मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललिता निवासमा आरोपित छाड्न सर्वोच्चद्वारा अस्वीकार

ekantipur.com · Sat Jul 22 00:52:45 GMT 2023

काठमाडौँ — ललिता निवास जग्गा हिनामिना प्रकरणमा हिरासतमा रहेका आरोपितहरूले थुनामुक्त हुन पाऊँ भनी दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । अदालतको निर्णयसँगै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई मुद्दा दायर हुन्जेल हिरासतमा राख्न प्रहरीलाई बाटो खुलेको छ ।

हाल हिरासतमा रहेका गुरुङ, शाह र मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतमले असार १३ मा तथा सञ्चार सचिव कृष्णबहादुर राउतले असार २७ मा थुनामक्त गरिपाऊँ भनी दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा गत आइतबारदेखि न्यायाधीशद्वय प्रकाश ढुंगाना र नहकुल सुवेदीको इजलासमा निरन्तर सुनुवाइ भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)