मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुन तस्करीको अनुसन्धान जिम्मा सीआईबीलाई पनि

ekantipur.com · Sat Aug 05 01:02:04 GMT 2023

काठमाडौँ — सरकारले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिएको छ । सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व र भन्सार छलीमा मात्रै गर्दा जरोसम्म पुग्न नसकिने निष्कर्षसहित सरकारले संगठित अपराध, अन्तर्देशीय अपराध र आतंकवादसँग पनि जोडेर अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको हो । सीआईबीमा वित्तीय र संगठित अपराध हेर्ने छुट्टै युनिट छन् ।

अहिले राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागको अनुसन्धान दायरा सीमित रहेकाले संगठित अपराधका समेत दफा लगाउने गरी प्रधानमन्त्री पुष्पकमल दाहालले यसको जिम्मा सीआईबीलाई सुम्पिन बिहीबार निर्देशन दिएका थिए । विभाग प्रधानमन्त्री मातहतको निकाय हो । प्रधानमन्त्री दाहालको निर्देशनपछि विभागले तथ्य र प्रमाणसहित प्रतिवेदन एकीकृत गरेर सम्भवतः आइतबारसम्म सीआईबीलाई पत्र पठाउनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)