नक्कली सरकारी नम्बर प्लेट प्रयोग गरी गाँजा तस्करी
rajdhanidaily.com · Thu Dec 05 23:24:11 GMT 2024

इटहरी । धरानमा गाँजासहित पक्राउ परेका सरकारी नम्बर प्लेट प्रयोग गरिएका गाडीहरू नक्कली रहेको खुलेको छ । सेतो नम्बर प्लेटका गाडी नम्बर र इञ्जिन नम्बर यातायात कार्यालयमा दर्ता नभएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
सरकारी नम्बर प्लेट भएका दुईवटा स्कारपिओबाट ६९० केजी गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उक्त गाडीहरू यातायात व्यवस्था विभागमा दर्ता नभएको र सरकारी गाडी नभई नक्कली नम्बर प्लेट बनाएको खुलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)