नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।


विश्व क्यान्सर दिवस
क्यान्सर नसर्ने जोखिमयुक्त कडा रोग मानिन्छ ।
सुन्न ट्याप गर्नुहोस्
आज विश्व क्यान्सर दिवस (अबुर्द रोग), संसारभरिका सबै जना एैक्यवद्धरुपमा क्यान्सरसँग लडनका लागि चेतना स्वर भर्ने दिन । वर्ष २०२५ को क्यान्सर दिवस विश्वभरि “United by Unique” भन्ने नाराका साथ मनाइदैछ । यो विषयवस्तुको नाराले मानिसहरूलाई हेरचाहको केन्द्रमा राख्न र तिनीहरूको कथाहरूलाई संवादको केन्द्रमा राख्न बिश्व समुदायलाई आव्हान गरेको छ ।
फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइन्छ
हरेक वर्ष लाखौँ मानिसहरूको क्यान्सरका कारणले हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने हेतूले फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइन्छ । हामीमध्ये धेरैले विभिन्न प्रकारका क्यान्सरको कारणले आफन्त, साथीभाई र छिमेकी गुमाएको हुनपर्दछ । क्यान्सर वास्तवमै हामी मानिसहरुको लागि एउटा दुर्भाग्य साबित भएको छ, खर्च, पीडा र यससङको लडाइको सङ्घर्षले । जसले धेरै जीवनलाई मृत्युसम्म घिसारिरहेको छ भने धेरै मानिसहरू क्यान्सरसँग जुधिरहेका, लडिरहेका छन् । आज यी सबैलाई हौसला अनि मृत्यु भएकालाई श्रद्धाञ्जली दिने दिवस पनि हो । आजको दिन फराकिलो क्रियाकलापहरूका माध्यमबाट क्यान्सरका विभिन्न स्वरूप विरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनी विश्व स्तरमै छलफल गरिन्छ ।
अकोंलोजी
क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई 'अकोंलोजी' भनिन्छ भने नेपालीमा क्यान्सरलाई अर्बुद रोग भनिन्छ । समयमै पहिचान हुनसकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ । क्यान्सरको उपचार कालागि विकिरणहरू प्रयोग गरी क्यान्सर भएको ठाउँमा सेक्ने गरिन्छ । यस्तो पद्धतिलाई 'केमोथेरापी' भनिन्छ र केमो गर्दा बिरामीहरूको अधिकांश कपाल झर्ने भएकाले आज संसारभरिका मान्छेहरूले आफ्नो कपाल काटेर क्यान्सर पीडितलाई पूर्नप्रयोगका लागि दान दिने र सामाजिक सञ्जालमा पनि कपाल विनाको तस्बिर राखेर क्यान्सर विरुद्धको एैक्यवद्धता जनाउने चलन छ । हामी नेपालीहरू समय समयमा स्वास्थोपचारका लागि निरोधात्मक शैलीका जाँच नगराउने गरेकाले पनि क्यान्सरको जोखिममा धेरै छौँ । बिरामी भएर मात्र उपचारमा जाने बानीलाई त्याग गर्दै समय समयमा उपचार गर्न जरुरी छ । अर्कोतर्फ नेपालमा स्वास्थ्योपचार भन्ने बित्तिकै अत्यन्त झर्कोलाग्दो र खर्चिलो रूपमा हेर्छौ तर नेपालभर रहेका सरकारी अस्पताल या स्वास्थ्य केन्द्रमै पनि सहज रूपमा उपचार अनि जाँच गराउन सम्भव छ, जुन त्यति खर्चिलो पनि हुन्न । थोरै दुःख आफ्नो स्वास्थ्य कालागि गर्नै पर्यो नि ? कि कसो ?
क्यान्सर विरुद्धको लडाइँमा सबैभन्दा ठूलो चुनौती के हो?
क्यान्सरका कारणहरू
अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने पाइन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित व्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने क्यान्सरले हुने रहेछ । बाँकी क्यान्सरका कारणहरूमा विकिरणहरू अनि अन्य सङ्क्रमणहरू रहेका छन् । विकासोन्मुख देशहरूमा भने हेपाटाइटिस बि, सि अनि "ह्यूमन प्यापीलोमा" भाईरसहरुका कारणले पनि क्यान्सर भएको पाइन्छ । केही क्यान्सरहरुभने पुस्तैनीरुपमै जिनमा आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रूपमा आउने आनुवंशिक क्यान्सर पर्दछन् ।
सुर्तीजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारी खाने बानी गरेर अनि घाम वाट बचेर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिन्छ । दीर्घ अनि स्वास्थ्य वर्द्धक जीवनको शुभकामना ।

कुमार कार्तिकेयको पूजा अर्चना
भगवान् शिवको ज्येष्ठ सुपुत्र स्कन्द हुन जसलाई कुमार कार्तिकेय भनेर पनि सम्बोधन गरिन्छ । स्कन्द षष्ठिका दिन कुमार कार्तिकेयको पूजा अर्चना गरिन्छ । हरेक महिना शुक्ल पक्षको षष्ठिका दिन स्कन्द षष्टि मनाइन्छ ।
यस दिन व्रत बस्ने र पूजा अर्चना गरेर कुमार कार्तिकेय र माता पार्वतीको सम्झना गर्न सकिएमा विåघ्न बाधाहरू हट्ने विश्वास राखिन्छ ।
स्कन्द पूजाको मन्त्र यस प्रकार छ ।
देव सेनापते स्कन्द कार्तिकेय भवोद्भव, कुमार गुह गांगेय शक्तिहस्त नमोस्तु ते॥
ऊँ ऐं हुं क्षुं क्लीं कुमाराय नमः
ऊँ नमः पिनाकिने इहागच्छ इहातिष्ठ
ऊँ नमः पशुपतये
दियो कलश स्थापना गरेर गणेश भगवानको प्रतिमा स्थापना गर्दै आजको दिन पूजा सुरु गरिन्छ । स्कन्द षष्टिको प्रतापले सबैको कष्ट निवारण होस् ।

तिथिले आजको दिनलाई षष्टि बाट सप्तमी सम्म लगिदिएको छ ।
रथ सप्तमी र आरोग्य सप्तमी पनि भनिन्छ ।
हिउँद ओरालो लाग्दैछ, सूर्य नारायण उत्तरायण गतिमा गइसकेका छन् । उत्तरायण सुरु भइसकेपछि सूर्यको ऊर्जा र तेज ग्रहण गर्नका लागि धेरै विधान गरिन्छ । यिनै विधिहरू गरिने तिथिहरू मध्य अचला सप्तमी अर्थात् रथ सप्तमी र आरोग्य सप्तमीको विशेष महत्त्व रहन्छ ।
माघ शुक्ल पक्षको सप्तमी तिथिमा पर्ने यस दिनलाई भगवान् सूर्यको पनि जन्म तिथिका रूपमा विश्वास गरिन्छ । यस दिन व्रत बस्ने र पूजा अर्चना गरेमा आरोग्य प्राप्त हुने, सन्तान सुख प्राप्त हुने र सकारात्मक ऊर्जा मिल्ने बताइन्छ ।
भगवान् सूर्यको सातै वटा घोडाहरू यस दिन वाट वहाँलाई विराजमान गराएर वर्ष दिन भरि चल्न सुरु गर्ने विश्वास गरिन्छ, यस कारणले पनि आजको तिथिलाई रथ सप्तमी भनिएको हुन सक्दछ ।
अचला सप्तमीको व्रत कथा
अचला सप्तमीको व्रत कथा अनुसार भगवान कृष्णका पुत्र शम्भलाई आफ्नो शारीरिक शक्ति र क्षमतामा गर्व थियो । एक पटक दुर्वासा ऋषि कृष्णलाई भेट्ने उद्देश्यले भगवान कृष्णकहाँ आएका थिए । दुर्वासा ऋषिले लामो समयदेखि तपस्या गरिरहेका थिए जसका कारण उनको शरीर निकै कमजोर भएको थियो ।
त्यसपछि शम्भ त्यो महान् ऋषिको शरीर देखेर ठुलो स्वरले हाँस्न थाले । शारीरिक बलको घमण्डले शम्भ ले ऋषिको अपमान गरे। दुर्वासा ऋषि आफैलाई अपमानित भएको देखेर धेरै क्रोधित भएर उनले शम्भ लाई आफ्नो हिम्मतका कारण कुष्ठरोग हुने श्राप दिए। आफूलाई कुष्ठरोग भएको देखेर शम्भ निकै दुःखी भए र उनको अहंकार पनि चकनाचुर भयो। त्यसपछि भगवान श्रीकृष्णले आफ्नो पुत्रको यस्तो अवस्था देखेर उनलाई सूर्यदेवको पूजा गर्न भने । पिताको आज्ञा पालन गर्दै शम्भले दिनहुँ सूर्य भगवानको पूजा गर्न थाले । यससँगै माघ शुक्ल पक्षको सातौँ दिन पनि व्यवस्थित रुपमा व्रत बस्ने गरिएको छ । जसले गर्दा उसले यस श्रापबाट मुक्ति पाए र पहिलेको जस्तो रूप र शरीर पाए । यसपछि अचला सप्तमीको महिमा झनै बढर गएको हो ।
आजको विशेष तिथिको सबैमा हार्दिक शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




मकवानपुरको थाहा नगरपालिका–१ स्थित कुन्छाल गाउँ । गोपाली समुदायको बसोबास रहेको यस गाउँमा पर्यटकका लागि घरबासको पनि व्यवस्था छ । तस्बिर : हरिराम भेटुवाल/रासस

पोखरा । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रत्येक २ महिनामा आफ्नो पदीय जिम्मेवारी अनुसारको प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने भएको छ । कांग्रेसले तयार गरेको जनप्रतिनिधि कार्यसम्पादन ...

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणलाई लिएर उत्पन्न विवादमा सरकारी वार्ता टोली र स्थानीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ। यो सहमतिसँगै गत माघ १५ देखि कोशी प्रदेशका ९ ज...

कर्णाली। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत कर्णालीमा आजदेखि पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान शुभारम्भ भएको छ।

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै जारी आन्दोलन स्थगित हुने भएको छ । मंगलबार सरकारसँग ६ बुँदे सहमति भएसँगै आन्दोलनकारीले आफ्ना कार्यक्रम फिर्ता लिएका हुन् । सहमतिमा ...

काठमाडौँ : ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका विषयमा जारी विवाद सुल्झाउन आज भएको वार्ता सहमतिमा टुंगिएको छ। आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको छ। सहमतिअनुसार मुक्कुमलुङ...

काठमाडौं – ताप्लेजुङको पाथीभरा-मुक्कुमलुङका आन्दोलनरत पक्ष र सरकारबीच मंगलबार साँझ ६ बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।
रौतहट। रौतहटस्थित बिधुतकाचे १२ हजार भोल्टको तारबाट करेन्ट लागेर एकजना अमिनको मृत्यु भएको छ। जिल्लाको मध्यभाग गरुडा–४ घरभएर गरुडा नगरपालिकामा कार्यरत करारका अमिन २५ वर्षीय रामजी साहको करेन्ट लागेर...