मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारीको बचत हिनामिना मुद्दाले संसद् बन्धक

ekantipur.com · Sat May 11 00:14:13 UTC 2024

काठमाडौँ — सहकारीको बचत ठगीको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विषयमा दलहरूबीच ध्रुवीकरण बढेपछि संघीय संसद्को बजेट अधिवेशन नै बन्धक बन्ने देखिएको छ । संसदीय छानबिन समिति नबने संसद्का कामकारबाही अगाडि बढ्न नदिने भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले वेल घेराउ र नाराबाजी गरी बैठक नै अगाडि बढ्न दिएको छैन भने सत्तारूढ दलहरू समिति गठन नगर्ने अडानमै छन् ।

छानबिन समितिका लागि आ–आफ्नो अडान राख्दै आएका दलहरूबीच पहिलो बैठकमै बोल्न पाउने/नपाउने भन्ने विषयमा विवाद भएपछि संसद्को कामकारबाही अघि बढ्न सकेन । कांग्रेस महामन्त्री गगन थापाबाहेक कसैले पनि बोल्न पाएनन् भने सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरूसमेत पढ्न पाएनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)