धनराज सहकारी ठगीमा डामिएपछि रुझेको बिरालोझैँ बन्यो कांग्रेस, गगन थापाहरू कहाँ गए ?
barnanmedia.com · Sun Sep 15 22:52:23 UTC 2024

धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएपछि सत्तारुढ नेपाली कांग्रेस एकाएक रुझेको बिरालोझैँ बनेको छ। यसअघि हरेक दिन सहकारी ठगी प्रकरणमा संसददेखि सार्वजनिक कार्यक्रममा कांग्रेस नेताहरु एकामुख हुुन्थ्ये। तर, ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीको रकम अपचलनमा पूर्वकानुनमन्त्रीसमेत रहेका कांग्रेस उपसभापति गुरुङको नाम आएपछि कांग्रेसको बोली बन्द भएको हो। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको बोली पनि सुनिन छाडेको छ।
रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीमा जोडिँदा सबैभन्दा बढी कुर्लेनेमा कांग्रेस महामन्त्री थापा थिए। कांग्रेसले निरन्तर सदन अवरुद्ध गरेपछि साढे तीन महिना अघि संसदीय छानबिन समिति गठन भएको थियो। एमाले सांसद सूर्य थापा नेतृत्वको समितिले प्रतिवेदन तयार गरिसकेको छ। तर, यही बेला कांग्रेस उपसभापति गुरुङ र सार्वजनिक लेखा समिति सभापतिसमेत रहेका एमाले सांसद ऋषिकेश पोखरेल सहकारी प्रकरणमा मुछिएका छन्। यसले सत्तारुढ दल एमाले र कांग्रेसको मोरल डाउन गरेको छ। हुन् त तत्काल सार्वजनिक प्रमाणअनुसार पोखरेल आफैँ सहकारीमा जोडिएका देखिँदैनन्। उनकी पत्नी सहकारी सञ्चालक थिइन्। तर, प्रमाणहरु बाहिरिने क्रममा उनको संलग्नता हुने सम्भावना उत्तिकै छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)