
पडकास्ट
Sharecast Initiative Nepal
४ एपिसोड · ne
सुनौलो मौका एउटा प्रत्यक्ष रेडियो फोन ईन कार्यक्रम हो । कार्यक्रम सुनौलो मौका देशका विभिन्न ५२ वटा स्थानीय रेडियोहरुबाट प्रत्येक शनिबार बिहान ८:१५ बजे देखि ९:०० बजेसम्म प्रशारण हुने गर्दछ । मुख्यतया कार्यक्रमले बैदेशिक रोजगारी, उद्यमशिलता र पैसा व्यवस्थापन सम्बन्धि वित्तिय साक्षरता अभिवृद्धि गर्ने खालका बिषयवस्तु हरुलाई समेटेको हुन्छ । कार्यक्रम सुनेर बस्ने श्रोताहरुले समेत आफुले भोगेका, भन्न मन लागेको र आम नेपालीले भोग्दै आईरहेका समस्या, सुझाव तथा सल्लाहहरु राख्न सक्छन् । समग्रमा बैदेशिक रोजगारीमा जाँदा आईपर्न सक्ने जोखिमहरु, समस्याहरु र जानुपूर्व अपनाउनुपर्ने सावधानि तथा सर्तकताहरुका वारेमा सचेतना अभिवृद्धि गरी सफल उद्यमशिलता र पैसाको व्यवस्थापन सम्बन्धि अनुभव, सिकाई तथा जानकारीहरु आदानप्रदान गर्नु नै कार्यक्रमको उद्देश्य हो ।