मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी प्रदेशमा मध्यावधि निर्वाचन कि नयाँ सरकार ?

rajdhanidaily.com · Sun Apr 21 23:08:50 UTC 2024

काठमाडौं । केन्द्रीय सत्ता समीकरण फेरिएपछि कोशी प्रदेशमा नयाँ सरकार गठन कि मध्यावधि निर्वाचन भन्ने विषयमा अझै अन्योल कायमै छ । सत्ता समीकरणको परिवर्तन भएसँगै कोशी प्रदेशमा एमाले–माओवादी गठबन्धनले मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागिरहेका छन् । तर, मुख्यमन्त्री कार्कीले भने आफू धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएको भन्दै राजीनामा दिनु नपर्ने दाबी गर्दै आएका छन् ।

केन्द्रीय सरकार फेरिएपछि कार्कीलाई एमाले र माओवादीले दिएको समर्थन फेरिएपछि हाल मुख्यमन्त्री कार्की अल्पमतमा छन् । अल्पमतमा भएसँगै कार्कीले राजीनामा दिनुपर्ने माग पूरा नभएपछि एमाले–माओवादी गठबन्धनले संसद्मा संकल्प प्रस्ताव पेस गरेका छन् । मुख्यमन्त्री कार्कीले राजीनामा नदिने बरु विश्वासको मत लिने भन्दै अडान राखेपछि कोशीको अन्योल अझै पनि कायम छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)