सुप्रिम सहकारीपीडित फेरि आन्दोलनमा
ekantipur.com · Tue Aug 13 23:25:22 UTC 2024

बुटवल — सहकारीमा डुबेको बचत फिर्ताको सुनिश्चितता नभएको र बचत अपचलन गर्नेहरूमाथि सरकारले अनुसन्धान नगरेको भन्दै बुटवलको सुप्रिम सहकारीका बचतकर्ता फेरि आन्दोलित भएका छन् । बचतकर्ताको रकम हिनामिना गर्ने गितेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न, सुप्रिमबाट संस्थागत रूपमा रकम लगिएको गोर्खा मिडिया नेटवर्क र व्यक्तिगत रूपमा रकम लग्ने रवि लामिछानेको कारोबारमाथि छानबिन गर्न माग गर्दै पीडितहरू आन्दोलनमा उत्रिएका हुन् ।
रकम फिर्ताका लागि हारगुहार गरेको एक वर्ष पुग्दा पनि सरकारबाट कुनै पहल नभएपछि फेरि आन्दोलन सुरु गर्नुपरेको सुप्रिम सहकारीपीडित संघर्ष समितिका संयोजक विजयकुमार नेपालले बताए । ‘अब हाम्रो चरणबद्ध आन्दोलन सुरु भएको छ,’ उनले भने, ‘पहिलो चरणअन्तर्गत आइतबार झन्डै ५ सय जना सहकारीपीडितहरू बस रिजर्भ गरेर लुम्बिनी प्रदेशको राजधानी देउखुरी पुगेर धर्ना दिने र ज्ञापनपत्र बुझाउने काम गरेका छौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)