डा.तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्चको फैसला बदरको माग गर्दै सर्वोच्चमा निवेदन
nepalpress.com · Fri Nov 04 16:47:43 GMT 2022
काठमाडौं । ललितपुर प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्च आदेश बदरको माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ । अदालतले कात्तीक १५ गते डा.कार्कीको उम्मेदवारी कायम गर्न दिएको अन्तरिम आदेश बदर गरीपाउँ भनी शुक्रबार आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपन्याधिवक्ता गुरुराज वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए ।
लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको उजुरी परेपछि आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । मेडिकल काउन्सिलबाट भत्तामात्रै प्राप्त हुने भएकाले त्यस पदबारे निर्क्योलका लागि कार्कीले आयोगमा भदौ २८ गते आयोगमा निवेदन दिएकी थिइन् । आयोगले त्यस निवेदन माथी कुनै पनि सुनुवाइ नगरेर आफूविरूद्धको उजुरीको आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्कीले सर्वोच्च अदालत गुहारेकी थिईन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)