नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।


नेपाल नर्सिङ दिवस
नर्सहरूको भूमिका स्वास्थ्य सेवामा महत्वपूर्ण छ।
सुन्न ट्याप गर्नुहोस्
बाहिर विश्वयुद्धको अग्नि दनदनी बलिरहेको थियो, मान्छेहरू दिनहुँ हताहत र घाइते भइरहेका थिए, सानो टुकी बालेर फ्लोरेन्स नाईटएगंल घाइतेहरूको सेवामा हरपल तत्पर थिइन् । गएको शताब्दीमा संसारभरिका मान्छेहरूले अत्यन्त महत्त्व दिएर आदरणीय रूपमा हेरेको नर्सहरूको बारेमा कुरा गरौँ ।
सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधीहरू बोकेकी अनि मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारिका नर्स । नर्स भन्नासाथ अस्पतालको याद आउँछ अनि मुख्य कुरा स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आउँछ । वि सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो र यसै उपलक्ष्यमा ततपश्चात हरेक वर्ष माघ १५ गते यस दिवस मनाइन्छ ।
नेपालमा नर्सिङ को इतिहास
नर्सिङ को इतिहास नेपालमा खासै पुरानो भने छैन तर अहिलेको परिपक्ष्यमा नर्सहरूको महत्त्व अनि विकास धेरै भइरहेको छ । नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा वीर अस्पतालको स्थापना पछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन्न सक्ने ब्यत्तिहरु मात्रै थिए, वीर अस्पतालको इतिहास पल्टाउँदा उति वेला ड्रेसिङ लगायत अन्य उपचारहरू कम्पाउन्डर या डाक्टर स्वले गर्ने गर्दथे । नर्सिङ को नेपाली इतिहास विसं २०१३ वाट सुरु भएको देखिन्छ जब केही गृहणीहरु लगायतका नेपाली चेलीहरूले औपचारिक रूपमा नर्सिङ को तालिम लिएका थिए, राणा शासनका क्रममा सभ्रान्त परिवारमा स्वास्थ्योपचार अनि नर्सिङ को महत्त्व चाल पाएर नेपालमा नर्सिङ को सुरुवात भएको विश्वास गरिन्छ, राणा शासन को क्रममा चारजना नेपाली चेलीहरू विधावती कंसकार, राधा देवी मालाकार, धर्मदेवी कंसकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ । त्यसपछि क्रमशः नेपाली महिलाहरू भारतमा ४ वर्ष ९ महिने लामो नर्सिङ कोर्स गरेर आउने चलन बढेको पाईन्छ ।
के तपाईंको विचारमा नर्सहरूले आफ्नो योगदानको लागि पर्याप्त मान्यता पाएका छन्?
आज गल्ली पिच्छेका अस्पताल अनि क्लिनिकहरूमा नर्सहरूको उपस्थिति बाक्लै देख्न सकिन्छ, सहर सहरमा नर्सिङ कलेजहरू खुलेका छन् अनि अझ विदेश जान सहज हुने भएकाले नर्सिङ प्रतिको आकर्षण बढ्दै गइरहेको छ । नर्सिङ को अचम्मको कुरा के छ भनेँ यो व्यवसायमा पुरुषहरू नगण्य मात्रामा छन्, केही समय अघि केही नर्सिङ कलेजहरूले पुरुषहरूलाई पनि नर्सिङ तालिम दिएकोमा पछि गएर पुरुषहरू यस व्यवसायमा उत्ति आकर्षित नभएको पाइन्छ । शायद माया, स्नेह अनि ममतामयी यो व्यवसायमा महिलाको मधुर उपस्थिती नै अत्युत्तम लागेको हुनसक्छ । बिरामी हामी मध्य जोकोही पनि पर्न सक्छौ, मनोवैज्ञानिक रूपमा पनि उपचारका क्रममा ममता अनि सकारात्मक सोचका साथ आसलाग्दो व्यक्तित्वहरूको उपस्थिति र सहयोगले छिटै निको हुने देखाउँदछ, हामी सबैलाई नर्सहरूबाट अझै धेरै सद्भाव र आशाको अपेक्षा छ । सुरुसुरुमा नर्सिङलाई दुख् लाग्दो व्यवसाय, रात्रिकालीन ड्युटी पर्ने, बिरामी अनि घाउ रगतसँग काम गर्न पर्ने भन्ने रूपमा उति राम्रो रूपमा नहेरे पनि आजको नेपाली समाजमा नर्सहरूको उपस्थिति अनि चित्रण बडो गज्जबरुपमा गरिएको छ । राष्ट्रिय नर्सिङ दिवसको शुभकामना
-हाम्रो पात्रोको लागि सुयोग ढकाल




बेरुत । लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा २५ जनाको मृत्यु भएको र १६० जना घाइते भएको जनाएको छ । सोमबार इजरायली आक्रमणको क्रममा एक व्यक्तिको मृत्यु भएको र अन्य...

काठमाडौँ । कडा सुरक्षा घेराबिच अनेरास्ववियु क्रान्तिकारीको उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको मतगणना सुरु भएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मतगणना सुरु भएको हो । ...
काठमाडौं - गृह मन्त्रालयले तीन वटा विधेयक प्रतिनिधि सभामा दर्ताका लागि लगेको छ । नेपाल नागरिकता ऐन दोस्रो संशोधन विधेयक, नेपाल प्रहरी ऐन संशोधन विधेयक र सशस्त्र प्रहरी ऐन संशोधन विधेयक दर्ताका लागि...
इङ्ग्ल्याण्डसँग भारतको हार एजेन्सी – पाहुना टोली इङ्ग्ल्याण्डले तेस्रो टि ट्वान्टी आई खेलमा भारतलाई पराजित गरेको छ । इङ्ग्ल्याण्डले मंगलवार भारतलाई २६ रनले पराजित हराएको हो । जितसँगै इङ्ग्ल्याण्ड...

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको रोकिएको मतगणना तीन दिनपछि मंगलबार राति सुरु भएको छ। गन्न बाँकी ५२२ मत पार्टीको हेडक्वाटर पेरिसडाँडामा गणना सुरु भएको अध्यक्षका ...

काठमाडौं । नेकपा एससम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूकी अध्यक्ष आरति लामा र युवा संघ अध्यक्ष कृष्ण विक पदमुक्त भएका छन् । पार्टीद्वारा जारी अन्तर पार्टी निर्देशन- ४ मा उनीहरूको जिम्मेवारी खोसिए...
धर्मशास्त्रका अनुसार देव ऋण, ऋषि ऋण र पितृ ऋण हरेक मानिसलाई लाग्दछ । जुन प्रत्येक व्यक्तिले आफ्नो जीवनकालमा चुकाउनुपर्ने हुन्छ । देव ऋण देव ऋण मानवीय अस्तित्वलाई सम्भव बनाउने दिव्य शक्तिहरूको कृत...
काठमाडौँ — नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकलाई संशोधन र एकीकरण गर्न बनेका विधेयक संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको विधेयक शाखामा दर्ता भएका छन् । प्रतिनिधिसभाको विधेयक शाखा प्र...