नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
अर्थ
म भगवान शिवलाई प्रणाम गर्छु। हे महादेव, मलाई बुद्धि दिनुहोस् र भगवान रुद्र मेरो मनलाई उज्यालो पारिदिनुहोस् ।

प्रदोष व्रतको कथा सुन्ने/पढ्ने क्रममा तपाईंलाई कुन भाग सबैभन्दा प्रेरणादायी लाग्छ?
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
आज सोमबारका दिन प्रदोष व्रत परेकाले सोम प्रदोष व्रत भनिएको हो । सोमवार शिवको प्यारो वार मानिन्छ, यसर्थमा आजको प्रदोष व्रत दिने र शिवको महिमा गान गर्नेहरूलाई असाध्यै धेरै पवित्रता र शुद्धता प्राप्त हुने विश्वास छ ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




त्रिपोली । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले सोमबार लिबियाको तटबाट गत हप्ता एक हजार ३१३ आप्रवासीलाई उद्धार गरिएको जनाएको छ । “जनवरी १९ देखि २५ सम्म एक हजार ३१३ आप्रवासीलाई लिबिया फर्...

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेकाे सत्ता गठबन्धनकाे बैठकमा १८ गतेबाट सुरू हुन लागेकाे संसद्काे हिउँदे अधिवेशनबारे छलफल भएकाे छ ।

सन् १९३० देखि ४० को दशकसम्म नाजी शासनद्वारा राज्य प्रायोजित र योजनाबद्ध रुपमा होलोकास्टको क्रममा बर्बरतापूर्वक हत्या गरिएका १५ लाख बालबालिकासहित ६० लाख यहुदीहरुको सम्झनामा ६ वटा मैनबत्ती बालेर सोमब...

काठमाडौँ, माघ १४ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न नसकेको बताउनुभएको छ । आज मन्त्रालयमा मन्त्री भण्डारी एवं भारतका अतिरिक्त सचिव ...

काठमाडौं । हिमालय रोडिज छैटौं सिजनको उपाधि जोसेफ शर्माले जितेका छन् । सोमबार राती हिमालय टिभी एचडीमा फिनाले एपिसोड प्रसारण भएको थियो । टीम अनुपविक्रम शाहीका प्रतिस्पर्धी शर्माले उपाधि जितेका हुन् ...
काठमाडौँ — निजी मेडिकल कलेजले सःशुल्क स्नातकोत्तर अध्ययन गर्ने आवासीय (रेसिडेन्ट) चिकित्सकलाई मासिक न्यूनतम २५ हजार निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने भएको छ । चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष तथा स...
पर्वत क्रिकेट फेस्टिवल २०८१ अन्तर्गत अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता भोलि (माघ १५ गते) देखि सशस्त्र प्रहरी बल मैदानमा सुरु हुँदैछ। ग्रासरुट क्रिकेट र खेलाडीहरूको प्रवर्द्धन गर्ने मु...

वीरगञ्ज(पर्सा) – वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बारा र पर्सा जिल्लाबाट दुई हजार दुई सय ७२ क्वीन्टल सोनामन्सुली धान खरिद गरेको छ। कम्पनीले गत मङ्सिर २० गतेदेखि धान खरिद सुरु गरेको ...