सापकोटाविरुद्धको मुद्दा पुनः सुरुदेखि सुनुवाइ हुने !
rajdhanidaily.com · Tue Sep 03 23:06:35 UTC 2024

काठमाडौं । सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको अभियोग लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा १३ वर्ष बित्दा पनि सर्वोच्चले निर्णय दिन सकेको छैन । सर्वोच्चको संवैधानिक इजलासमा रहेको सो मुद्दा सुनुवाइ सकेर गत २३ जेठमै निर्णय सुनाउने मिति तोके पनि त्यसपछि २३ साउन, र १२ भदौमा निर्णय सुनाउने मिति सरेको थियो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीसहितको संवैधानिक इजलासले तीन महिनाअघि नै निर्णय सुनाउनुपर्नेमा ढिलाइ हुँदै आइरहेको छ । १२ भदौपछि भने यस मुद्दाको निर्णय सुनाउने मिति अनिश्चित बनेको छ । आउँदो २० असोजेदेखि ६५ वर्षे उमेरहदका कारण प्रधानन्यायाधीश श्रेष्ठ अनिवार्य अवकाशमा जाँदै छन् । २० भदौबाट उनी घरबिदामा नबसेर निर्णय सुनाउने सम्भावना पनि देखिँदैन । राजनीतिसँग जोडिएको मुद्दा भएकाले प्रधानन्यायाधीश श्रेष्ठ पनि यस मुद्दामा निर्णय सुनाउने पक्षमा देखिँदैनन् । उनको अवकाशपछि हालका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्चको कार्यभार सम्हाल्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)