मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री, शीर्ष नेता, महान्यायाधिवक्ता र प्रहरी प्रमुखले काखी च्यापेका रवि किन समातिए?

himalkhabar.com · Fri Oct 18 18:58:00 UTC 2024

सहकारी ठगी आरोपमा सत्ता र शक्तिको आडमा बारम्बार जोगिँदै आएका पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरी पोखरातर्फ लगेको छ। यस प्रकरणले हाम्रो कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको ‘हुकुमी’ कार्यप्रणालीको मुखौटा पनि उदाङ्गो बनाइदिएको छ।

सहकारी ठगीको आरोपमा जाहेरी परेको वर्ष दिन नपुग्दै दुई पटक गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिकाले ‘हुकुमी शैली’मा सम्पादन गर्ने कार्यप्रणाली नराम्ररी उदाङ्गो हुन गएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट पक्राउ अनुमति पाएपछि कात्तिक २ गते रविलाई काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको टोलीले नियन्त्रणमा लिएर गाडी मार्फत सम्साँझै पोखरातर्फ हिंडाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)