नीति तथा कार्यक्रम प्रस्तुत गर्दा शान्त, त्यसपछि नाराबाजी
rajdhanidaily.com · Tue May 14 23:20:21 UTC 2024

काठमाडौं । सहकारी ठगी प्रकरणमा उच्चस्तरीय संसदीय छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाका साथै राष्ट्रिय सभाको बैठकसमेत कांग्रेस सांसदले नाराबाजी गर्दै अवरुद्ध गरे ।
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता’bout छानबिन गर्न कांग्रेसले माग गर्दै आएको छ । तर, सत्तारूढ दल छानबिन समिति गठन गर्नमा सहमत नभएपछि कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभा अवरुद्ध गर्दै आएको कांग्रेसले अब बाग्मती प्रदेशसभामा समेत विरोध गर्दै अवरुद्ध गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)