रिगलको मुद्दा पूर्ण इजलासमा
ekantipur.com · Fri Oct 06 01:09:12 GMT 2023
काठमाडौँ — दिनदहाडै खुँडाले मान्छे काटेपछि जन्मकैदको सजाय पाएका रिगल भनिने गुन्डा नाइके योगराज ढकाललाई दिइएको आममाफीको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । २४ असोजसम्म जवाफ माग्दै अर्को दिनबाट पूर्ण इजलासमा सुनुवाइ गर्न भनेको छ । पूर्ण इजलासमा प्रवेश गरेको मुद्दाको सुनुवाइ निरन्तर हुने व्यवस्था छ ।
नेपालगन्जका चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका गुन्डा नाइके रिगलको १२ वर्ष सजाय माफ गर्ने निर्णय खारेज हुनुपर्ने र अदालतद्वारा दोषी ठहरिएका रिगललाई बाँकी कैद भुक्तानीका लागि पुनः जेलमै राखिनुपर्ने माग गर्दै पत्नी भारतीले रिट दायर गरेकी थिइन् । त्यसमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको इजलासले रिगललाई पुनः जेलमा नराख्नुपर्ने कुनै कारण भए लिखित जवाफ लिएर पेस गर्न आदेश गरेको छ । अदालतले रिगललाई आफैं वा प्रतिनिधिमार्फत अदालतमा असोज २४ गते साँझ ५ बजेभित्र जवाफ दिन रिगलका नाममा आदेश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)