सुनौलो मौकाको यो अंकमा हामीले निर्जीवन बीमा अन्तर्गत पर्ने कृषि (बाली तथा पशुपन्छी) बीमा र यसको महत्वका बारेमा कुराकानी गरेका छौँ । कार्यक्रममा विभिन्न ठाउँबाट श्रोताहरुले राख्नुभएको जिज्ञासाको विमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले उत्तर दिनुभएको छ । यसका साथै कार्यक्रममा विभिन्न जिल्लाका युवा कृषी व्यवसायीका अनुभवहरुलाई समेत समेटेका छौँ । साथमा देशका विभिन्न स्थानका श्रोताहरुले टेलिफोन मार्फत व्यक्त गर्नुभएका आआफ्ना अनुभव र विचारहरु त छँदैछन् । तपाँईको मनमा पनि यस विषयमा जिज्ञासाहरु छन् भने सुनौलो मौकाको यो अंक नछुटाईकन सुन्नुस् है त ।