नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

शून्य भेदभाव दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
आखिर के हो त भेदभाव ?
के तपाईँ भेदभाव गर्नुहुन्छ ? भेदभाव प्राय: गलत सूचना वा अज्ञानताको डरमा आधारित हुन्छ। भेदभाव परापुर्वकाल देखि हाम्रो समाजमा जरा गाडेर फैलिएको यस्तो विष हो जसले भगवानको यो सुन्दर संसारमा एक अर्कालाई समान देख्न सक्दैन। कहिले जातीय, कहिले लिङ्ग, कहिले आर्थिक अवस्था,कहिले रङ्ग र कहिलेकाही केही नया परिस्थितिले सिर्जना गर्ने भेदभाव सायद हामीले आफ्नो समाज नियाल्दा देख्ने पहिलो कमजोरी हो। यदि हाम्रो समाज कुनै पनि किसिमको भेदभावबाट मुक्त हुन सकेन भने हामीले कहिले पनि स्थायी विकास लक्ष्यहरू हासिल गर्न सक्दैनौ।
"To protect everyone's health, protect everyone's rights"
सन् २०२५ को शून्य भेदभाव दिवसको नारा चाँही सबैको स्वास्थ र अधिकारको रक्षा गर्ने भन्ने रहेको छ । UNAIDS ले मुख्य जनसंख्या र एचआईभी संग बाँचिरहेका मानिसहरूको अपराधिकरणले कसरी जीवन बचाउँछ र एड्स महामारीको अन्त्यलाई अगाडि बढाउन मद्दत गर्छ भनेर यस वर्ष प्रकाश पार्दैछ।

तपाईंको विचारमा भेदभावको मुख्य कारण के हो?
शून्य भेदभाव दिवसको पृष्ठभूमि
थुप्रै शिक्षा हासिल गर्यौ हामीले, अहिले २१ औ शताब्दीमा छौ हामी, मानव समुदायले यतिको समय बिताएर आइसक्दा पनि हाम्रो बौद्धिकता अझै हाम्रो समाजमा भएको भेदभावले दर्साउँदछ। प्राय अरू सामाजिक मुद्दा जस्तो भेदभाव अशिक्षासँग मात्र सम्बन्धित छैन, किनकि हाम्रै समाजमा पनि नियालेर हेर्ने हो भने शिक्षित र अशिक्षित बिचमै भेदभाव बुझ्न सकिन्छ। यो विडम्बनाको विषयलाई विश्वभरिका मानव समुदायको अगाडी प्रश्न बनाएर प्रस्तुत गर्न हरेक वर्षको मार्च १ गते संयुक्त राष्ट्र सङ्घले शून्य भेदभाव दिवस मनाउने गर्दछ। यो UNAIDS को विशेष पहलमा मनाउन सुरु गरिएको दिवस हो।
UNAIDS मुलत एचआइभी पीडितको सहयोगमा केन्द्रित संस्था हो। एचआइभी पीडितसँग सम्बन्धित कडा भेदभाव संसारको लगभग हरेक भागमा अवस्थित भएकाले आजको दिन ती पीडितलाई पनि कसैले भेदभावको नजरले नहेरुन् भन्ने उद्देश्यको साथ UNAIDS को पहलमा शून्य भेदभाव दिवस २०१ ४ देखि मनाउन सुरु गरिएको हो। तर आजको दिनले मुलत एचआइभी पीडितसँग मात्र हैन, समाजमा चलिरहेका अन्य किसिमका भेदभावबारे पनि मानव समुदायलाई सोच्न बाध्य बनाउछ।
हामी सबै समान छौ, यो संसारमा मानव मात्र नभई यहाँ बस्ने सबै सजीव निर्जीव बस्तुको उत्तिकै अधिकार रहेको कुरा आजको मानव समुदायलाई बुझाउन खोज्नु जस्तो लज्जित कुरा केही छैन। एकचोटी मनमा हात राखेर मनन गरौँ, के हामीले शून्य भेदभाव गरेका छौ ? या गर्न सक्छौ ?
आजको यो दिनको अवसरमा सबैलाई आत्म मनन गर्न शुभकामना।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




असी वर्षको उमेरमा चौथो स्टेजको क्यान्सरविरुद्ध सफल उपचारयात्रा समेटिएको पुस्तक ‘कालसँग कुस्ती’ आज सार्वजनिक गरिएको छ । आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्...

बाग्मती सफाइ महाअभियानको ६१६औँ हप्ताका अवसरमा आज महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरिएको छ । सफाइ अभियानकर्मी, अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, स्थानीय सङ्घसंस्...

सर्लाही । मधेस प्रदेश सरकारले शनिबार सर्लाही जिल्लामा २ वटा निजी अस्पतालको अनुगमन गरेको छ । जसमा दुई ओटै अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ । दयन्ती हस्पिटल प्रालि र सर्लाही जीवन हेल्थ के...
जनकपुर — गत शनिबार धनुषा प्रहरीलाई बिहान खबर आयो– ‘एउटा घरमा सातादेखि ताल्चा लागेको छ । घरका कोही देखिएका छैनन् । कोलाहल भइरहने घर एकाएक शान्त छ ।’ प्रहरी टोलीले ताल्चा फोडेर घरभित्र छिर्दा पूजा को...

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिकामा गोली चलेको छ । आज राति ८ बजेको समयमा गाउँपालिका–८ कालागाउँ चौसिला भन्ने ठाउँमा गोली चल्दा २२ वर्षीय सुरेन्द्र विष्ट घाइते भएका छन् ।
दोस्रो वीरगञ्ज गोल्डकप २०८१ को उद्घाटन खेलमा आयोजक वीरगञ्ज युनाइटेड क्लबले विजयी सुरुआत गरेको छ । वीरगञ्जको आदर्शनगर रङ्गशालामा आज भएको उद्घाटन खेलमा आयोजक युनाइटेड वीरगञ्जले पहुना टोली गरवाल डाइम...
१७ फागुन, काठमाडौं । भारत पाकिस्तानमा नगएकाले दुई फरक देशमा भइरहेको आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनल तालिकाका कारण समूह बी बाट सेमिफाइनल पुगेका दुवै टोलीहरू (अस्ट्रेलिया र दक्षिण अफ्रिका) युएई...

द कन्भरसेसन- ३८ घडीको सुई टिकटिक गर्दैछ। दर्शक/स्रोताहरू व्यग्र आँखा बिछ्याउँदै आफ्ना प्रिय गायकको पर्खाइमा छन्। टिकटिक ... टिकटिक ... जसै घडीको सुईले निर्धारित समय जनाउँछ, टिकटिक टक्क थामिन्छ।...