मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारी ठगीमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको बयान आज

ekantipur.com · Fri Aug 23 00:16:55 UTC 2024

काठमाडौँ — सहकारीको बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग आज बयान लिने भएको छ । करिब ५० हजार सर्वसाधारणले चार सहकारीमा जम्मा गरेको कम्तीमा ९६ करोड रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा सारिएको विवरण प्राप्त भएको छ भने त्योमध्ये ८० करोड रुपैयाँ सार्दा लामिछाने गोर्खा मिडिया नेटवर्कमा सञ्चालक तथा प्रबन्ध निर्देशक थिए ।

कानुनले कम्पनीको कारोबारमा प्रबन्ध निर्देशक जिम्मेवार हुने स्पष्ट व्यवस्था गरे पनि लामिछाने र उनका सहयोगीहरूले आफूहरूलाई केही पनि थाहा नभएको बताउँदै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)