाजीको जन्म भएको थियो र यसै दिन राधा अष्टमी वा राधा जयन्तीका नामले लोकमा प्रसिद्ध छ । राधाजीको जन्म भगवान श्रीकृष्णको साथ जगमा प्रेम भावलाई सार्थक गराउन भएको हो भन्ने मान्यता छ । जो व्यक्ति प्रेममा लीन हुन्छ त्यो राधाकृष्णको ज्वलन्त उदाहरण बन्दछ । एवं रीतले यदि अष्टमी तिथि शुक्रवारका दिन पर्न गएमा उक्त अष्टमीको पवित्रतालाई राधाको जन्मसँग जोडेर राधा अष्टमी मनाउने चलन स्थापित भएको हो।

'ॐ केशवाय नमः ॐ नारायणाय नमः ॐ माधवाय नमः ॐ हृषीकेशाय नमः'

जब हामी श्रीकृष्णको नाम लिन्छौँ त्यसबेला राधाजीको नाम पनि सँगै जोडिएर आउँछ। किनकि सबै भक्त राधाकृष्ण भनेर भन्ने गर्दछन्। यो नाम दुई भएता पनि एक अर्काका लागि नै बनेको हो। यसलाई कसैले पनि अलग्याउन सक्दैन। राधा अष्टमीको नामले यो व्रतलाई चिनिन्छ । यो दिनको व्रत लिनाले मनुष्य जीवनमा धनको कहिले कमी नहुने, घर परिवारमा प्रेम भाव बढ्ने र अन्त्यमा गोलोकमा पनि सुखद जीवन पाइने कुरा शास्त्रोक्त रहेको छ।


यस दिन बिहान आफ्नो नित्यकर्म सकेर राधाजीको लागि सुन्दर मण्डप या आसन बनाएर राधाजीको मूर्तिलाई वस्त्र एवं आभूषणले सुसज्जित गर्ने र षोडशोपचारले या जे सामग्री उपलब्ध हुन्छ त्यसै सामग्रीद्वारा श्रद्धा एवं भक्तिले पूजा गर्नुपर्दछ। विचारणीय कुरा के छ भने यो पूजा मध्यान्ह कालमा नै गर्नुपर्दछ। यसरी गरिएको पूजापश्चात् दिनभरि नै व्रत बस्ने या एक समय भोजन पनि गर्न सकिन्छ। व्रतको भोलिपल्ट विवाहित ब्राह्मण तथा ब्राह्मणीलाई भोजन गराएर दक्षिणा दिने विधान छ।


राधा अष्टमीको शुभकामना।

गोरखकाली पूजा

गोरखकाली पूजा

विशेष अडियो सामग्री

सुन्न ट्याप गर्नुहोस्

गोरख सन्देश

गुरु गोरख भन्छन् - ‘‘देवलहरूको, देवालयहरूको यात्रा सुनो यात्रा हो’’ अर्थात् देवालयहरूको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन्, शून्य बराबर छन्, निष्प्राण छन्:

देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।

अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।


हुन त देवालयहरूको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्त्वपूर्ण छ, तर यदि जात्रा छ, किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा’’ मात्र गरेर पनि के फाइदा हुन्छ र? मूर्तिको पूजा चाहिँ गर्ने, मान्छेको पूजा नगर्ने! देवालय धाउने तर घरलाई चाहिँ देवालय बनाउन नसक्ने! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिँ फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपन्छीमा देवत्वको वास छ भनी नस्वीकार्ने! एवं सेवा गर्न नसक्ने! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा (प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्ग्य गरेका हुन्।


बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस्।

गोरखकाली पूजाको असीम स्नेह

गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ। यसै पीठलाई शाह वंशको कुलदेवी मानिन्छ। पौष कृष्ण अष्टमीमा गोरखकालीको पूजा गर्ने चलन अनुरूप आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा-अर्चना गरिन्छ।


यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सयौँ वर्षदेखि चलिआएको छ। गणतन्त्रपछि यो चलनमा खासै वास्ता दिइएको छैन, यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ। गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशीर्वाद नेपाली जनलाई थप चाहिएको छ।


बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबाको महिमा नेपाल, भारतलगायत विश्वभरिका सनातन समुदायमा विशेष छ। यिनै बाबा गोरखको नामसँग आबद्ध शाहवंशीय राजाहरूको उद्गम जिल्ला गोरखा अनि गोरखकाली मन्दिरको नेपालको पूर्वराजपरिवारमा विशेष महत्त्व छ। स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंशका साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गरेका १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ।

-सुयोग ढकाल

हाम्रो पात्रोबाट थप

महँगो गाडीले आराम त देला, तर वास्तविक खुसी त सँगै हाँस्ने परिवारले मात्र दिन्छ।

आजको राशिफल

के तपाईंलाई थाहा थियो ?

क्याफिनले ऊर्जा दिँदैन, थकान मात्र केही बेर रोक्छ। ☕

व्यक्तिगत जिम्मेवारीको एउटा सानो स्मरण।

९ प्रकारका चिया, ९ अद्भुत फाइदाहरू

पाण्डा अब लोप हुने खतराबाट जोगिएका छन्! 🐼

गिटारका अत्यावश्यक माइनर कर्डहरू! 🎶

के तपाईं अनुमान गर्न सक्नुहुन्छ?

शेयर बजार समाचार