मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपराधीलाई कैद मिनाहा गर्ने सरकारको चौतर्फी आलोचना

newsofnepal.com · Thu Oct 05 00:25:32 GMT 2023

काठमाडौं । २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गर्ने योगराज ढकाल (रिगल) लाई कैद मिनाहा दिएपछि सरकार र राष्ट्रपतिविरुद्ध चौतर्फी विरोध भएको छ । सरकारले अपराधीलाई संरक्षण दिएको भन्दै पीडित परिवारले आपत्ति जनाउँदै अनशन थालेका छन् भने प्रतिपक्ष र सत्ता पक्षीय सांसदले समेत निर्णयको आलोचना गरेका हुन् ।

चेतनकी श्रीमती भारती मानन्धरले आफ्नो श्रीमान्को हत्या गर्ने रिगललाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन शुरू गर्नुभएको छ । माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन शुरू गरेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताउनुभयो । हत्यामा संलग्नलाई फेरि जेल चलान गर्नुपर्ने आफ्नो माग रहेको भारतीले बताउनुभयो । अनशनस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु । म मर्न तयार छु तर न्याय नपाएसम्म फर्किन्नँ ।’ रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी आइतबार सर्वोच्च अदालतमा दायर रिटमा बिहीबार सुनुवाइ हुने गरी पेशी तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)