अन्ततः बन्ने भयो संसदीय छानबिन समिति
rajdhanidaily.com · Sat May 18 23:21:24 UTC 2024

काठमाडौं । सत्तारूढ र प्रतिपक्षी दलबीच सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति जुटेको छ । कांग्रेसले संसद् अवरोधको अडान नछाड्दा संवैधानिक संकटसमेत आउन सक्ने चर्चाबीच शनिबार दलबीच सहमति जुटेको हो । सहमतिसँगै संघीय संसद्को गतिरोध हट्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको प्रमुख चार दलको बैठकमा संसदीय समिति गठन गर्ने सहमति जुटेको हो । संसदीय समिति गठन गर्ने सहमति गरेका दलबीच समितिको कार्यादेश’bout छलफल गरेर टुंगो लगाइने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)