सभामुखलाई कांग्रेसको प्रश्न : दुईवटा नागरिकता र दुई देशको पासपोर्ट बोक्नेलाई छानबिन कहिले ?
ekantipur.com · Sat May 25 00:18:09 UTC 2024

काठमाडौँ — संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले ६ वर्ष उमेर घटाएर नागरिकता लिएको र सोही नागरिकता दुरुपयोग गरी राहदानी लिएको विषयमा सरकारले छानबिन नगरेको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसका नेताहरूले प्रश्न गरेका छन् । सत्ताको आडमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको दोहोरो राहदानी र संसद्का महासचिवको उमेर घटाएर लिएको नागरिकता दुरुपयोग गरी राहदानी लिएकामा अनुसन्धान नै नभएको भन्दै कांग्रेसका नेताहरूले प्रश्न उठाएका हुन् ।
संसद्का महासचिव पाण्डेयविरुद्ध प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको थियो । उक्त उजुरीका आधारमा गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट तथ्यप्रमाण माग राज्य व्यवस्था समितिले संकलन गरे पनि छानबिन अघि बढ्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)