मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सन्दीपले बलात्कार गरेको ठहर

ekantipur.com · Sat Dec 30 00:57:58 GMT 2023

काठमाडौँ — जिल्ला अदालत काठमाडौंको इजलास नम्बर ११ को ढोकाबाहिर लेखिएको थियो– ‘बन्द इजलास’ । न्यायाधीश शिशिरराज ढकालको त्यही ‘बन्द इजलास’ मा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहिसकेका सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा बहस भइरहेको थियो । सरकारी तथा पीडित पक्षका वकिलहरूले बहस सकेपछि सन्दीप पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । सन्दीप पक्षका कानुन व्यवसायीको बहसको प्रतिवादमा सरकारी तथा पीडितका पक्षका कानुन व्यवसायीले फेरि बहस गरे ।

सन्दीपको पक्षबाट बहस गर्ने कानुन व्यवसायीको अन्तिम प्रतिवाद भने पीडित ‘गौशाला २६’ ले गरेकी थिइन् । इजलासमा उभिएर उनले आफूमाथि भएको यौनहिंसा र कानुनी लडाइँका लागि गरेको संघर्षबारे बताउनुका साथै सन्दीपका कानुन व्यवसायीले लगाएका आरोपको प्रतिवाद गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)