मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललिता निवास प्रकरण : पक्राउ गर्न नमिल्ने अन्तरिम आदेश खारेज

annapurnapost.com · Sat Jul 22 01:04:47 GMT 2023

काठमाडौं : सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसहित तीन जनालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले व्यवसायी गुरुङसहित सुधीरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ। रिट खारेज भएसँगै न्यायिक हिरासत बाहिर रहन चाहने अभियुक्तहरूको प्रयास असफल भएको छ।

बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेसँगै यसअघिको अन्तरिम आदेश पनि रद्द भएको छ। ललिता निवास प्रकरणमा जोडिएका टीकाराम घिमिरेसहितले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो। २०७९ साउन १९ गते अन्तरिम आदेश दिएको थियो। सर्वोच्चले यसमा मुछिएका घिमिरेसहित १७ जनालाई पक्राउ नगर्न र थुनामा नराख्न अन्तरिम आदेश दिएको थियो। घिमिरे मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)