प्याच्च बोल्ने प्रचण्डको बानी, मुद्दा खेप्दा पनि नजाने
Jul 6, 2023 · 9 min
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पटक-पटक आफ्नै सार्वजनिक अभिब्यक्तीका कारण विवादमा आउँछन्। यस अगाडि सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा लिन्छु भनेर बोल्दा सर्वोच्च अदालतमा मुद्दा नै दर्ता भयो। तै पनि प्याच्च बोल्ने उनको बानीमा सुधार भएन।