
पडकास्ट
Sharecast Initiative Nepal
३ एपिसोड · ne
मानिसको सामाजिक, आर्थिक, शैक्षिक पृष्ठभूमि अनुसार पैसालाई बुझने तौरतरिका पनि फरक फरक पाईन्छन् । प्रायः मानिस पैसाका वारेमा कुरा गर्न नै चाहदैनन्, पैसालाई आफ्नो नीजि कुरा भन्ठान्छन् यति सम्म कि घरपरिवारमा समेत खुलेर छलफल, बहस हुदैन । पैसाका वारेमा मानिसका बुझाई, अनुभव, सिकाई, र धारणा के कस्ता छन् त? कार्यक्रमले पैसाका वारेमा मानिसका कथालाई बाहिर ल्याउन खोजेको छ । पैसाका वारेमा घरपरिवारमा खुलेर छलफल तथा कुराकानि हुने परिवार र पैसाका कुरै नहुने परिवारको कथा-गाथाहरु कार्यक्रमका मुख्य विषयबस्तु हुन । यसका साथै पैसा के हो, पैसाका वारेमा घरपरिवार तथा नीजि जिवनमा किन कुराकानि गर्ने, कुराकानि गर्दा के हुन्छ, पैसाको व्यवस्थापन कसरी गर्ने, आम्दानी तथा खर्चका योजना, तिनको प्राथमिकिकरण कसरी गर्ने, पैसाको जोखिम व्यवस्थापन कसरी गर्ने जस्ता विषयमा मानिसका भिन्न भिन्न अनुभव, अनुभूति, जिवन भोगाईहरु र पैसाका बिषयमा अर्थविद, प्राज्ञ, अर्थशास्त्रि र वित्तिय जानकारहरुका राय, सल्लाह तथा विचारहरुलाई कार्यक्रमले समेट्ने छ । समग्रमा पैसाका वारेमा मानिसका अनुभव, अनुभूति, सिकाई र भोगाईहरुको संगालो हो पैसाका कुरा
२०१९ मार्च १४ · ३० मिनेट
एकजना संघर्षरत लोकगीतका संगीतकार तथा ऐरेन्जेर तारानाथ आचार्यसँगको पैसाका कुराकानी ।
२०१९ फेब्रुअरी २१ · ३१ मिनेट
पैसा, बचत र सहकारी अभियानका बारेमा पुर्वी नवलपरासीका खेमराज सापकोटासंग कुराकानी
२०१९ जनवरी ३१ · ३२ मिनेट
महिला उद्यम र कामदारसँग कस्तो सम्वन्ध बनाइराख्नुपर्छ भन्ने बारेमा पाल्पाली ढाकाको व्यवसाय शुरु गर्ने पुर्णमाया महर्जनसँगको कुराकानी ।