मुख्य सामग्रीमा जानुहोस्

तिहार बिदा

तिहार बिदा

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

दीपज्योतिः परंब्रह्म दीपज्योतिर्जनार्दनः।

दीपो हरतु मे पापं दीपज्योतिर्नमोऽस्तुते॥


दियोको प्रकाश परम ब्रह्म हो। दियोको प्रकाशले भगवान विष्णुको प्रतिनिधित्व गर्दछ।

यो ज्योतिले हाम्रा पापहरू हटाओस्, दिव्य प्रकाश को नमस्कार।

वि.सं. २०८३ सालको तिहार हिजो भाइटीका मनाएसँगै सम्पन्न भएको छ।

आज यमपञ्चकको कुनै विशेष दिन नभएतापनि आज महान चाड तिहारको बिदा पर्दछ ।


यस वर्ष तिहारमा बालिएका हरेक दियोहरुले दया जगाओस्, रक्षा गरोस्, माया पलाओस् । चाडवाडको रौनक पछिको दिनहरुमा सबैलाई स्वागत छ ।


सबैको भलो होस् ।

विश्व निमोनिया दिवस

विश्व निमोनिया दिवस

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

सन् २००९ मा चिकित्सक, पैरवीकर्ता, प्राज्ञ, संयुक्त राष्ट्र सङ्घका अधिकारीहरू र व्यवसायीहरूको एक समूहले नोभेम्बर महिनामा पहिलो ‘विश्व निमोनिया दिवस’ को सुरुआत गर्दै निमोनिया विरुद्धको विश्वको लडाइँमा परिवर्तन ल्याउन एकजुट भयो। त्यसयता हरेक वर्ष नोभेम्बर १२ तारिखमा संसारभरि विश्व निमोनिया दिवस मनाइने गरिन्छ।


सन् २०२६ को नारा निमोनियाको खोप, रोग पहिचान गर्ने उपकरण तथा उपचारका क्षेत्रमा हालै भएका उल्लेखनीय प्रगतिलाई सम्मान गर्दै “निमोनिया नियन्त्रणको नयाँ युग” (A New Era of Pneumonia Control) रहेको छ।


पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युका प्रमुख कारणहरूमध्ये एक निमोनिया हो। यो रोगले विशेष गरी न्यून तथा मध्यम आय भएका देशहरूमा वृद्धवृद्धाहरू र दीर्घकालीन स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा पनि गम्भीर खतरा निम्त्याउँछ। ‘ग्लोबल बर्डन अफ डिजिज’ (Global Burden of Disease) का अनुसार, सन् २०२३ मा निमोनियाका कारण २५ लाख मानिसको ज्यान गयो, जसमा पाँच वर्षमुनिका ६ लाख १० हजार बालबालिका पनि समावेश थिए।

कम खोप दर र कुपोषण भएका क्षेत्रमा बस्ने तथा खाना पकाउन वा घर न्यानो पार्न प्रदूषण फैलाउने किसिमका इन्धन प्रयोग गर्ने घरपरिवारमा बस्ने बालबालिकाहरू विशेष गरी निमोनियाको जोखिममा हुन्छन्। बालबालिकामा हुने निमोनियाजन्य मृत्युमध्ये ६० प्रतिशत मृत्युको कारण कुपोषण हो। बाहिरी वायु प्रदूषणको सम्पर्कमा आउने र धूम्रपान गर्ने वयस्कहरू पनि जोखिममा हुन्छन्। ७० वर्षभन्दा माथिका वयस्कहरूमा हुने निमोनियाजन्य मृत्युमध्ये एक चौथाइभन्दा बढी मृत्युको कारण वायु प्रदूषण र धूम्रपान हुन्।


बढ्दो वृद्ध जनसङ्ख्या, सहरीकरण र वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणको भार बढाइरहेका छन् । यसका साथै अर्को कोभिडजस्तो महामारीको जोखिम उच्च रहेको अवस्थामा कुनै पनि व्यक्तिको जीवनभर निमोनियाको जोखिम रहन्छ। यस रोगका कारण अहिले लाखौँ मानिसको मृत्यु भइरहेको छ र अर्को महामारी आउँदा धेरै मानिसको ज्यान जोखिममा पर्न सक्छ।


तर निमोनियाको रोकथाम र उपचार सम्भव छ। हुन त स्वास्थ्य विशेषज्ञहरूले थुप्रै रोकथामका प्रयासमार्फत यस रोगको बोझ घटाउँदै आएका छन् । तर पनि यस रोगबाट उत्पन्न हुने समस्याहरूको पूर्ण रूपमा रोकथाम गर्न अझ धेरै काम आवश्यक रहेको अनुभूति भने अवश्य हुन्छ। आर्थिक रूपमा सम्पन्न समुदायको तुलनामा गरिब समुदायमा बाँचिरहेका मानिसहरूमा निमोनियाको उच्च जोखिम रहने गर्छ।

स्वस्थ पोषण, स्वच्छ हावा, खोप तथा आवश्यक परेको खण्डमा एन्टिबायोटिक र अक्सिजनसहित छिटो रोग पहिचान र उपचारको पहुँच सुनिश्चित गरेर आफ्ना सबै बालबालिकालाई निमोनियाबाट जोगाउन नसकेसम्म कुनै पनि मुलुकले बाल बचाउसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न सक्ने छैनन्।


यस दिवस मनाउनुको मुख्य उद्देश्य पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको अकाल मृत्युको प्रमुख कारण बनेको यस रोगबारे जनसमुदायमा जागरूकता फैलाउनु हो। त्यसबाहेक, निमोनियाको उपचारका लागि रोकथाम तथा उपचारसम्बन्धी हस्तक्षेपहरू बढाउनु र थप स्रोतसाधन तथा ध्यानको आवश्यकता पूरा गर्न अवरोधहरू हटाउनु पनि यस दिवसको उद्देश्य हो। यो दिवसको अवसरमा डब्ल्यूएचओ (विश्व स्वास्थ्य सङ्गठन) ले निमोनिया र बालबालिकाका लागि जोखिमपूर्ण अन्य घातक रोगहरूविरुद्ध दातृ निकायको लगानीसहित विभिन्न कार्यहरू गर्दै आइरहेको छ।


(यो सामग्री विश्व स्वास्थ्य सङ्गठन (WHO) को आधिकारिक वेबसाइट www.who.int र एभ्री ब्रेथ काउन्ट्स (Every Breath Counts) को वेबसाइट https://stoppneumonia.org मा उपलब्ध जानकारीका आधारमा तयार पारिएको हो।)

हाम्रो पात्रोबाट थप

के तपाईं समाधान गर्न सक्नुहुन्छ?

कमेन्ट गर्नुहोस् 👇

समाचार

समाचार

समाचार

समाचार

समाचार

विश्व शहरीकरण दिवस

अत्यधिक चिन्ता कसरी कम गर्ने

महँगो गाडीले आराम त देला, तर वास्तविक खुसी त सँगै हाँस्ने परिवारले मात्र दिन्छ।