मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अधिकांश मन्त्रीको पहिलो निर्णय : अध्ययन र सुझाव कार्यदल गठन

ekantipur.com · Mon Jul 15 23:44:06 UTC 2024

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार सपथ लिएका प्रधानमन्त्री केपी शर्मा ओली र दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले थरीथरीका पहिलो निर्णय गर्दै पदभार ग्रहण गरे । विवादमा पर्ने जोखिमले सामान्य निर्णय गर्दै अधिकांश मन्त्रीले पहिलो निर्णयको औपचारिकता पूरा गरेका छन् ।

प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको स्तरोन्नति गरेर सुविधा सम्पन्न बनाउने निर्णय गरे । उनले ३ सय दिनभित्र उक्त रंगशालामा दर्शक बस्न मिल्ने प्यारापिट, रात्रिकालीन खेलका लागि फ्लडलाइट जडान गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय गरेका हुन् । त्रिवि स्वामित्वको उक्त रंगशाला क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले सम्झौता गरेर सञ्चालन गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)